Read ...

'अदेखा सचाइ' मा पाठक भावनाहरु

नेपालको राजनितीमा अदेखा सचाइको पहिलो संस्करण पडे पछि पाठक वर्गले चिठींद्वारा व्यक्त गरेका भावनाहरु ः)

१) राणा शाषणको बिरोध गर्दा म ५ सालमा (सन १९४९) पक्राउ परें जेल नेलको सजाय भोगें, प्रजातन्त्रको निम्ति लडें, भर्खरै म ८१ बर्षमा लागें । मैले हजूरको किताब नेपाली राजनितीमा अदेखा सचाइ पडें र मैले मन मनै इश्वरलाई धन्यवाद दिएँ । “हजुर जस्तो मान्छे पनि हाम्रो मंगोल समाजमा जन्मिनु भएको 
रहेछ” भनेर । हजुरलाई ईश्वरले सुस्वस्थ र चिरायु राखुन । 
हजुरलाई हेर्न आएको ।

) तिर्थराज थुलुङ, फिकल, इलाम ।

२) गोपाल बाबु हामी मंगोल समाजको आँखा हुनुहुन्छ, अमूल्य मणी हुनुहुन्छ । गोपाल बाबुलाई हामी सवैले सुरक्षित राख्नु पर्छ । बुटवल स्वागत समारोहमा ।

) मान बहादुर गरबुजा मगर, बुटवल ।

३) तपाई मर्नु भयो भने पनि तपाई हामीसंग सधै बाँच्नु हुनेछ । तपाई मंगोल समाजमा अमर हुनु हुने छ । तपाईद्वारा लिखित नेपाली राजनितीमा अदेखा सचाइ नेपालको हामी मंगोल समाजको स्थितिको ऐना हो । यो पुस्तक हाम्रो निम्ति हिन्दुहरुको गीता जस्तै हो ।

) आशमान सुव्वा, काठमाण्डू ।

४) तपाईद्वारा लिखित नेपाली राजनितीमा अदेखा सचाइको दाँजोमा हाम्रो कुनैले पनि कुनै पुस्ताक लेख्न सकेको छैन । यो पुस्तक लेख्नु भै हामी मंगोल समाजलाई जुन गुण लगाउनु भएको छ त्यसको निम्ति जतिनै धन्यबाद दिए पनि कम हुनेछ । यो पुस्तक हामी मंगोल समाजको निम्ति भविष्यको दस्ताबेज हो ।


) बीर नेम्बाङ, मेरिङ, ५ थर ।


५) तपाईले नेपाल जस्तो ठाउँमा बसेर नेपाली राजनितीमा अदेखा सचाई जस्तो पुस्तक लेखी जुन देन हाम्रो मंगोल समाजलाई दिनु भएको छ त्यसले मलाई अमेरिकी लेखक मार्टिन लुथर किङको संझना गराएको छ ।


) एम के लामा, नागाल्याण्ड ।


६) तपाईको पुस्तक नेपाली राजनितीमा अदेखा सचाइ पडें, यसले साँच्चै नै मलाई बिउँझाइ दियो । म तपाईलाई राजनिती गुरु मान्न तयार छु र भविष्यमा तन, मन, धनले सघाउन तयार 
छु ।


) टेक वहादुर लिम्बु बीए बीएल धरान ।


७) हामीलाई हिन्दु आर्यहरुले कसरी शोषण गरेका छन, हामीले कसरी अरुको चाड दशैंलाई नजानी कन आ६नो बनाएर मनाइ रहेका रहेछौ, तपाईको पुस्तक नेपाली राजनितीमा अदेखा सचाइले यो ज्ञान दिएर आँखा खोलिदियो । यसको निम्ति तपाईलाई 
धेरै धेरै धन्यवाद, इश्वरले तपाईलाई दीर्घ जिवी बनाउन


) यम बहादुर लिम्बु, १३ थुम ।


८) तपाईले आ६नो पुस्तक नेपाली राजनितीमा अदेखा सचाइमा दिनु भएको चित्रण साँच्नै डरलाग्दो र शतप्रतिशत साँचो छ । मलाई थाहा छैन नेपाल जस्तो ठाउँमा वसेर तपाईले कसरी यो लेख्ने आँट गर्नु भयो । बाहुनहरु यो पृथ्वीमा सा¥है वेइमान ९गलकअचगउगयिगक० र सडयन्त्रकारी हुन्छन, सतर्क पनि रहनु होला ।

यो मुस्तक जसले खोलेर पडछ सिध्याएर नै छाडछ । ईश्वरले सधै तपाईको साथ दिउन, रक्षा गरुन र दीर्घ जिवी बनाउन र स्वस्थ राखुन ।

) डक्टर गोकुल योन्जन, खर्साङ, दार्जीलिङ ।

९) हजुरले अनेक दुख कष्ट र सहास गरेर हामी मंगोलहरुको निम्ति लेख्नु भएको नेपाली राजनितीमा अदेखा सचाइ पडें । ज्यादै हर्ष लाग्यो र हाम्रो आँखा खोलिदिनु भएकोमा हजुरलाई धन्ने छ । हजुरको जीवन गाथामा ईश्वरले सदैव रक्षा गरोस भनी म ईश्वरसंग सदैव प्रार्थना गर्छु ।

) श्रीधोज सुव्वा, डुङरा बस्ती; कालेबुङ, दार्जीलिङ ।

१०) तपाईको त्यो किताब नेपाली राजनितीमा अदेखा सचाइले मलाई चेतना भरिदियो र नयाँ दिशा बोध गराई दियो । मैले किन पडदा पडदै स्कूल छाडन प¥यो, गाउँ घर छाडेर बाग्लुङबाट आज विदेशमा आएर जीवन विताई रहनु परेको छ; त्यो तडकालो भएर आयो, अब म पनि मंगोल समुहको निम्ति काम गर्नेछु ।

) श्याम बहादुर पुन, बाग्लुङ, हाल फरिदाबाद ।

११) तपाईले नेपाली राजनितीमा अदेखा सचाइ जस्तो पुस्तक लेखेर अन्धालाई आँखा दिनु भएकोछ, लंगडोलाई खुट्टा । मैले र मेरा साथीहरुले पडयौं । तपाईलाई धरै धेरै धन्यबाद छ र आर्मी जीवनबाट फर्के पछि आ६नो समुदायको निम्ति काम गरेर निश्चय नै तपाईलाई सघाउने छौं ।

) नायव गणेश लिम्बु ।

१२) तपाईको किताब नेपाली राजनितीमा अदेखा सचाइ साँच्चै नै पडन लायकको रहेछ । त्यो पुस्तक हाम्रो समाजलाई धेरै चाहिएका 
छ र त्यसलाई घर घरमा पुराउन आवश्यक ठान्दछु ।

) छबिलाल खाम्चा मगर, पाल्पा ।

१३) नेपाली राजनितीमा अदेखा सचाइ पडें; त्यसमा डुबें; साँच्चै यो पुस्तक मंगोल सन्तानको निम्ति ज्यादै मूल्यवन छ र हामी जस्तो ‘नेपाल नेपाल’ भन्ने तर गुदी कुरा नबुझेकालाई यसले वास्तबिक्ता बताएको छ । यो सन्देशलाई हामी घर घरमा
पुराउने छौं ।

) चन्द्र प्रकाश राई, मङपु कुलैन बगान, दार्जीलिङ ।

१४) तपाईको पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ पडे पछि म जान्दिनं किन किन यो दुई शव्द लेखेर तपाईसम्म पठाउन मन लाग्यो । तपाईले हामी मंगोल समाजको निम्ति जुन दूरदर्शी र सहासिलो पाइला चालेर हाम्रो अघि आउनु भयो म त्यसको हार्दिक प्रशंषा नगरी रहन सक्तिनं । तपाई संघर्ष गर्दै अघि वडनोस हामी चेलीहरु साथ दिदै पछि लाग्ने छौं । एक दिन हामीले बिजय पाउने छौं । यो मेरो विश्वष हो ।

) अपरिचिता बैनी भिमा तमु, मंगलापुर ।

१५) “...... तपाईले जुन पुस्तक लेखेर हामी मंगोल समाजलाई जुन गुण लगाउनु भएको छ ; त्यो रिण तिरेर तिरी नसक्नु छ ।

) विक्रम गुरुङ, तेरसो बाटो, रुम्जाटार ।

नेपाली राजनितीमा अदेखा सचाइको दोश्रो संस्करण प्रकाशित भए पछि १९८८ मा जेल जीवना विताइ रहेको अवधीमा जेल जीवनमा प्राप्त शुभ चिन्तकहरुको चिठीका केही हरफहरु ः)

१) नेपालमा वर्ण भेद ९च्बअष्ब िम्ष्कअचष्mष्लबतष्यल० यति चर्को रुपमा भएको सत्याता हामीलाई थाहा थिएन । तर तपाई पक्राउ पर्नु भए पछि थाहा भयो । तपाईको पुस्तकले बतायो । तपाईलाई जेलको खानामा हामी सहयोग पुराउन चाहन्छौ । यस प्रति तपाईको बिचार चाहन्छौं ।

) इन्टर नेशनल पेन. लण्डन ।

२) मेरो छुटकाराको निम्ति डेनमार्क एमनेस्टी इन्टर नेशनलले अभियान चलायो। मैले त्यहाँबाट सैकडौं चिठी पाएं । ति चिठीहरुमा १४ बर्षे स्कूले ठिटीदेखि लिएर ५१ बर्षे लर्ड मेयर सम्मको शुभेच्छाले भरिएका सुस्वस्थ्यको कामना व्यक्त भएका थिए ।

३) “.......तपाईलाई जेल मुक्त गराउने प्रयासमा हामी जुटेकाछौं । तपाई चाँडै नै जेल मुक्त भएर स्वतंन्त्र व्यक्तिको रुपमा खुला हावामा घुम्नु पाउनु हुनेछ ; यो मलाई पुरा पुरा बिश्वाष छ । म आरहुस नगरको लर्ड मेयर हुँ; तपाई सधै सुस्वस्थ रहनुहोस यही शुभकामना पठाएकी छु ।

) लर्ड मेयर लोन हिन्डो, आरहुस, डेनमार्क ।

४) “...... तपाई सधै नै मेरो हृदयमा बस्नु हुनेछ । मैले तपाईको नाम सानो कागजको टुक्रामा लेखेर मेरो छातिमा झुण्डिरहने लकेटमा राखेकी छु । जब जब मेरो हातले त्यस लकेटलाई छुन पुग्छ तब तब मलाई तपाईको सम्झनाले पिरोल्छ अनि म ईश्वर संग तपाईको कुशलता र शिघ्रता शिघ्र जेल मुक्तीको प्रार्थना गरिदिने गर्छु ।

) एनेट लोइ )रोस किलडी, डेनमार्क ।

५) “......... म यहाँ एमनेष्टी इन्टर नेशनलको सदस्य छु । यसले तपाईको ठेगाना पहिलो स्थानमा छापेको छ । अब यहाँका जनताले तर्क बितर्क गर्न लागेका छन्; “के डेनमार्ककी रानीले नेपालका राजालाई राजकीय भ्रमणमा बोलाउनु पर्ने आवश्यक्ता थियो ?” भनेर । म मेरो तर्फबाट पुराउनु सक्ने हर सहयोग
पुराउने छु ।

) फेइ डेरीक फ्रान्च, डेनमार्क, भेलवाइ ।

६) “......तपाईले जुन सहासिक काम गरेर देखाउनु भएको छ त्यो तपाईको मुलुकको निम्ति मात्र नभएर समस्त विश्वको मानव अधिकारको निम्ति गर्नु भएको छ । मेरो तपाई प्रति हार्दिक श्रदा छ; स्वीकार्नु होला । थाहा छैन किन मलाई हर्दम तपाईको संझना आइरहन्छ ।

) गिटी लाइन्ज फेन्सन ) ओडर डेनमार्क ।

७) “...... ज्ष्ममभल ँबअतक ष्ल ल्भउबभिकभ एयष्तिष्अक भन्ने पुस्तक प्रकाशित गरे बपत दुई वटा समाचार पत्रका सम्पादक एवं प्रकाशक गोपाल गुरुङलाई नेपाल सर्कारले पक्रेर ठूलो अपराध गरेको छ र जेल पठाएको छ । डेनमार्कको ओडेन्स ग्रुपले नेपाल सर्कार लगायत बिभिन्न संघ संस्था वकिल सम्पादक र उनका
परिवारहरुलाई चिठी पठाएको भएता पनि सफल भएको छैन ।

घटाउला कि” भनेर ।

) एक्शन डेनमार्कको समाचार पत्र डिसम्वर १९८९ ।

८) के तपाईलाई नेपालका गोपाल गुरुङको संझना छ ? यसै समाचार पत्रमा उनको विषयमा डिसम्बरमा समाचार प्रकाशित भएको थियो । अब उनी जेल मुक्त भएका छन् । ओडेन्सी ग्रुप अत्यन्त नै खुशी भएको छ; किन भने उनलाई छुटाउने प्रयासमा यो गु्रप लगातार लागेको थियो । डर के थियो भने उनी “जेल मुक्त हुनु अघि नै जेलको ढोका भित्र त्यो सानो राज्यमा कुनै नराम्रो घटना

) एकशन समाचार पत्र जुन १९९० डेनमार्क ।

९) “...... म १४ वर्षकी केटी हुँ । मैले तपाईको ठेकाना एमनेस्टी इन्टर नेशनल डेनमार्कबाट पाएँ । एमनेस्टीको पत्रिकामा छापिएको समाचारले तपाई पक्राउ पर्नु भएको कारण पनि थाहा पाएँ । तपाईले ज्ष्ममभल ँबअतक ष्ल ल्भउबभिकभ एयष्तिष्अक नामको पुस्तक लेखेर छपाउनु भएको रैछ, त्यसै कारण तपाईलाई नेपाल
सरकारले पक्रेछ । म ९ ग्रेडको बिद्यार्थी हुँ ; तपाई चाँडै नै
जेल मुक्त भएर स्वतन्त्र मान्छे भएको समाचार पढन र सुन्न सकुँ । तपाईको स्वास्थ सधै राम्रो रहोस् । तपाईले मलाई सधै संझनोस ।

) रिनेछ यमरसन स्कानडिने भिया डेनमार्क ।

१०) “....... तपाईले जेलमा कष्ट पूर्ण जेल जीवन विताइरहनु भएको भएता पनि तपाई उत्साहित र जोशिलो हुनुहुन्छ भन्ने लाग्छ । ज्ष्ममभल ँबअतक ष्ल ल्भउबभिकभ एयष्तिष्अक जस्तो पुस्तक लेख्नु भएर मानवको उधार गर्नु भएको छ । यस्ता पुस्तकहरु अझ लेखिदिनोस् भनेर म तपाईलाई प्रेरणा दिन सिवाय के नै पो दिन सक्छु र ? यतिटाडोवाट तपाईको निम्ति के नै पो गर्न सक्छु र ? तपाईको सम्झना म संग संधै नै बाँचिरहने छ ।

) क्रेस्टी म्याक्सन कोपन हेगेन, डेनमार्क ।

११) “....नेपालमा घटेका राजनैतिक घटनाहरु विषयमा समाचारहरु पढदा र टिभीमा हेर्दा मलाई तपाईप्रति ज्यदै चिन्ता लाग्थ्यो । कहिले काहीं म तपाईको विषयमा जति धेरै सोचथें त्यति नै
डराउँथें पनि; “कतै चीनमा जस्तो तपाईलाई पनि खतम गरिदिने त होइन ?” भनेर । तपाई जेल मुक्त हुनुभएको समाचार सुन्ने प्रतीक्षामा छु ।

) वेनट बेससी सेन रोडो भाइ, डेनमार्क ।

१२) “......... तपाई जेल मुक्त हुनुभएको समाचार सुनेर म कति खुशी भएकी छु ; त्यो यो चिठीले व्यक्ति गर्न नसक्ला । तर तपाई कल्पना गर्नु सक्नु हुनेछ । मानव अधिकारको निम्ति त्यस्तो पुस्तक अझ लेख्नोस ।

) कर्सटिन क्रिष्टिनसेन, भाइवी, डेनमार्क ।

१३) “......... म १५ वर्षकी विद्यार्थी ठिटी हुँ । म तपाईको सुस्वास्थको निम्ति जेसस संग दिनहौ प्रार्थना गरिदिन्छु ।

) मेलिनी फन्सनको डिडेल, डेनमार्क ।

१४) “........ईभा मेरो नाम हो । म १४ वर्षकी विद्याथी केटी हुँ ; चाँडै नै १५ वर्षकी हुनेछु । हाम्रा स्कूलमा शिक्षकहरुले तपाईको विषयमा ; तपाई जेल पर्नु भएको विषयमा बारम्बार हामीलाई क्लासमा भन्ने गर्नु हुन्छ । त्यसैबाट मैले तपाईको विषयमा धेरै कुरा सुन्ने, जान्ने मौका पाएँ । तपाईलाई ईभाको सम्झना छ, तपाईलाई इश्वरले संधै नै राम्रो स्वस्थमा राखिदिउन; चाँडै जेल मुक्त गराई दिउन; यही नै मेरो हार्दिक सदिच्छा ।

) इभा कोडे, डेनमार्क ।

१५) “........ प्रधान मंत्रीज्यू, गोपाल गुरुङ जो प्रेस फाउण्डेशन अफ एशियाका को)ओर्डिनेटर र कनसलटयाण्ट पनि हुनु हुन्छ, उहाँको पक्राउ विषयको दुखद समाचार पाएकाछौं । मलाई बिश्वाष छ ) प्रेस फाउण्डेशन अफ एशियाका सदस्यहरु एशिया र पेसेफिकमा थुप्रै भएका कुरा तपाईलाई थाहा नै होला । प्रेस फाउण्डेशन अफ एशियाका सदस्यको नाताले म उहाँको जेल मुक्तको निम्ति अनुरोध गर्छु । पत्रकारलाई पक्रनु सरकारको निम्ति घाटामा पर्नु हुनेछ यसले सरकारको छवी भत्काउँ छ । हामी गोपाल गुरुङले छुटकारा पाएको समाचारको स्वागत गर्छौं ।

) मोचटा लुविस डिरेक्टर जेनरल पिएफए जकार्ता, इन्डोनेशिया (नोट) प्रेस फाउण्डेशन अफ एशिया मनिला, फिलिपिन्समा पनि प्रकाशित)

१६) “......... नेपाली राजनितीमा अदेखा संचाइका लेखक गोपाल गुरुङले आ६नो पुस्तकमा नेपालका ८० प्रतिशत अहिन्दु मंगो बंशजका भएकाले नेपाल हिन्दु राष्ट्र हुनु नहुने दाबी गर्नु भएको छ; जसको कारणले उहाँलाई जेल पठाएको छ ।

) सिकिम अबर्जरभर गान्तोक ।

१७) “....... शक्तिको चाकरी गरेर अरुको टाउको टेकेर र जनतालाई गुमराहा गरेर निजी स्वार्थ पूर्ति गर्नेहरु धेरै पाइन्छन ; तर नेपाल जस्तो मुलुकमा त्यहाँका ८० प्रतिशत अहिन्दु मंगोल मूलका जनताको निम्ति क्रान्तिकारी कलम उठाएर जेल जान कमर कस्ने सहास आज सम्म नेपालमा कसले गर्न सकेको थियो र ? यो काम लरतरो मान्छेबाट हुनै सक्तैन । तपाई दीर्घ जिवी र सुस्वस्थ रहनु होस ।

) असित राई महानदी, दार्जीलिङ ।

१८) “...... जुन सहास र दूरदर्शीताको परिचय तपाईले नेपाली
राजनितीमा अदेखा संचाइ ९ज्ष्ममभल ँबअतक ष्ल ल्भउबभिकभ एयष्तिष्अक० मा दिनुभएकोछ , त्यस्तो सहास आज सम्म नेपाल त के नेपाल बाहिर पनि हाम्रो समाजमा कसैले पनि गर्न सकेको थिएन ।


तपाईलाई संझदा दक्षिण अफ्रिकाका नेल्शन मण्डेला,
अमेरीकाका मार्टिन लुथर किंगको सम्झना आउँछ ।

) बिक्रम राई, नागाल्याण्ड ।

१९) “...... राजतन्त्र र बाहुन तन्त्रमा होमिनु पुग्नु भो । जेल, नेल र जीवनको प्रवाहा नगरी नेपालका ८० प्रतिशत मंगोललाई मात्र होइन; हामीलाई पनि बिउँझाउने यस्तो सहासिलो काम गरेर जुन सुकैले जोखिम उठाउन सक्तैन पनि ।

)डिबीसाङ पाङ माउखानु, सिलाङ ।

२०) “...... तपाई नेपाल भूमिमा यस्तो व्यक्ति जन्मनु भएको रहेछ कि तपाईको जन्म हामी मंगोलहरुको निम्ति आँखा भयो । तपाईले चाल्नु भएको पाइलोमा हिम्मत नहार्नुहोस हामी पछि छौं ।

) खगेन्द्र थाक्ले हाङ, दानाबारी, इलाम ।

२१) “...... मंगोल बंशजका नेलशन मण्डेला गोपाल गुरुङज्यू, तपाईले लेख्नु भएको पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ पढे पछि मेरो नशा, नशा नै तात्यो । तिनीहरु प्रति घृणा जाग्यो, मेरो बिचार धारा नै बदल्यो । तपाईको बिचारलाई अघि बडाउने अथक प्रयासमा लागेको छु ।

) पासाङ किपा सेर्पा, लामा, सोलुखुम्बु ।

२२) “........ आज सम्म नेपालमा कसैले नगरेको, नसोचेको काम गरेर देखाई दिनुभयो । हिजो सम्म हामी मधिसे र पहाडेको कुरा गथ्र्याैं; तं गुरुङ त म थारु भनेर झगडा ग¥यौं । तर गहिरिएर हेर्दा र पढ्दा भित्री कुरा अर्कै रछ । हामी तराईका थारु, कोचे, मेचे, धिमाल र पहाडका गुरुङ, मगर, नेवार जस्ता सबै मंगोल रहेछौंं; मधेशिया र पहाडियाको नारामा लडाउनेहरु त उही मधेशिया, बाहुन छेत्री र पहाडिया बाहुन छेत्री रछन्; हामी त हतियार मात्र रहेछौं अब व्यापक प्रचारको खाँचो छ ।

) बिरेद्र चौधरी, दाङ ।

२३) “...... तपाईको पुस्तक पढे पछि थाहा भयो हामीलाई बाहुन छेत्रीले कसरी राखेका रहेछन भनेर । कम्युनिष्ट साथीहरुले मलाई “सामप्रदायिक” भनेको तथ्या पनि थाहा पाएं । हामी बिउँझेर हाम्रो अधिकार खोजे तिनीहरुको स्वार्थमा धक्का लाग्ने रहेछ । अब मैल कम्युनिष्ट छाडेर मंगोल हीतमा लाग्ने पक्का गरें । तपाई मंगोल वंशजको चम्किलो तारा हुनु हुँदो रहेछ ।

) योगेद्र तमु, भुखा देउराली पर्वत ।

२४) “........ तपाईद्वारा लिखित पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ पढे पछि हामीलाई पछौटे पार्ने को रहेछ बुझे । अब त्यसको निम्ति संघर्ष गर्ने प्रण गरको छु ) हिराधन गुरुङ, च्यान डाँडा रुम्जाटार ।

२५) “....... नेपाल जस्तो ठाउँमा पनि तपाईले ज्यानको बाजी थापेर हाम्रो निम्ति जुन आवाज उठाउनु भयो त्यो सांच्चै नै प्रशंसनीय छ । म तपाईलाई दक्षिण अफ्रिकाका नेता नेलशन मण्डेला संग तुल्ना गर्छु र “नेपालका नेलशन मण्डेला भन्छु ।”

) चन्द्र खालिङ, सिकिम ।

२६) “ ...... हामी नेपालका मंगोलहरु माझ तपाई जस्ता बुद्धिजिवी व्यक्तित्व पाएर यति हर्षित छु कि लेखेर व्यक्त गर्नु सक्तिनं । नेपालमा त्यस्तो कठोर र निष्ठूर शासन हुँदा हुँदै पनि “नेपाली

राजनितीमा अदेखा संचाइ” जस्तो पुस्तक लेखेर कसैले गन नसकेको र सोच्नु नसकेको काम गरेर देखाइ दिनु भयो । तपाई हाम्रंो निम्ति जिउँदो शहीद हुनु हुँदो रहेछ” ।

) खगेन्द्र सिंग तउमान १३ थुम ।

२७) “...... हामी यहाँका मंगोलहरुले “गोपाल गुरुङ; गोपाल गुरुङ;” जप्न लागेको पनि अवागत गराउन चाहन्छु । हामी मरेर पनि हजुरालाई बंचाउने छौं ; हजुर मानव रुपमा प्रमात्माको चोला लिएर आउनु भए जस्तो लाग्यो । अव हामी हजुरको निम्ति आवाज मात्र नभई कवाज नै देखाउन परे पनि पछि हटने

छैनौं । ) मणी किरात वान्तवा राई, १० गोर्खा, ब्रुनोइ ।
२८) “...... आ६नो अस्तित्वको निम्ति भोली जन्म भूमिलाई युद्ध भूमि बनाइ लडन परे पनि पछि हटने छैनौं । तपाईको पुस्तक हाम्रो निम्ति देववाणी हो ; नव जीवन दिने बुटि हो ।

) टंक बानेम, १० गोर्खा बु्रनोइ ।

२९) “....... हामी जस्तो कैयौं आत्माले तपाईको योजना सफल पार्न सधै साथ दिनेछौं । तपाईका महान वाणीहरु सधै संगालेर जीवित राख्ने छौं । ) प्रेम बहादुर राना मगर, रानीपौवा पोखरा ।

३०) “....... हजुर जस्ता निर्भय लेखकलाई म हृदय देखिनै सम्मान गर्छु । हजुरको पुस्तक नेपाली राजनितीमा अदेखा सचाइलाई हिन्दुहरुको रामायण र महाभारत, क्रिश्चियनको बाइवल र मुसलमानहरुको कुरानले जस्तै सम्मान पाउने छ; मंगोल समाजमा म यस पुस्तकलाई पुजा गर्छु ।

) सौरभ राज संगम, पक्लीहवा कृषि क्याम्पस सिद्धार्थ नगर ।

३१) “...... हजुरद्वारा लिखित नेपाली राजनितीमा अदेखा संचाइ असाध्या निर्भिक्ता साथ लेखिएको पुस्तक रहेछ । यस्तो पुस्तक त उस्तै मुटुले लेख्न त के कुरा पडने आँट पनि गर्दैन । यसको निम्ति कृतज्ञता व्यक्त गर्ने शब्द नै म संग छैन ।

) महेन्द्र साङपाङ, भोजपुर ।

३२) “......१९८८ मा तपाईको किताप नेपाली राजनितीमा अदेखा संचाइ यहाँ भारतीय सेनामा पडनु प्रतिबन्ध लगाएको भएता पनि हामी २९ जनाले भित्र भित्रै पडेर ४० दिनमा सिध्यायौं । ) हबल्दार डिवी गुरूङ, कोभ्राङ, माझ गाउँ ।

३३) “......यहाँ कुनै मंगोल कंग्रेसमा लागेर, कुनै राष्ट्रीय प्रजातन्त्र पार्टीमा लागेर र कोही कम्युनिष्ट भएर ढाटिएका रहेछन्; ठगिएका रहेछन् । म पनि त्यसै कम्युनिष्ट भित्रको पर्छु । अब तपाईको पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ ले आँखा खुलाई दियो । म अब आ६नै अस्त्विको खोजमा तपाईको पछि लाग्ने छु । ) कुमार जगेबु, याङनाम, फोसिला ५ थर ।

३४) “....... श्रदेय समस्त मंगोल बंशजका मूल सम्राट गोपाल गुरुङज्यूलाई कोटी जय मंगोल । तपाईको पुस्तक नेपाली

राजनितीमा अदेखा संचाइले मेरो पनि आँखा खोलिदियो । यसै कारण यो साल पहिलो पल्ट हामीले हिन्दु चाड दशैं बहिष्कार गरिदियौं ।
) कृष्ण घिसिङ, तामाङ सिद्धिश्वर सिन्धुली

३५) “....... त्यसैले भन्न मन लाग्छ “तपाई हामी मंगोलहरुको आँखा खुलाउने गुरु, मंगोल सम्राट र नेपालका नेलशन

मण्डेला ।” हाम्रो निम्ति यो पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ दर्शन शास्त्र हो, वेद हो ।
) सेर्पा एस के, सोलु ।

३६) “...... साँच्चै तपाई हाम्रो मंगोल कुलको निम्ति “पुज्यनीय देवता” हुनु हुँदो रहेछ । जिब्रो भएर पनि बोल्न नसकेको, आँखा भएर पनि देख्न नसकेको, कान भएर पनि सुन्न नसकेको सत्य कुराहरु तपाईले आ६नो जीवनको सम्म कुनै प्रवाहा नगरी आज तक कसैले पनि त्यस्तो डरलाग्दो व्यवस्था माझ बोल्न र लेख्न नसकेका कुराहरु अत्यन्त निर्भयसाथ बोलिदिनु भयो ; कुम्भकर्ण झै चिर निद्रामा परेका हामीलाई विउँझाइ दिनु भयो र सुनाइ दिनु भयो ।

) अजित पिल्मोस (राई) नैताम १२ माइल गान्तोक सिकिम ।

३७) “...... तपाईको पुस्तकले आँखा उघारिदिएकोले यहाँ पनि चुच्चे र नेप्टेको कुरा चल्दैछ । शताब्दी औं शताब्दी बुभ्mन नसकेको सत्य कुरा हामीलाई बुझाइदिनु भो । परिस्थितिनुसार यहाँ पनि हामी युवाहरु आ६नो अधिकारको निम्नि मैदानमा निस्कनु पर्ला । हामीलाई आज सम्म भालु नचाए जस्तो नचायो अब हामी त्यसरी नाच्ने छैनो ।

) पिके प्रधान, सिङताम ।

३८) “..... तपाई पक्राउ पर्नु भएको समाचार यहाँ सिकिममा पनि हिउँदोको डडेलो झै फैल्यो । तपाईको पुस्तक नेपाली राजनितीमा अदेखा संचाइ ले नेपालमा मात्र होइन सिकिममा पनि राजनैतिक भुइचालो ल्याईदिएको छ । निस्वार्थ देन र त्याग अमेट भइ भावी इतिहासमा बस्नेछ, मंगोल सन्तानले पिता स्वरुप मान्ने छन्”

) बीके राई, गान्तोक ।

३९) “....... जुन सहास, कटिवद्धता र दूरदर्शिताको परिचय तपाईल दिनु भएको छ, यसले हाम्रो भावी सन्तानलाई नयाँ प्रेरणाको मार्ग दर्शन गरेको छ । यहाँ सिकिममा हामी पनि यस

परिस्थितिबाट सुरक्षित छैनौं । यो पुस्तक यहाँका जनतालाई अझ बेसी मात्रामा पढाउन परेको छ” ।
) एसके राई, गान्तोक, हाल लखिमपुर असम ।

४० “.......... यस पुस्तक नेपाली राजनितीमा अदेखा संचाई ले हाम्रो सिकिमका मंगोलहरुको जीवन स्तर उठाउने काममा र ‘समान अधिकार पाउनु पर्छ’ भन्ने अधिकारको निम्ति निकै जोरदार भूमिका अदा गर्ने छ । यस्तो पुस्तक यस्तो निर्भिक्ता पूर्वक लेखिदिनु भएकोमा म पनि धन्यवाद दिने समुहमा थपिन चाहन्छु”

) गाटुक भोटिया, दराप पश्चिम जिल्ला, ग्यालसिङ ।

४१) “...... गोपाल गुरुङको तुरुन्त रिहाइ होस । हामी अब पनि शोषित पिडीत र मृत्यु तुल्य भएर बाँच्न चाहन्नौं । गोपाल गुरुङ हाम्रो सचेत व्यक्ति हुनु हुन्छ; उहाँका चाँडोभन्दा चाँडो रिहाइ चाहन्छौं” ।

) गण्डकी र बुटवलबाट भूमिगत रुपमा वितरित पर्चा ।

४२) “........ सम्पादक तथा लेखक गोपाल गुरुङले जेलमा सडिनुको तात्पर्य हो पंचायत व्यवस्थाको अन्त्य हुने संकेत”

) सेतामगुराली ।

४३) नेपाली राजनितीमा अदेखा सचाइ दोहरयोइ, तेहेराइ पढे ज्यादै रोचक पाएँ र मलाई तपाईले विउँझाइ दिनु भएको लाग्यो । दशैैं पनि हामीले वेअर्थमा मनाई रहेका रहेछौं । अफशोष गर्नु पर्नेमा खुशी भएर । हिन्दु आर्यहरुले हामीलाई राक्षस बनाएर त्यही

रटाउँदा पडाउँदा पनि हामीलाई स्वीकार्य हुनु कत्रो लाजमदा कुरा । नेपालको मूल मंगोल मध्ये कै म पनि हुँ । मेरा दुई जना बाजेहरु अर्काको मुलुकको निम्ति सेनामा भर्ना भएर मरे तर मेरो आर्थिक हालत सुधे्रन । काका बडाबाका छोराहरु यही छन उच्च पद तिनीहरुको निम्ति आकाशको तारा नै भएको छ । मलाई बिउँझाइ दिनु भो धन्यबाद छ ।

) गोपाल राई आर्त, विराटनगर ।

४४) तपाईद्वारा लिखित पुस्तक नेपाली राजनितीमा अदेखा सचाइ दोहोरयाइ, तेहेरयाइ पडें । तपाई समाजको निम्ति बलिदान भई दिनु भएको अनुभव गरें । त्यस पुस्तकबाट यस भेकका हामी सारा मंगोललाई वर्तमान र भविष्यको निम्ति नयाँ दिशा बोध गराइदिनु भएछ, यसबाट हामीले प्रेरणा पाएका छौं । तपाईको सफलता, उज्वल भविष्य, दीर्घायु र समृद्धिको संधै कामना

गर्छु ।
) ए के राइ, लखिमपुर असम ।