नेपाली राजनितीमा अदेखा सचाइ
(पाचौ संस्करण)
यो तेही पुस्तक हो जसको कारण दुइटा राजद्रोही मुद्दामा तीन वर्ष जेल काटनु परयो. यो तेही पुस्तक हो जुन एक प्रति २३ सय सम्ममा विक्यो.
यो पुस्तक
मेरा तिनै योद्धा साथीहरुलाई जजसले
अहिन्दु मूलबासी मंगोलको
अधिकारको निम्ति निर्भिक्ता साथ संघर्ष
गरिरहेका छन
जिउंदो मान्छे जस्तो भएर बांच्ने र मर्ने संदेश दिइ रहेका छन् ।
गोपाल गुरुङ
लेखक एवं प्रकाशकः—
गोपाल गुरुङ एमए राजनिती
पोष्ट बक्स २८२८
काठमाण्डू, नेपाल
फोन — ५५२३३११
पहिलो संस्करण १९९५
दोस्रो ” १९८८
तेस्रो ” १९९३
चौथो ” १९९४ (अंग्रेजीमा)
पांचौ ” २००६ (पहिलो संस्करण जस्ताको तस्तै)
यो पुस्तक कसरी तयार भयो ?
म पहिला आफूलाई ‘नेपाली’ मात्र भत्र मन पराउथें तर ३५ वर्ष भित्र नेपालका तमु गाउँ (गुरुङ गाउँ) मगर, तामाङ, थारु, लिम्बु, राइ गाउँहरु घुमेर हेरें त्यहाँका अतित इतिहास पढें र यो अहिन्दु मूलबासी मंगोल समुदायलाई हरेक छेत्रमा अत्यन्त उपेक्षित स्थितिमा राखिएको पाएं । कुनै कुनै घरमा पाँच छ जनासम्म विदेशी सेनामा भर्ना भएर जाँदा पनि तिनीहरुले केही जोर्न नसकेको पनि पाएं र ऋणबाट उन्मुख हुन नसकेको पाएं । यहाँका मंगोल मूलबासी हर छेत्रमा थिचिएका, पिसिएका, हेपिएका राजनैतिक आर्थिक, धार्मिक,
हरेक छेत्रमा पछौटाइएका र बिथोलिएका पाएं । सेनामा गएर फर्केका र तिनीहरुका छोरा छोरीलाई प्राय सबै जसो सिडियो कार्यलयले प्रवासी विदेशीको संज्ञा दिएर नागरिक्ताबाट बंचित गर्ने गरिएको पाएं किन भने त्यहाँ सिडियो प्राय नै बाउन, छेत्री हुने गर्दछन र अरु तहका कर्मचारी पनि यिनीहरुनैे । यो सानो नमुना हो । अब त स्कूलहरुमा भर्ना लिन पनि यिनीहरुले हामी प्रति आलटाल गर्न लागेका छन् । यसै उपेक्षित अहिन्दु मुलबासी मध्येको त्यसमा पनि भेदभाव गर्ने गोर्खाहरु मध्येकै मैले पनि आफूलाई पाएं । यस कारण नेपाली भन्दा तमु (गुरुङ) भत्र गर्व गर्न थालें ।
बुटवलको तमु छोजमा (गुरुङ समाज) केही बोल्ने कार्यक्रम थियो; म त्यहाँ पुगेको थिएं १९८४ ताका । म तमु छोजको जेनरल सेक्रेट्री पनि थिएं । एक जना ? तमु लाई (गुरुङ) उसका छोराले पर्वत जिल्लादेखि (हिंडन मात्र परेको भए हप्तौं लाग्ने) बोकेर ल्याएका थिए; उ पूर्व सैनिक थियो; उसको उमेर सौ वर्ष भन्दा बेसी थियो । उसले पेन्सन कति पाउंथ्यो सुत्रु हुन्छ ? पत्यार नलाग्ला; तर कुरा साँचो हो । उसको पेन्सन थियो मात्र पाँच रुपियाँ— उसले अर्काको मुलुकमा
अर्काको स्वार्थको निम्ति जीवनको मूल्यवान भाग विकाएर नेपाल फक्र्यो पाँच रुपियाँ पेन्सन लिएर । अर्को एक जना धरान ब्रिटिश क्याम्पमा १९६३ तिर भेट भएको थियो; उ लिम्बु थियो हाम्रै मंगोल, नेपालका मूलबासी मध्येको— । उसको चाल्नीमा दुइ वटा गोलीको टुक्रा थियो, छाम्दा भेटिन्थे,‘दुख्तैन’ भन्थ्यो; मैले छामेर हेर्दा । नेपालको परिवर्तनमा हाम्रा मानिसहरु नेपालका समस्त मंगोल मुलबासीका कति शहिद भए, कति अंगभंग भए, कति जेल नेल भए; तर तिनीहरुको परिवारको निम्ति न फण्ड जम्यो; न तिनीहरुको नाम इतिहासमा नै उचारण भयो । बाहिर बाट बाहिरका नेपालीले नेपाललाई जुन आँखाले देख्छन; ‘त्यो नेपाल होइन रहेछ;’ भनेर मैले पाएं ।
त्यसताका नेपालमा गोर्खा भर्तीबाट चार अरब जस्तो रुपिया वित्रिन्थ्यो । गोर्खाहरु नेपालको निम्ति विदेशी मुद्राको श्रोत बनिएको छ । हिसाब गर्दा एउटा गोर्खाको मोल १७)१८ रुपियाँ पर्छ । किन्तु यिनीहरु नेपालको हर छेत्रमा उपेक्षित छन् । यिनीहरुको गाउँमा स्कूल छैन, न त यिनीहरु हिंडने गाउँमा बाटा घाटा नै छन्। बाहुन छेत्री २० प्रतिशत; तर यिनीहरुको हातमा ६० प्रतिशत भूमि छन् ७ प्रतिशत भूमि मात्र यहाँको मुलबासी ८० प्रतिशत मात्र मंगोल संग हुनुले र नेपाली सेना र प्रशाषणको उच्च अधिकारीहरुमा नगण्य रुपमा पाइनुले पनि हाम्रो स्थिति के छ ? स्पष्ट छ। एक जना ख्याती प्राप्त बाहुन कवि; जसलाई म ज्यादै इज्जत पनि गर्थे जसको नाम थियो महानन्द सापकोटा उसलाई एकदिन न्युलाइट निकालेको खुशियालीमा यसको एकप्रति
पुराउन गएं । उसले राँकिएर भन्यो ‘गुरुङले पनि पत्र पत्रिका निकाल्ने ? तपाईहरुले त धनु काँड खेलाउने हो; राइफल खेलाउने हो’ —मैले पनि दुइ चार कुरा सुनाएर फर्किदिएं ।
नेपालका एक जना बुद्धिजीवि, राजनीतिज्ञ, अर्थनीतिज्ञ र अरु
के के हुन के के उनले एउटा पहाडी इलाकाको बाटोको कुरा गर्दै अर्को आ६नो समुदायको बाउनलाई भनेको थियो; ‘त्यस भेकमा हाम्रा बाहुनहरु कहाँ छन् र बाटो बनाउने? यहाँका भोटेहरुको गाउं ठाउँमा बाटो बनाउनुको अर्थ हामीले हाम्रो आफनो खुट्टामा बंचरो हात्रु हुन्छ’ । यस्ता अनेकन तथ्याहरुले र आफुले भोगेका ठकरहरुले गर्दा तिनीहरुले आ६नो वर्गलाई दूरदर्शी भएर गरि खाने मौका दिएका; ठेल्ने र तात्रे गरेका; परस्परमा कुर्सीको भागवण्डाको निम्ति झगडेता पनि मंगोलहरुलाई दबाउनमा एक जुट भएका देख्ता मेरो मनमा विद्रोह पैदा भयो र ‘हाम्रो समाजलाइ नबिउंझाएसम्म, हाम्रो समाजले आ६नो अधिकार नखोजेसम्म हाम्रो समाजलाइ मुर्दालाइ जस्तै; पशुलाइ जस्तै कमारा कमारीको स्तरको ब्यवहार गरिन्छ; भत्रे लाग्यो र कलम चलाएं यद्धपी मलाइ विभित्र आरोप र धम्कीहरु कल्पित नामका चिट्ठीहरु र टेलिफोन कलबाट नआएका होइनन ।
१९५० मा एक जना हाम्रो मंगोल बर्माबाट आएर क्रान्तिमा प्रजातन्त्रको निम्ति राइफल बोकर पसेका थिए । त्रिभुवनसंग खिचेका प्रजातन्त्रवादीको हाँचमा उनी पनि उभेका थिए । त्यो फोटो संधै उनको डेरामा देखिन्थ्यो र उसले योग्यतापूर्ण रुपले इमान्दारीसंग आ६नो कार्यालयको काम पनि इमान्दारी पूर्वक सम्भालि रहेकी थिए । पेन्सन पकाउनु छ महिना थियो; तिनलाई नोकरिबाट हटाइयो । त्यसताका प्रधान मंत्री व्रिmर्तीनिधी विष्ट थिए । तिनी विमारी भए फेरि फुटपाथमा मर्नु प¥यो । यस्तो कुकुरको मराइ मर्न परेको अनेकन घटना छन जसको संकलनको मात्र पनि एउटा ठुलै इतिहास बनिन सक्छ । यस्तै दुर्दीनहरुमा पारिएका हाम्रो वर्तमान र भविष्य बनिरहेको पाएं । शोषण, पिडन उपेक्षाप्रति मैले आ६नो कलम चलाएं र जनसमक्ष फैलाउँदै गएं । हामी अन्धा र बैरा जस्तो भएर नबसौं भन्दै गएं । अन्तमा १९८४ का
सेप्टेम्बरदेखि फेब्रुअरी १९८५ सम्म छ महीना सम्म ‘नेपालको
राजनीतिमा भावी संकेत’ सम्पादकीय लेखें; त्यसैको संकलीत रुप भने पनि हुन्छ यस पुस्तकाइ । यसै पुस्तकको अंग्रजी संस्करण चाहिं ‘हिडन ६याक्टस इन नेपलीज पोलिटिक’ ९ज्क्ष्म्म्भ्ल् ँब्ऋत्क् क्ष्ल् ल्भ्एब्ीभ्क्भ् एइीक्ष्त्क्ष्ऋ० हुनेछ ।
अक्टोबर १९८५
गोपाल गुरुङ
नोट
अनुहार मूलबासी अहिंदु मंगोल जस्तै देखिने कमाराजाती, जनजाती, फिरिंगे अथवा बनजारा, अंग्रेजीमा जिप्सी र हिंदुको सुद्र कुकुर सरहको व्यहोरामा रमाउने केही अरौटे भरौैटे अहिन्दु मूलबासी मंगोलहरु ले यो २१ औं शताब्दीमा आएर के बुझ्नु पर्छ भने ज्ञानेन्द्रको कृपाले कम्युनिष्ट प्रधान मंत्री बन्न पाएका तथा कथित कम्युनिष्ट नेता मनमोहन अधिकारी दलबल सहित जदौ (जयदेव) गर्न दरवार पुगेका र प्रधान मंत्री बने पछि प्रधान मंत्री निवासमा कालो बोकाको रगत चडाएर झण्डालाई दण्ढवत गर्ने तथा कथित कम्युनिष्ट नेता प्रधान मंत्री पदमा नियुक्तिको निम्ति ज्ञानेन्द्रको पाउमा जदौं टव्रm¥याउने कम्युनिष्ट नेता धर्म निरपेक्षको विरोध र हिन्दु राष्ट्रको पक्षमा पर्खाल बनेर उभ्ने कंग्रेस नेता र कालो बोका नै लिएर मनकामना मन्दिर पुग्ने माओबादी कम्युनिष्ट नेतामा फरक के पाइएला र ? मूलबासी अहिन्दु मंगोल ले बुझ्नु पर्ने मुटु कुरा के हो भने यो देशको राजनीति लडाइ भनेको अहिन्दु मंगोल र हिन्दु आर्य माझ को हो ।
नेपालको नाममात्रको कम्युनिष्ट पार्टी आज २२ ६याकमा विभक्त छन् । त्यस मध्ये एउटा ६याकका नेता हुन मनमोहन अधिकारी । एकताका बेजिङमा औषधी उपचार गरेर फर्कनु भएको भएता पनि हाल उहाँको झुकाउ मस्को तर्फ हुन गयो । उहाँ मस्कोमा औषधी उपचार गर्नु जानु हुने भएको ब्यापक हल्ला जन समक्ष आए पछि उहाँले त्यसको निम्ति राम्रो भूमिका तयार गर्नु भएको थियो त्यो; के भने बिराटनगरमा पूर्व कम्युनिष्ट पार्टीबाटकेही ६याक भएर छुट्टिएकाहरु मध्येको केहीलाई संगालेर संयुक्त बैठक । त्यस पछि उहाँले आ६नो समुहको एउटा सम्मेलन भारतको गोरखपुरमा गर्नुभयो र त्यहाँ निजी स्वार्थको कारण चीन प्रतिको आ६नो यथावत रही आएको मूल
धारणालाई फेर्ने काम गर्नुभयो । यसै ताकादेखि आएर यो गर्नुको लक्ष्य चीनबाट टाडिएर मस्कोसंग नजिकिन खोज्नु भएको प्रतीत भएको छ । आ६नो धारणाले कोल्टो फेर्नुको अर्थ चीनबाट टाडिन खोज्नु नभएको कुरा उहाँले बताउनु भएता पनि विश्वास गर्नुपर्ने हदसम्म विश्वास गर्न सकिंदैन । परन्तु त्यसले उहालाई फाफ होइन अफाप नै सिद्ध भएको प्रमाण ग¥यो । किन भने स्वस्थोपचारको निम्ति मस्को जानु पाउने आशा दूराशाा भएर गयो । शायद उहाँले ”चीनबाट टाडिएको होइन“ भत्रे देखाउनु खोज्नुको कारण” मस्कोले ग्रहण नगरे ? “भत्रे सोच्नु भएर पनि हुन सक्छ. त्यसो भए यो ठीक समयको ठीक पाइलो थिएन । चीन)मस्कोको बर्तमान विश्व राजनीतिलाइ ध्यानमा राख्ता र अधिकारीको त्यस प्रकारको निर्णयलाई निखार्दा पनि उहाँको लामो राजनीति जीवनको कमसल निर्णय मान्नु पर्छ ।
अगष्ट ११, १९८४ मा विराटनगरमा पहिले कम्युनिष्ट पार्टीका केही विभक्त गुटहरुलाई समेटेर बैचारिक आदान प्रदान गर्नसम्म मात्र ठीक पाइलो मात्रु पर्छ र उहांको एघार महीनादेखिको अबिरल प्रयासका
सफल रुप संझन सकिन्छ । प्रतिवन्दित पार्टीहरु जति बेसी टुक्रेर गयो त्यति नै बेसी पंचायत व्यवस्थालाइ फायदा हुने ठहथ्र्यो भने संयुक्त रुपमा एक जुट हुनु चाहिं जुनै रुपमा भएपनि बेफायदा थियो ।
बिराटनगरको अगष्ट ११, १९८४ को त्यस भेलामा २२ ६लाकबाट प्रतिनिधित्व नभएको भएता पनि केही कहलिएका प्रमुख समुहहरुमा मनमोहन समुह लगायत श्रीमति सहाना प्रधान, निर्मल लामा, वृmष्णराज बर्मा, तुल्सीलाल अमात्य, सिद्धिलाल सिंह र माले (मार्कसिस्ट लेनिनिष्ट) को उपस्थिति थियो भने सुरुमा नै पंचायत व्यवस्थालाई सहर्ष स्वीकार गरी नाम मात्रका कम्युनिष्ट रहेका रसियन पक्षका डक्टर केशरजंग रायमाझी र गोप्य रुपमा पंचायत व्यवस्थाको सहयोगी र यस प्रति काम गर्दै आएको भनेर आ६नो छबी विगारी सकेको मोहन विक्रम समुह(मसाले)लाई निम्ताइएको थिएन । त्यस भेलाको मूल उद्देश्य सबलाई समेटेर मस्को पक्ष बनाउने बृहत अडकल काटन सकिन्थ्यो । पहिले आफुलाई ”चीन समर्थक बामपन्थी“ समुहहरु अब ”मस्को पन्थी “भत्र धेरैले रुचाइसकेका छन र त्यो भेला पनि एउटा प्रमाण हुन खोजेको छ । परन्तु नेपालमा उक्त नामाँकित समुह बाहेक अर्को एउटा ठूलो समूह पनि छन जो आफुलाइ” पक्का बाम पन्थी “भन्ने गर्छन । तर अर्को तर्फ पंचायत व्यवस्थाको केही ठाउँहरुसंग संलग्न रहेर काम पनि गरिरहेका पाइन्छन । यस्तोलाई के भत्रे ? पंच)बामपन्थी ? यो व्यवस्था पंचायत दलबिहीन व्यवस्था भएकोले, अर्थात एक दलिय भएकोले सो भत्र पनि मिलेन; यस कारण यसको एउटा ठेंट संज्ञा निकाल्न पर्ने समयले माग गर्ला ।
यसरी संयुक्त रुपमा बैचारिक आदान प्रदानको निम्ति सम्मेलनमा एकता देखाइएको भएता पनि यिनीहरु संयुक्त रुपमा संघर्षको एउटै बाटोमा अघि बढने काम हुने कुरामा किटान गर्न चाहिं विभित्र कार
णले हच्कनु पर्छ । हतियारसंग सुसज्जित शक्तिसंग हतियार बिहिन यिनीहरुलाइ मानिलिउं एक छिनको निम्ति नेपालका २२ बटै बामपन्थी ६याक जुन सुकै प्रकारको पंचायत विरोधी संघर्षमा एक भयो रे तब
पुरानो कंग्रेस के गर्छ ? त्यसताका पहिलेको कंग्रेस तर्सेर पंचायतको अझ बेसी नजदिक हुनेछ र यी दुवैको साझा शत्रु यही समुह बत्र पुग्ने छ । प्रतिबन्धित कंग्रेसको दूई समुह त फुटेर पनि पंचायतमा बिलिन भइसकेको छ ; यसको मूल कारण त्यस भित्र भएको व्यापक बाउनबाद हो ।
पंच र कांग्रेस एर्काकासंग निजदिकिन सक्छ बामपंथीसंग होइन । हुन त आफुले आफनो डम्फु बजाउने र आफु वत्तिसै लक्षणले युक्त र खासा प्रजातंत्रवादी ठान्ने पहिलाको कंग्रेसले पनि नेपलमा बहुदल ल्याइन्जेलसम्मको संघर्षमा प्रतिबन्दित बामपन्थीसंग सहयोगको आदान प्रदान गरेको खण्डमा बेश हुने थियो जसद्वारा पंचायत व्यवस्थाको
विरोधमा ससक्त शक्ति सृजना हुने छ । एका तिर आफुलाई प्रतिबन्दित कंग्रेसका पक्का खम्बा संझनेहरु र हाल पंचायत व्यवस्थाका पनि पक्का खम्बा हुन पुगेका र बलिया समर्थक हुन पुगेकाहरु कतिपय त आफुलाई “कट्टर हिन्दु” भनाउन भारतको हिन्दु महासभाको गोप्या चन्दादाता सदस्य बनिसकेका छन; भन्ने तथ्य नेपाल)भारत दुवै भूमिमा पुरानि सकेको छ । नेपाललाई तिनीहरुको भाषामा विश्वको एक मात्र हिन्दु राष्ट्र मेरो शब्दमा “विश्वको एकलो र आखिरी हिन्दु राज्य”; बनाउनमा पंचायत व्यवस्थाकाहरु र कंग्रेसको एउटा ठुलै समुहको त के कुरा आफुलाइ कम्युनिष्ट ठात्रेहरु पनि एक जुट छन् र तिनीहरुको ठयाक मिल्छ । कंग्रेस भित्र एउटा भुइचालो आउन थालेको छ र त्यो भूइँचालो ले अब त्यसका बलिया खम्बाहरु कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहलाई एउटा द्वीपमा पार्ने र गिर्जा प्रसाद कोइरालालाइ
अर्को द्वीपमा फेकी दिने देखिएको छ । गिर्जा प्रसाद कोइरालालाइ फेंकेदिएर पंचायत व्यवस्थाको द्वीपमा पुराइदिने देखिएको छ । परन्तु कोइराला पंचायत द्वीपमा पुगेर पंचायतमा विलिन भएको खण्डमा पंचायत बलियो हुन्छ त ? अहँ हुंदैन. किन भने उनी चोइटिएको बोक्रा हुने छ । बरु उसको आजसम्मको लामो भूमिका बालुवाको घर बत्रे छ ।
गणेश मान सिंह नेपालमा प्रजातंत्रको निम्ति मात्र होइन कंग्रेसकै निम्ति पनि आइरन म्यान हुन । उनको भूमिका लामो छ । उनी राणा शाषणमा मारिएर बाँचेका हुन । नेपालमा प्रजातंत्रको निम्ति ज्यानको बाजी लगाउनेमा गणेशमान सिंहको अघि विश्वेसर प्रसाद कोइराला केही पनि होइन । नेपाललाइ भारतमा बिलय गराउने कुरामा विपीलाई पुख्र्यौली आएको भूमिको नाताले, धर्म, संस्कृति, भाषा र उनका पुर्खाहरु मर्न जाने, अस्तु बगाउन जाने, तिर्थ जाने, स्वर्ग पुग्ने थलो काशी भएको नाताले र अझ त्यसमा पनि थप जन्मथलो; राजनैतिक थलो र शैक्षिक थलो पनि भारत नै भएकोले मान्य होला । तर यस कुरामा गणेश मान ले दोहोराइ तेहराइ गम्भिरतापूर्वक निफनेर हेर्लान, सोचलान ।
जसताका गणेश मान सिंहले नेपालमा प्रजातन्त्र ल्याउनको निम्ति राणा शाषणको विरोधमा ज्यू ज्यान दिएर सोचिरहेका थिए; डटेर लडिरहेका थिए र आजन्म जेल सजाय भएर पनि बिरोध गरिरहेका थिए र उनलाई फाँसी हुन सक्थ्यो; त्यसताका विपि कोइराला भारतका निम्ति योगदान गरिरहेका हुनन । त्यस्ताका दोस्रो विश्व महायुद्धको ज्यादै नराम्रो चोट बृटिश साम्राज्यबादलाइ पनि प¥यो र भारत छोडने तर्खरमा अंग्रेजहरु लागि सकेका थिए । अंग्रेजहरुले भारत छोडनु पर्नुको अर्थ नेपालमा राणाहरुलाई त्यसको बज्र पर्नु थियो । अंग्रेजहरुले भारत छाड्न तयार भएता पनि अंग्रेजको निमित ”बाबुलाई काटछु; आमालाइ बांध्छु“ भनेर कसम खाइ छलकपटहीन बनेर लडिदिने सोझा र विवेकहीन गोर्खा सेनालाइ छाडन चाहिं अंग्रेज सरकार तयार थिएन । अपितु गोर्खा सेनालाई छाडन तयार नहुनुको कारण अंग्रेजले हामी गोर्खालाइ माया गरेर होइन । यी विवेकहाराहरुले सारा विवेक, बुद्धि, तन, मन, ज्यान अंग्रेजको स्वार्थको निम्ति लगाउंदै आएको लामो ऐतिहासिक प्रमाणको कारणले थियो । नेपालको राणा सरकार र भारतको बृटिश सरकार माझको सडयन्त्रकारी लामो योजनाले गोर्खालाइ मुर्ख बनाइएको हो र हामीलाइ बाध्यतावश मर्ने र मार्ने बनाइसकेको थियो । ”गोर्खा“ यो भन्नुको अर्थ नेपालका मूल बासी मध्येका गुरुङ (आ६नै मातृभाषामा चाहिं तमु) मगर पश्चिम भेकका र लिम्बु, राई पूर्व भेकका संझनु पर्छ ।
नेपालका मूलबासी मध्ये नेवार, तामाङ, शेर्पा, थकाली, सुनुवार, दनुवार एवं तराइका ठूलो संख्यामा भएका थारु पनि हुन । तराइकै धिमाल, चेपाङ पनि यहाँका मूलबासी हुन । तर गोर्खा सेनामा नेपालका मूलबासी मध्येका गुरुङ (आ६नो मातृ भाषामा तमु) मगर, लिम्बु र राइलाइ मात्र किन लिए त्यसको एउटा छुट्टै इतिहास छ । यी मंगोल बंशजका हुन जसलाइ हिन्दुहरुले घृणा गरेर किराती पनि भन्ने गर्छन । यो शब्द भारतब।ट आयत भएको हिन्दु आर्यको हो । जसको अर्थ जंगली, असभ्या हो । मंगोल सबै अहिन्दु हुन र यसमा बृहत संख्या बुद्ध, धर्मावलम्बी छ । अझ गहिराइमा सोच्न सके र डुबुल्की मार्न सके हिन्दु आर्यहरु सरणार्थी भएर भित्रनु अघि सबै मंगोल बुद्धिष्ट र चन्द्रवंशी थिए; जसलाइ मास्न षडयन्त्र गरे हिन्दु आर्यहरुले । ’हिन्दु‘ भन्नाले नेपालमा बाउन छेत्री हुन । बाउन आर्य हुन छेत्री न पुरा आर्य र पुरा मंगोलमा गत्र सकिन्छ; वर्ण विभाजनको दृष्टिबाट । तर यी दुवैले हिन्दु कर्मकाण्ड गर्छन । नेपालका बाउन भारतबाट भित्रेका आर्य हुन जसको पुर्खा यस मुलुकमा शरणार्थी भएर (टोनी हेगनले आ६नो पुस्तक ‘नेपाल’मा पनि यही तथ्या यसै शब्दमा उल्लेख गरेका छन) त्यसताका आए जब
मूगोलहरुको आव्रmमणमा परे । भारतमा चाहि अडाइं तीन हजार वर्ष अघि ककसियसबाट आए । जब भारतमा मोगल साम्राज्य विस्तार भयो यिनीहरुलाइ टुपी र जनै बचाउन हम्मे परयो । अपितु आज बिडम्बना के छ भने नेपालमा यहाँका मूलबासी नै पो शरणार्थी झै भएर बाँच्नु परेको छ । हाम्रो माटो खोसिएको छ र राजनैतिक, आर्थिक, धार्मिक शैक्षिक साँस्वृmतिक अधिकारहरु लगायत अरु जम्मै प्रकारका अधिकारहरु खोसिएका छन् । अहिन्दु मूलबासी मंगोलको मलिलो खेतबारी सबै नै हिजोका सरणार्थीहरुको हातमा पुगेको छ किन कि सताब्दीऔं देखिको राजनैतिक सता यिनीहरुको हातमा प¥यो; अहिन्दुलाई जबरजस्ती हिन्दु बनाईएको छ हिन्दु भनाइएको छ ।
दोस्रो बिश्व युद्ध पछि अंग्रेजहरुले भारतबाट सुइंकुच्चा ठोक्नु परे पछि गोर्खा सेनालाइ छाड्न नचाहनुको अर्थ अंग्रेजको निम्ति लडाइमा भोक लाग्दा आ६नै जुताको छाला काटेर खाने, घाँस चपाएर प्राण बचाउने र हिलो माटो सरीको पानी र आकाशबाट परेको पानीले तिर्खा मेट्ने, ढुंगा र घाँसको ओछ्यानमा सुतेर अंग्रेजको राज्य थाम्ने ‘गोर्खाले दुःख पाउला, सुख पाउन’ भनेर मायाले पनि होइन । दोस्रो बिश्व महायुद्धमा ६२ हजार गोर्खा सेना मारियो त्यसको मतलब यही गुरुङ, मगर, लिम्बु राइका छोराहरु मारिए । १९११)१९६२ सम्ममा गुरुङ, मंगर, राई लिम्बु तामाङबाट मात्र २४ लाख जति विदेशमा
मारिए । दोस्रो विश्वयुद्घ सेप्टेम्बर १, १९३९ देखि आरम्भ भएको मान्नु पर्छ । यसै दिन जर्मनले पोल्याण्ड माथि आक्रमण ग¥यो र त्यसको दुइ दिन पछि सेप्टेम्बर ३, १९३९ मा इंगल्याण्ड र फ«ान्सले जर्मनको
विरोधमा युद्ध घोषणा गरे । यो लडाइ १९४५ को सेप्टेम्बरमा थामियो । एप्रिल ३०, १९४५ को दिन हिटलरले वर्लिनको रिचाचन्सलरी ९च्भअज ऋजबलअभििभचथ० को वंकरमा आत्मा हत्या गरे पछि त्यसको हप्ता दिन
पछि मे ७, १९४५ को दिन एडमिरल डोनिज ९ब्मmष्चब िम्यभलष्तश० को सर्कारले बिनाशर्त आत्मा समर्पण ग¥यो । यति भए पछि पनि जापान लडिनै रहेको थियो । तर अगष्ट ६, १९४५ मा पहिलो एटम बम जापानको हिरोसिमामा खसालियो र लाखौ जापानी एकै पल्टमा स्वाहा भए; कति अन्धा र बहिरा भए; हिरोसिमा खरानी भयो । त्यसको तीन दिन पछि अगष्ट ९, १९४५ मा फेरि अर्को एटम वम पनि जापानको नागासाकीमा खसाइयो त्यसले पनि नागासाकीका जापानी जनता सोतर भएर मरेको पाँच दिन पछि अगष्ट १४, १९४५ को दिन जापानले पनि बिना शर्त आत्मा समर्पण ग¥यो र सेप्टेम्बर २, १९४५ मा हस्ताक्षर गर्ने काम भयो, युद्ध थामियो । परन्तु यतिंजेल सम्ममा नेपालका मूलबासी मध्येका विशेष गरेर उक्त उल्लेखित पांच समुदायका आमा बाबुले ६२ हजार (भारतमा भएको गोर्खाहरु पनि माथिकै कूल समुदायभित्र पर्छ) छोराहरु कहिले पनि नपाउने गरी हराएका थिए भने हरदर ३५)४० हजार दिदी बहिनीहरु रांडी भइसकेका थिए र २५)३० हजार छोरा छोरीहरु टुहुरा टुहुरी बनिसकेका थिए । गोर्खाहरु विश्वका कुन भागमा गएर लडेनन् र? तर अंग्रेजको पक्ष लिएर जापान बिरुद्ध लड्ने जापानी हामी गोर्खाका शत्रु थिए? थिएनन् । विश्वमा यिनै वीर गोर्खाले नेपाललाइ ”गोर्खाको मुलुक“ नामले परिचित गराइसकेका थिए । अगष्ट १, १९१४ मा जर्मनले रसियासंग युद्धको घोषण गर्छ र त्यसको दुई दिन पछि अगष्ट ३, १९१४ को दिन फ«ान्ससंग र अगस्ट ४, १९१४ को दिन इंगल्याण्डसंग युद्धको घोषना गरेको हुन्छ ।
यसरी विश्वको विभिन्न भेगमा जहाँ पुगेर लडेता पनि र जस्तो सुकै अत्यन्त आधुनिक हात हतियारसंग जुझे पनि सुइंकुच्चा नठोक्ने वीर गोर्खा अभावग्रस्त बनाइएको वस्तवमा बुद्धु बनाएको भारतका विभिन्न भेक त के बर्माबाट आएकाहरु सम्मले पनि विश्वमा जस्त
अरुको हतियार बनेर राणा शाषणलाइ गोर्खा बेचेको बदलामा राजनैतिक बल र बुद्धिको टेवा दिने अंग्रेज भारतबाट लखेटिए पछि नेपालमा राणा शाषण पनि ढल्यो । १०४ वर्ष सम्म गोर्खालाइ बेचेर नेपाली जनता माथि धलिमलि गर्ने राणाहरुको षडयन्त्र नै षडयन्त्र र अविश्वासको जहानीय शाषण ढलेता पनि तिनीहरुको तुुुुुस रहिनै रहेको छ भने तिनीहरुको व्यवहारिक रोग नेपाली जनतामा गहिरिएर बसेको छ । नेपालमा राजा र सम्दी खलकको धलीमली अझ तंग्रिन्दै छ । नेपालमा प्रजातंत्रको वातावरण सृजना भयो तर अर्काको हतियार मात्र बनेर लडिदिने नेपालका मंगोल मूलबासीहरुबाट काम निकालि सकेपछि दुदमा परेको झिंगा फेंके जस्तै फेंकिदिने काम आरम्भ भयो र शक्तिको निम्ति नेपालका दुइ हिन्दु जात बाउन र छेत्रीको माझ संघर्ष आरम्भ भयो । हुन त यी दुइ एउटै हिन्दु बादी र जातमा ए र बी स्रेनीका हिन्दुमा पनि बाउनले आफुलाइ उपल्लो जात ठात्रे र छेत्रीलाइ चाहिं आ६नो स्वर्थको सुरक्षा गरिदिने रक्षक मात्र सम्झने हुनाले एउटा अर्थमा बाउनहरुले पनि छेत्रीलाइ अंगरक्षक मात्र सम्झने गर्नालाइ यिनीहरुको लडाइ पौराणिककाल देखिनै हुँदै आएको कुरा परशुराम र बृहस्पतिको संधै लडाई भइरहने र कहिले बाउनले छेत्रीहरुलाई निमिठ्यात्र पार्ने हेतुले बाउनहरु घुमिहिडेका त कहिले छेत्रीहरुको बिउसम्म मासिदिने रिस बोकेर डुलि हिडेको पाइन्छ । बाउनहरुमा पनि एक थरी बाउनले अर्को जैसी बाउनलाइ तल्लो श्रेणीको सम्झेर हेय दृष्टीले हेर्ने गर्छ । यहाँ नेपालका बाउनहरुको पुख्र्यौली थलो कुमाउ, गडवल हो” त्यस अघि ककसियस पहाड जुन रसियामा पर्छ ।
पहिले पहिले हालका राजाहरुलाइ छेत्रपति भन्ने चलन थियो; अर्थात त्यस छेत्रको पति अर्थात मालिक । राजपुत पनि त्यही हो अर्थात राज गर्ने पुत्र । कालान्तरमा यिनीहरुलाइ नै राजामा परिवर्तन गन काम भयो । जे भएता पनि नेपालमा बाउन छेत्रीहरु शक्तिको निम्ति परस्परमा संघर्षरत भएको तथ्या नेपालका बिश्वभरि नै बिवेकहीन भएर लडिदिने बीर गोर्खाले लडिदिएर प्रजातन्त्र ल्याइदिए पछि र यी गोर्खालाई उपल्लो दुइ जातले गधा जस्तो जोताएर गाइनेलाइ जस्तो गीत गाउन लगाएर, सुगालाइ जस्तो रटाएको कुरा घर र स्कूल तहदेखि नै भटाएर, हनुमानलाइ जस्तो खटाएर हतियार बनाइ काम निकाली सकेपछि यिनीहरुलाइ काम छउंजेल भांडो काम सकिए पछि ठांडो बनाएर मिल्काई दिए पछि ‘क’ श्रेणीका हिन्दु बाउनहरु र ‘ख’ श्रेणीका हिन्दु छोत्रीहरु माझ शक्ति संघर्षको सुरुवात राणाकालमा भन्दा खुलेर आरम्भ भयो । यसको ज्वलन्त उदाहरण नेपालको इतिहासमा १९५१ साल यसो भएको प्रधान मन्त्री बनाइएका र मन्त्रीमण्डलमा ल्याइएका मानिस र जातको लिष्ट हेरे छर्लंगिन्छ । १९५१ को लगत्तै पछि को मन्त्री मण्डलमा महेन्द्रको समय भन्दा अघि हामी पाउंछौं बाउन) ११ छेत्री) २१ नेवार ) ४ राइ ) ३ यादव ) १ तराइबासी । त्यसपछि नेपालमा चुनाव हुन अघिको मन्त्रीमण्डलमा हामी पाउँछौं बाउन ) ८ छेत्री ) १४ नेवार )३ लिम्बु )२ महत ) १ बंगाली ) १ । बिपी कोइराला चुनाव लडेर प्रधान मन्त्री हुनु भए पछि उनको मन्त्री मण्डलमा हामी पाउँछौं, बाउन ) ६, छेत्री ) १, नेवार ) १, थारु ) १, र लिम्बु )१ । ज्ञानेन्द्रको शासनकालमा संकट काल पछि छेत्री प्रधान मंत्री त्यसमा पनि प्राथमिक्ता ठकुरी राजालाइ । यसले बोझ न थामे पछि भूमिगत गिरोह कै तालुमा आलु फलाउने काम पंचायतकालमा द्धेद सासन भन्ने छेत्रीहरुकै रजाइ ।
डिसम्बर १५, १९६० मा श्री ५ महेन्द्रबाट संसदलाई विगठन गरिए पछि अर्थात पंचायत व्यवस्था नेपालमा लागु भए पछिको मन्त्री मण्डल त हाम्रो आँखाबाट ओझेल हुनु पाएको छैन र झन चहकिला
भएर टडकारो रुपमा उभेको छ । मेरो भनाइमा मैले सहायक मन्त्रीलाइ लिएको छुइन । पंचायत व्यवस्था वस्तवमा चन्द्र समसेरले सन १९२६ मा सुरु गरेको व्यवस्था हो । उक्त मन्त्री मण्डलमा यस मुलुकको मूल बासीलाइ कसरी फेंकिएको छ त्यो स्पष्ट हुन्छ र त्यस बाहेक नेपालमा बुद्ध धर्मावलम्बीहरुको साथै नेपाली मुसलमानहरु कसरी अफालिएका छन त्यो पनि छर्लंग छ । यो अभियान पनि बुद्ध धर्मावलम्बी र मुसलमान क्रिश्चियनलाई मास्ने अभियान हो । यो दुइ जातको कपट र दुष्टताको अभियान हो । अब त पंचायत व्यवस्था लागु भए पछि नेपाललाइ हिन्दु राज्य, घोषणा गरिएको छ र अरु अहिन्दुको त के कुरा बुद्धिष्ट पनि अहिन्दु भएकाले यिनीहरुको हक र अधिकार अझ साँगुरो पारिएको छ भने हिन्दुहरुको दासत्व (शुद्र) स्वीकारेर हिन्दु भन्ने गरेको मंगोल बंशजकाहरुको निम्ति पनि गुजारा देखिंदैन र १९६० सम्मको भन्दा यता अझ नै नेपाललाई एकलौटी पारेर लगिएको छ । स्कूलमा संस्कृत प्राथमिक स्कूलदेखि नै पडाइन्छ र संस्कृत बलज६ती अरुहरुमा लादन सर्कार जुटेको छ । संस्वृmति शिक्षालयहरुमा खाने र बस्ने सुविधा सितैमा पाएर संस्कृत पडन् पाउँथे भने अब त मासिक जेब खर्च पनि पाउन थालेका छन । यस्तो दुष्टता पूर्ण हेपाइबाट र आ६नो भावी पिडीलाइ सत्यानासबाट वचाउनको निम्ति जुनसुकै पार्टी अन्तर्गत हनुमान भएर खट्ने गरेको मुलबासी अहिन्दुहरु विउझन, उठन, जुटन अत्यावश्यक छ; नत्र यो विनास उसको पनि हो ।
त्यति मात्र होइन पश्चिम दाङमा संस्वृmतको एउटा विश्व विद्यालय छ जुन चाहिंमा पहिले १० जना विद्यार्थी थिए भने अब १४ जना पुगेका छन जसको निम्ति सर्कारी ढिकुटीबाट वार्षिक २० लाख
(२ मिलियन० जति रकम खर्च हुन्छ (अब अझ बडाइयो) जब कि यसै माटोका मूलबासीको भाषा, लिपी, धर्मको विषयमा एक पैसा खर्च त गर्दैन नै तर आ६नै खर्चले स्कूलहरु संचालन गर्न खोज्दा पनि क्रुरतापूर्वक दवाइएको समाचार न्युलाइटमा हामीले बारंवार छापेका छौं । प्राथमिक शिक्षालय तहदेखि नै संस्कृत पडाएर एकातिर संस्वृmतको एकलौटी प्रचार प्रसार वृहत रुपमा गरेर यहांका मूलबासीको चिहान खन्ने काम त भएको छ नै; तर अर्कोतिर गांउं तहदेखि नै संस्कृतसम्म जानेका ५ हजार जति बाउनहरुले काम पनि पाउने भए । त्यस बाहेक जांचमा यहांका मूलबासीका छोरा छोरीलाई संस्कृतमा नै फेल गराएर शिक्षा छेत्रमा यिनीहरुलाई अझ पछौटाएर राख्न झनै सजिलो भयो । नेपाल रेडियोमा धेरै जसो कार्यंक्रम गीतै मात्र बजाएर बिताउंछ तर त्यसमा यहांका मूलबासी मगोलको भाषामा न समाचार प्रसारण गरिन्छ न त कुनै पनि लोक गीत नै । अब हामी बहुसंख्याक अहिन्दु मूलबासी मंगोेलले सोच्ने बेला आएकोछ । यी हिजोका सरनार्थीहरु जसले सरणको मरन गरे तिनीहरुको मोज मजा र उन्नतिको निमित हामीले कर किन तिर्ने ?
पंचायत व्यवस्थाले एउटै भाषा र एउटै धर्मको नाममा केवल हिन्दु धर्मको प्रचार, संस्कृत भाषाको,प्रचार र वाउनहरुको एकलौटी मनोमानीलाई तिब्र पारेर लगेको छ । त्यसमा ठूलो रकम र समय खर्चेर यहांका मूल बासी मंगोल र नेपाली मुसलमानलाई पिस्न कुनै कसर बांकी राखेको छैन । हुन त सब भन्दा पहिलो कुरा राजनैतिक सत्ताको आउँछ; जुन देशमा जसको हातमा राजनैतिक सत्ता हुन्छ त्यहाँ उसको हातमा पुलिस, सेना, गुप्तचर सब भएकोले गर्दा आ६नो भाषा, संस्कृति, लिपि, धर्म फैलाई अरुको चाहिं मास्न सजिलो हुन्छ, त्यहाँ उसको झण्डा फहराउँछ । किन भने त्यहाँको सर्कारी नीति र खर्च नै त्यसरी हुने हुन्छ । बिदेशमा गएर नेपाल बुद्धको देश भनेर बिदेशीसंग भिख माग्न र शान्ति प्रिय, भनेर भन्न किन्चित पनि नहिच्किचाउन
सर्कारी निकायले र पंचायत व्यवस्थाको निकायले न त नेपाल
रेडियोमा बिहान बुद्धको उपदेश दिने गर्छ न त स्वतन्त्र रुपमा बुद्धको गुम्बा बनाउन दिन्छ । जसरी हिन्दुहरुको मन्दिरलाई छुट छ. बुद्धको गुम्बाको निम्ति आर्थिक सहयोगको कुरा त के गर्ने पोखरामा मिन बहादुर गुरुङले बनाएका बुद्धको स्तुप भत्काउने काम भएको, जापानी गुरुलाइ वmुटेको र मीन बहादुर गुरुङको बाबु, छोरालाइ झेल हालेको कुरा पुरानिएको छैन; जसले गर्दा विश्वमा नेपाल बदनाम भयो । त्यसमा सर्कारी नीतिको साथै त्यसताका त्यहाँ अंचलाधीश पनि बाहुन थिए ।
केही वर्ष अघि बुटवलमा गुरुङहरुले (आ६नो मातृ भाषामा तमु) बुद्धको गुम्बा बनाउँदा बुटवल नगर पंचायतले बुल डोजर लगाइ बारका खम्बहरु सबै भत्काइ दिएको थियो र त्यसले गर्दा त्यहाँका गुरुङहरु (तमु) भड्के र स्थिति तनाव पूर्ण भए पछि यस लेखकले आ६नो सम्पादकत्व र प्रकाशकत्वमा प्रकाशित गरे पछि त्यहाँ भाषणबाट जोरदार आवाज उठाएपछि पुन खम्बा गाडिदियो । तर त्यस पछि बुद्धको गुम्बानेर नै हिन्दुहरुले राती गएर दशैमा काटमार गर्ने मौलो गाडी दिए । जुन अझ पनि छंदै छ र त्यसको बिरोध पनि गुरुङ (तमु) समाजबाट डटेर गरे पछि काटमार गर्ने काम हिन्दुहरुले गर्ने आँट त गरेनन तर त्यो मौलो त्यहाँ त्यसै छ । एवं रीतले इलामको मावोका गुरुङहरुले बनाएको गुम्बामा पनि सिडीओले ताला लगाइ दिने काम गरे जसको विरोधमा पनि न्यु लाइट साप्ताहीकबाट जोरदार विरोध भयो ।
म देख्छु यही हिन्दु शब्द एक दिन नेपालमा विख बत्रेछ र
राजसंस्थालाइ पनि हानी पुग्ने छ । नेपालमा हिन्दुको संख्या २० प्रतिशत मात्र छ । हिन्दु भन्नुको अर्थ मात्र बाउन, छेत्री हो । बाउन, छेत्री पनि कर्म काण्ड गरे पछि मात्र हिन्दु हुन्छन् र तिनीहरु जन्म जायते शुद्र हुन्छन । यहाँ ८० प्रतिशत जनता अहिन्दु हुन जो बृहत मात्रमा बौद्ध मार्गी छन् र केही मुसलमान र इसाइ पनि यसमा पर्दैनन् । अब केवल हिन्दु राष्ट्र, हिन्दु जात, हिन्दु भाषाको एकलौटी रजाइले भविष्यमा जब यहाँको ८० प्रतिशत अहिन्दुले त्यो कुरा सहन सक्तैन तब राजालाइ केवल २० प्रतिशत हिन्दुको राजा हुने कि ८० प्रतिशत अहिन्दुको पनि ? भत्रे प्रश्नको सामना गर्नु पर्ने हुन्छ । सबैको राजा हुने भन्ने अवस्थामा सबैले बराबर अधिकार खोज्छन र त्यो नभएको खण्डमा ८० प्रतिशत अहिन्दु ले राजालाइ किन मान्ने ?
नेपालमा केही अहिन्दु मूलबासी मंगोलले यहाँका हिन्दुको शुद्र अथवा दास (शुद्र भनेको दास, कमारो) स्वीकारेर हिन्दु भनेता पनि तिनीहरुले जन्म जायते शुद्रबाट हिन्दु हुने कर्म काण्ड गर्दैनन । हो मर्दा, पर्दा, बिहे बटुलमा बाउन पडाउलान खुट्टा ढोगेर ’बाजे‘ भन्लान (बाजे भनेको बाबुको पनि बाबु अथवा आमाको पनि बाबुलाइ भनिने शब्द; बुडालाइ पनि यो शब्द प्रयोग गरिएता पनि बाउनको ठिटाहरु देखिनै पनि यो शब्द प्रयोग गर्न यिनीहरुले हाम्रा पुर्खालाइ सिकाए । इसाइ धर्ममा ब्रदर (दाज्यु भाइ) हुन पनि धेरै पड्न र त्यस प्रकारको आचारण गर्न पर्छ र फादरको (बाबु) पदवी पाउन पनि त्यस्तै त्याग गर्नु पर्छ भने हिन्दुबादका पुरोहित बाउनहरुले त आफुलाइ जन्मदानै बाजे (बाबुका बाबु अथवा आमाका बाबु) भत्र लगाएर खुट्टा ढोग्न सिकाए, बाउनको घिन लाग्दो खुट्टा धोएर पानी खान पर्ने बनाए, त्यो भन्दा ठुलो शोषण, अपराध, दुष्टाइ के हुन सक्छ ? तर यसो गराउन यी सरनार्थीहरुले महानता र विद्वान ठाने, संझे यस्ताहरुबाट देश बन्छ ? जसको यो देश नै होइन शोषण भूमी हो ।
नेपाल एउटा अनौठौ मुलुक बनेको छ, यहाँ अराष्ट्रीय धर्म,
क्यालेण्डर, मन्त्र, राष्ट्रीय बनेको छ र राष्ट्रीय अराष्ट्रीय बनेको छ । राष्ट्र संघमा मान्यता पाएको लिपी हिन्दी लिपी होइन, नेवारी लिपी
(मंगोल लिपी) हो । तर नेपाल भित्रको राष्ट्रीय लिपी हिन्दी लिपी हो,जुन भारतबाट आयात लिपी हो । नेपालमा बुद्ध धर्म मात्रेको संख्या ज्यादा छ र बुद्ध नेपालका हुन । बुद्ध खाँटी मंगोल हुन थारु हुन । बुद्ध तराइका थारु हुन र थारु मंगोल हो । बुद्धले भिखारी र मुर्दा देखेर विरक्तिएर देश छाडेर गएका होइनन् बुद्धले हिन्दुबादको विरोध गरे किन भने यसले मान्छेमा जात ल्याइ “तं सानो म ठूलो” भत्रे घृणित भावना ल्याउने देखे । बुद्धले हिन्दुवादको बिरोध गरेका देखे पछि र “सबै मान्छे बराबर हो” भत्रे मंगोल सिद्धान्तमा जुन आज पनि पाइन्छ, यध्दपी शताब्दीऔ शताब्दीको हिन्दुहरुले त्यसलाइ निमिठ्यात्र पार्ने सबै प्रकारका प्रयास र सडयन्त्र गर्दै आएका छन् । बुद्ध राजकुमार भएकाले र राजाले सडयन्त्रमा परी हिन्दुबाद स्वीकारी सकेकाले राजकुमार सिदाहासलाई मार्न पनि भएन मुलुकमा राख्न पनि भएन; यसकारण मुलुकबाट निकाली दिए । हिन्दु आर्य ेहरुको सडयंत्र मूलक एकलौती इतिहास लेखाइले सत्यातालाइ मोडिदिएकाले नेपाल र भारतमा आज हामी बुद्धको इतिहास नै बाँगो र झुटो पडिरहेका छौं; पडाउन बाध्य छौं, किन भने राजनैतिक शक्तिको कारणले । बुद्धको जन्म एप्रिल ८ तारिखको दिन भएको हो; जुन आज हामीले नेपालमा मनाइरहेका छौं त्यो होइन । बुद्धका बाबु सुद्धधानले फुपुकी छोरी बिहे गरेका थिए भने सिदाहाले मामाकी छोरी बिहे गरे जुन चलन नेपालका मूलबासीमंगोल गुरुङ, (तमु) तामाङ, मगर र सुनुवारहरुमा अझ पनि चालु छ । अब बुद्ध नेपालको भएर पनि नेपालको राष्ट्रीय धर्म बुद्ध धर्म होइन; नेपालको राष्ट्रीय धर्म भारतबाट ल्याइएको हो । विक्रम सम्बत विक्रमादित्यको हो । विक्रमादित्य सुर्य वंसी भएकाले र राजाहरु पनि सूर्यवंसी भएकाल
त्रिभुवनले यसलाइ राष्ट्रीय सम्बत बनाउने काम गरे । भारत हिन्दु
राज्य नभएर धर्म निरपेक्ष मुलुक हो । नेपालको राष्ट्रीय भनिने
अराष्ट्रीय मन्त्रले नेपालको सार्वभौमिक्तालाइ नै खाइदिएको छ र यसलाइ भारतको एउटा अंग भनिने गरिन्छ जुन यस प्रकार छ ।” जम्बु दिपे, भारत खण्डे, भारत खण्डे नेपाल देशे । यसले सोझै के भन्छ भने जम्बु दिपमा भारत खण्ड पर्छ, भारत खण्ड भित्र नेपाल देश पर्छ । खोइ नेपालको सार्वभौमिक्ता ? यो मन्त्र नेपालका मूलवासी मंगोलले जप्ने गदैनन । यो हिन्दु बाउनहरुले जप्ने मन्त्र हो र यिनीहरुले नै भारतबाट ल्याएका हुन । यिनीहरु मर्दा काशी जान्छन त्यहाँ मर्न नभ्याए अस्तु बगाउन पुग्छन किन भने ”यिनीह्रु त्यहींबाट आएका हौं;“ भत्रे प्रमाण जिवीत राख्नको निम्ती; खोइ नेपालको राष्ट्रीयता ? यिनिहरुमा ।
नेपाल नाम बाउन इतिहासकारहरुले नेमुणी ऋषीको नामबाट आएको भनेर कल्पित र झुटो कुरा हाम्रो गिदीमा भर्ने काममा वmुनै कसर राखेनन् । पोखरा छेउ ’दमौलीमा हिन्दुहरुको बेद लेख्ने व्यासको गुफा भनेर चर्को रुपमा भ«म फैलाइ रहेका छन यिनीहरुले । त्यसमा नेपालका इतिहासकार बत्र रहर गर्ने नरहरीनाथ लागेको छ र उसले यी सब गर्ने छुट पाएको छ । परन्तु बास्तविक्ता र ऐतिहासिक तथ्या के हो भने नेपाल नाम नेबालबाट भएको हो र यो शब्द तिब्बती शब्द हो । नेबाल तिब्बती र चीनको स्टेटमेण्टले के भनेको छ भने ५)६ औं शताब्दीताका तिब्बती राजा यति शक्तिशाली थिए कि उसले नेबाल, सेन्सी, कुच्छा र उरुमसी ९क्जभल(कष्, ग्चगmतकष् बलम प्गअजब० । तिब्बतको अधिनमा गराए । ८ औं शताब्दीताका काश्मीरि राजा जय पिडाले नेपालमा आक्रमण गर्दा राजा जयापिडालाइ ९व्बथब(एष्मब० अरमुडीले ९ब्चmगमष्० कैद गरेका थिए जो पछि भागे । अरमुडी नाम तिब्बती नाम हो । यो कुरालाइ किराता जन वृmतिमा सुनीति कुमार च्याटर्जीले पनि
स्वीकारेका छन । च्याटर्जी द एशियटिक सोसाइटीका सभापति सहित भारतका न्याशनल प्रोफेसर ह्युम्यानिटिज थिए साथै कलकता विश्व विद्यालयका प्रोफेसर पनि थिए । ने को अर्थ उन, बालको अर्थ घर हो । अर्थात नेबालको अर्थ उनको घर । उन भेड़ाको रौंबाट बन्छ । चिनका साशक चेशलुङले ९ज्ञठघछ(ढट० पनि काठमांडौ विजय गरेका हुन ।
यसरी हामी नेपालमा एउटा बोक्रे राष्ट्रीयता पाउँछौं भने अर्कोतिर हामी नेपाललाइ शान्ति छेत्रमा जोड दिएको पाउँछौं । नेपालले शान्ति छेत्रमा जोर दिन्छ भने शान्ति चाहने मुलुकले आ६नो मुलुकको नागरीकलाइ अर्काको मुलुकको शान्ति खोस्न र त्यस मुलुकको
नागरीकलाई दवाउन गोर्खा भर्तीमा बेच्नु हुन्न, यहां फर्केकालाई गांस, बास, कपास दिने प्रबन्ध हुनु पर्छ । विदेशमा भएकालार्इं फर्काउने पाइलाहरु चालिनु पर्छ र नागरीक बेच्ने काम थामिनु पर्छ । दोश्रो विश्व युद्ध अघिसम्म नेपालले भारतबाट गोर्खा सेना बेचे बापत १० लाख
(१ मिलियन) पाउथ्यो भने दोश्रो विश्व युद्ध पछि २० लाख (२ मिलियन) पाउन लागेको छ । हाल भारतमा मात्र नेपालका नागरीक १ लाख २५ हजार भएको छ भने १ लाखको हिसाबले पनि एउटा मान्छेको वर्पेनी २० रु. नेपालले पाउंछ भने आज एउटा कुखराको गतिलो चिङना २० रु. मा पाइंदैन, कति सस्तोमा वेचिएका छन् युवाहरु र त्यसमा खास गरेर यहांको मूलबासी मगोल गुरुङ (तमु) मगर, लिम्बु, राइहरु । भारतमा अरु १ लाख गोर्खा सेना वडाउने सुनिन्छ ।
शान्ति छेत्रका होनहार छोरा गोर्खा बहादुरहरु र बुद्धको देश भनेर विदेशमा घोक्रो फुलाएर भाषण गर्नेहरुका मुलुकवासीहरु परिआएको खण्डमा अर्काको मुलुकको निम्ती, अर्को देश, रेस, भाषा, संस्वृmति, धर्म र लिपी बचाउनको निम्ति शान्ति छेत्रलाई मान्यता स्वीकार्ने मुलुक चीन, पाकिस्थान, बगलादेश, वर्मा, श्रीलंका जस्ता
छिमेकी मुलुक त के हिन्दुहरु बाहेक सबै अहिन्दुहरुसंग लडन भिडन पर्छ , मार्न मारिन पर्छ । नेपाल—भारत सन्धीनुसार गोर्खाको गोली र खुकुरी अहिन्दुमा मात्र पर्नु पर्छ ।
पहिलो र दोश्रो विश्व युद्धमा अग्रेजको पक्ष लिएर जर्मन जापान संग लडे जस्तो, यी विश्वमा नाम कहलिएका गोर्खा के सांचैका वीर हुन ? जसले नेपालमा आफनो “राजनैतिक, धार्मिक, आर्थिक, सांस्कृतिक अधिकार” भन्न र आफनो अधिकार माग्न थुरथुर कांप्छन । आफनो मुलुकमा सबै कुरा लुटाएर विदेशमा खेदिएको थाहा छैन र आफनो मुलुकमा आफनो राजनैतिक, धार्मिक, आर्थिक, भाषा र लिपीको अधिकार माग्न डराएर अथवा अर्काकै हतियार वनेर अर्काकै हनुमान र गितांगे बन्न किन रुचाउछन ? गोर्खा सेनामा गएर पूर्व सैनिक भइ नेपालमा फर्केका सैनिकको संख्या ७ लाख छ त्यस वाहेक नेपाली सेनाबाट पूर्व भएका २ लाख । नेपालको निम्ति ठूला विदेशी मुद्रा आर्जन गर्ने एउटा बाटो गोर्खा सेना पनि हो जसले प्रति वर्ष ४ अरब रुपियां नेपाल भित्राउंछ । तर यिनीहरुको स्थिति आफनै मुलुकमा के छ ? फर्केर आए पछि फेरि ढोके काम (दरवान हाल परिष्कृत अंग्रेजी शब्दमा सेक्युरिटी गार्ड) खोज्न पर्छ अथवा जिवीकाको निम्ति सानो तिनो नोकरी खोज्न बा उही खेती पातीमा लाग्न बाध्य हुनु पर्छ ।
नेपालको सेनामा अफिसरहरु ९५ प्रतिशत बाउन, छेत्री छन र उनीहरुले मात्र उच्चतह पाउँछन भने प्रशाषणमा ९८ प्रतिशत बाहुन छेत्री छन र उनीहरुले मात्र पाउँछन । प्रशाषणमा ९८ प्रतिशत बाउन, छेत्री भएर पनि तिनीहरुलाइ पुगेको छैन भने यहाँका यी मूलबासी खोसिनु सिवाय पाउने केहि छैन । यिनीहरुको माटो खोसियो, धर्म खोसियो हर प्रकारको अधिकार खोसियो र यिनीहरुको अवस्था शरणार्थी जस्तो भइसकेको छ र यिनीहरुकोे सबै ढोकाहरु बन्द भएर अब यिनीहरुको पिडीको भविष्य एकदम अंध्यारो भएर गएको छ । बायन
छेत्रीहरु यस मुलुकको मूलबासी बनेर मूलबासी मंगोलहरुलाइ जनजाती अथवा फिरिंगी बनजारा ९न्थउकथ० मुलुक विहीन बनाइ संधैको लागि लखेटने तिर सड़यन्त्र भइरहेको छ ।
यो अत्यन्तै विखालु सड़यन्त्रमा सबै पार्टीका सबै तहका बाउन छेत्री मिलेका छन । तर हाम्रो समुदाय यिनीहरुको वगम फुसे चर्को नाराहरुमा मक्खछन् । नेपालको ६० प्रतिशत जग्गा बाउन र छेत्रीको हातमा पुगिसकेको छ भने ३० प्रतिशत जग्गामा जंगल छ । अब रहेको १० प्रतिशत नेपालको जग्गामा २ देखि ३ प्रतिशत जग्गा ढुंगैलो पहरा र हिउँले ढाकिएको होला; तब...? तब ७ प्रतिशत जग्गा यहाँको ८० प्रतिशत अहिन्दु मूलबासी मंगोलको हातमा छ भने के छ त ? यिनीहरुलाइ आ६नै मुलुकमा कसरी हेरिन्छ त्यो सर्दार राममणी आदी दिक्षीतको यस कविताले छर्लग्याउँछ । राममणी आदी लेख्छ, ”जंगली, स्वाँठे, तिघ्रे, पर्वते, पाखे, खर्पने, ढोकेको देश हो (नेपाल) भगवन राखिदेउ यो यसै गरी, यी सभ्या भए पछि हाम्रो सिरी खुरी कहाँ जाला? मन्त्री मण्डल जोड्दा बाउन, छेत्री लिएर जोडनु मतवाला कवै नहुल्नु, यहाँका यी मूलबासीलाइ कसरी सम्बोधन गरिएको छ ? यो कसको मुलुक हो ? त्यो पनि यस कविताबाट झल्कन्छ । आज तराइतिर कतिपय स्कूलहरुमा र पहाडका कतिपय स्कूलहरुमा जहाँ विशेष गरेर बाहुन शिक्षकहरु छन तिनीहरुले हाम्रा बालक बालिकालाइ स्कूलहरुमा ’ठाउँ छैन‘ भनेर स्कूलमा भर्ना गर्न मान्दैनन्. लर्के केटाहरु अफिसमा जागिर माग्न गए ”तिमीहरुले पनि जागिर खोज्ने र ? जान पर्छ लाउरे हुन“ (लाउरेको अर्थ तिनीहरुलाइ थाहा नभएर गोर्खा भर्ती संकेत गरेका हुन) भन्ने गर्छ, भने पुर्व सैनिकहरुलाइ ”तिमीहरु दाँत झरेको सिंहहरु हौ केही नाप्न सक्तैनौ भनेर कतिपय कार्यालयहरुमा खिसी गर्ने गरिन्छ । हाम्रा मानिसहरुलाइ, हाम्रा मूलबासीलाइ नागरिक्ता प्रमाण)पत्र बनाउन अत्यन्त झमेला लगाउने गरिन्छ भने भारतीयहरुले सजिलो रुपमा पाउने गर्छ । यसको मतलब हो बाउनहरु सोच्दा हुन तिनीहरुको मूलथलो भारतकै कुमाउ, गडवल, कासी बनारस राजस्थान हुन । तिनीहरुको बिहेबारी, धर्म, संस्कृति, भाषा सबै मिल्छ यहाँका मूलबासी संग न अनुहार मिल्छ, न रेस, न भाषा मिल्छ न धर्म केही मिल्दैन । यसकारण यहाँका मूलबासी मंगोललाइ थिच्न, मिच्न र पिस्नको निम्ति पनि तिनीहरुको जनसंख्या बडाउन आवश्यक देख्छ ।
नेपालमा हिन्दुबादको जन संख्या अहिन्दुहरुको भन्दा बेसी देखाउनु सडयन्त्रकारी झुटो प्रचार गर्छन । हामी मोटामोटी यसरी हेरौं; हिन्दु बेसी छ कि अहिन्दु बुद्धिष्ट र अरु धर्मावलम्बी । नेपालको जनसंख्या एक करोड ६० लाख जति होला, त्यसमा अहिन्दु ३० लाख, तामाङ २० लाख, गुरुङ १८ लाख मगर २० लाख राइ, लिम्बु २ लाख शेर्पा थकाली १५ लाख थारु १ लाख सुनुवार १५ लाख मुसलमान १० लाख नेवार होलान । नेवारमा थोरै प्रतिशत श्रेष्ठ, प्रधान, अमात्यले आफूलाई हिन्दु भन्नमा गर्व गर्छन । तर हिन्दुले शुद्रमा (कुकुर सरह)गन्छ । आफूलाई हिन्दु भनेता पनि यिनीहरुलाई आजसम्म प्रधान मन्त्री बनाइएको छैन न त त्यस्तै खास कारण नपरी बनाइन्छ । नेवारहरुमा केहीले आफूलाई भारतबाट आएको भन्न गर्व गरेता पनि तिनीहरु इण्डो मंगोलाइड हुन यसको इतिहास छुट्टै छ । नेपालको जनसंख्या लिने तरिका पनि गजबको भेटिएको छ । जनगणना गर्नेले फर्ममा अहिन्दुलाई जबरजस्ती हिन्दु लेखिदिन्छ । यस पुस्तकको लेखक म बुद्ध मार्गी हुं । तर म मेरो मातृभाषामा अनभिज्ञ छु तर नेपाली जान्दछु । नेपालको जनसंख्या गणनामा मलाई गुरुङ र वुदिष्ट नलेखेर हिन्दु लेखेको हुनु पर्छ र छेत्री लेखेको होला । जसले आफनो मातृ भाषा वाहेक अरु कुनै भाषा जान्दैन त्यसलाई मात्र त्यसै समुदायको गनिन्छ ।
तर व्यवहारमा त्यसको ठीक उल्टा छ । हिन्दुले पाउने र छेत्रीले पाउने सबै सुविधाबाट वंचित । यी तथ्याहरु गहिरिएर हेरेको खण्डमा र बुझ नपचाइ निर्धक्कसंग भन्न लेख्न पाएको, भन्न, लेख्न दिएको र भन्न, लेख्न सकेको खण्डमा मात्र नेपालीले पनि बुझ्न सक्छन भने विदेशीको निम्ति, यी तथ्याहरु बुझ्न झनै गाह«ो छ । त्यस बाहेक पनि बिदेशीहरुसंग भेटघाट हुने थलोहरु र बिदेशमा भएका दूतावासहरु सबै हिन्दुहरु त्यसमा पनि बाउन छेत्रीहरुले ओगटिएको हुनाले सहज छैन ।
बिदेशी मंचमा जातीवाद र रंगभेद नीतिको चर्को भाषण गर्ने यी हिन्दु आर्यहरु एकैछन भए पनि इमान्दार बनेर सोचुन नेपालमा धर्म भेद, वर्ण भेद छ कि छैन ? यहाँ मानव अधिकार कति छ ? नेपालमा भारत, बर्मा, अथवा भोटाङबाट कुनै गुरुङ (तमु) मगर, तामाङ, राइ, लिम्बु अथवा संक्षिप्तमा यहाँका मूलबासी उसको बाबु को त के कुरा उ नै पनि केही वर्ष अघि त्यसतर्फ गएको छ र पुन नेपाल फक्र्यो भने यहाँका जस्तै विद्वान र बुद्धिजिवी कहलिएका बाउन छेत्रीहरु उसलाइ प्रवासी (विदेशी) मुग्लाने (मुगलको राज्यको) भन्ने गर्छन र घृणा गर्छन, हर प्रकारको सुविधा र नागरिक्ताबाट बंचित गर्ने हर प्रयास गर्छन । अर्को हाँस उठतो नालायक तथ्या त के छ भने यहीं जन्मेर केही वर्ष चारो खोजि खान बाहिरएर अल्झिन प¥यो र (चाहे सेनामा होस अथवा अरु कुनै काममा) फेरि उ फर्केर नेपाल आएको छ उ नेपालमा नै जन्मेको र उसको घर नेपालमा नै छ भने पनि उसलाइ नागरिक्ता नदिएर ’बिदेशी‘ भत्रे गरेको छ र बाहुन सिडिओहरुबाट यो काम तिब्रताकासाथ भएको छ । यस्तो घटना कतिपय ठाउँमा भएता पनि ५ थर लिम्बुवानको न्यूलाइट समाचार साप्ताहीकमा प्रकाशित गरेको थिएं । अर्को समाचार पनि मैले यसै साप्ताहीकमा छापेको थिएं । त्यो घटना थियो झापा जिल्ला कांकरभिटाको । असमबाट (भारत) नेपाल आएर यहाँ नागरिकता प्रदान गर्ने अधिकृत बनेका ले झापा जिल्लामा एक जनाको नागरिक्ता खोसिदिएको थियो । यसरी यो नेपालमा यहाँका मूलबासीलाइ बिदेशीले कतिको अन्याय गरेको छ; त्यसको ज्वलन्त उदाहरण हो ।
नेपाल जसको मुलुक हो त्यसै ठाउँमा यसका अहिन्दु मूलबासी मंगोल बंशजका राइ, लिम्बु, गुरुङ (तमु) मगर, सुनुवार, तामाङ आदि आउँदा उसलाइ बिदेशी भनी यहाँबाट भागोस भत्रे हर प्रकारको प्रयास यी एक समयका शरणार्थीबाट लगातार गरिन्छ । तर बिपी कोइराला बनारसमा जन्मेर हुर्के त्यही पडेर बडे; त्यहीको राजनीतिमा खेले र त्यस बाहेक पनि नेपाललाई भारतमा मिलाउने जमर्को भयो,
बिराटनगरबाट भारु ३० लाख (३ मिलियन) रुपिया लिएर उडेको जहाजलाइ भारततर्फ लगी बलपूर्वक ओराल्न लगाए । उनलाइ किन यहाँका बाउनहरुले बिदेशी, प्रवासी, मुगलाने भनेनन, र भन्दैनन ? यसता अरु उदाहरणहरु पनि प्रसस्त प्रस्तुत गर्न सकिन्छ । यहाँका हिन्दुहरु त्यसमा पनि बाउनहरु, “नेपाल र भारत राजनैतिक, धार्मिक, साँस्वृmतिक सामाजिक रुपले भित्र छैन” भनेर भत्रे गर्छन । अपितु म भन्छु यी सब कुरा त्यहाँका बाउन छेत्री र यहाँका बाउन छेत्री हिन्दुहरुसंग मात्र मिल्छ तर नेपालका मूलबासी मंगोलको राजनैतिक, आर्थिक, धार्मिक, साँस्वृmतिक, भाषा, लिपी सबै नै बेग्लै छ र यो कुरा नेपालका बाउनहरुसंग पनि फरक छ । सोझो अर्थमा यहाँ पनि हिन्दु आर्य र अहिन्दु मंगोलको सबैनै फरक छ । ’नेपाल भारतको एउटा अंग हो; ए श्रेणी का हिन्दुहरुले जप्ने मंत्रानुसार । यो विश्वको एक मात्र हिन्दु राष्ट्र पनि हो; तिनीहरुको निम्ति । म चाहिं भन्छु एकलो र आखिरी हिन्दु रास्ट्र हो । अरु बाउनहरु सरह नै बिपी को बिचार यी निम्न पंक्तिहरुबाट सफा ऐनामा अनुहार हेरे जस्तै छर्लङ्ग छ । बिपी ले जनवरी २५, १९४७ मा नेपाली राष्ट्रीय कंग्रेसको स्थापनाको उद्देश्य बताउँदै भत्रु भएका थियो; ’नेपाल वस्तावमा भारतसित भित्र छैन । हिन्दुस्थान सित उसको राजनैतिक, धार्मिक, साँस्कृतिक, सामाजिक सम्बन्ध सदा सर्वदा अक्षुत्र रहंदै आएको छ । नेपाललाइ नक्कली ढंगले शेष भारतदेखि स्वतन्त्र र भित्र घोषित गर्ने अंग्रेजहरुको कुरा सबमा बिदित छ र प्रसंगवश त्यसको उल्लेख पनि हुनेछ । यसै व्यापक दृष्टिले आर्थिक महत्वपूर्ण उद्देश्यलाइ सामने राखी यस नवीन राजनैतिक संस्था नेपाली राष्ट्रीय कंग्रेस स्थापना भएको हो । त्यसको अर्को दिन जनवरी २६, १९४७ मा लगतै कोइराला लिखित बक्तव्य लिएर देखा पर्नु हुन्छ । त्यसमा उहाँ भत्रु हुन्छ; ”वास्तवमा भारत र नेपाल दुइ देश होइनन । के जातीय दृष्टिले, के आर्थिक दृष्टिले, सबै प्रकारले नेपाल भारतकै एउटा प्रमुख अंग भएको देखिन्छ । आज राजनैतिक दृष्टिले जुन भित्रता देखिन्छ; त्यसको मूलमा कुटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरुको चालबाजी मात्र छ । बिपी को समयमा पश्चिमको उत्तरी सीमाना चीनसंग गोली हानाहान भयो; केही मानिस मरे पनि । त्यस पछि बिपी कोइरालाले भारतमा छंदा १९७५ को जुन महीनामा एका बिहानै चीनले नेपाललाइ निलेको हुनेछ त्यसर्थ भारतले हस्तक्षेप गर्नू पर्छ;” भनेर पनि भनेका हुन । तर चीनसंग नेपालको सीमा सधी रमाइलो वातावरणमा भएको छ जुन भारतसंग हुन सकेको छैन । त्यस्तै एक पल्ट जुन २४, १९७९ मा नेपाल एउटा प्रशाषकीय एकाइ मात्र हो; राज्य होइन“ भनेका थिए भने चीन र भारतसंग नेपालको सम्बन्ध समान हुनु पर्ने कुरालाई ’बाहियत‘ भनेका थिए । बिपी को बिचार संग ठयाम्मै मेल खानेहरुले नै पंचायत व्यवस्था पनि खाएका देखिन्छ । तर जनतालाइ देखाउनको निम्ति कुटनैतिक कुरा गरिन्छ । फरक के छ भने बिपी ले ठाडै भन्ने गर्थे र कतिपय कंग्रेसकाहरु यसरी नै सोझै भन्ने गर्नेहरु आज पनि पाइन्छन भने पंचहरुले सोझै नभनेर यहाँ भारतीयहरुलाइ मात्र नभएर बर्माबाट खेदिएका भारतीय मूलकाहरुलाइ पनि भित्राएर बिभिन्न कालो धन्दा गर्ने छुट दिएका छन । एकातिर शक्ति प्राप्तहरुले आ६नो बिहेवारी चल्ने, धर्म, संस्वृmति, भाषा मिल्नेहरुलाइ भित्राउने र पैसा वmुमल्याउने माध्यम बनाएका छन भने अर्कोतिर मुलबासी मंगोलहरुलाई यहाँबाट बाहिर गोर्खा भर्तीमा पठाइ मार्ने आ६नो घरबाट काम, दाम, माम खोसी लखेटी दिने गरेको छ । नेपालमा परिवार नियोजन मंगोलले गर्न आवश्यक छैन; भनेर मैले जन संख्या आयोगको गोष्ठीको आ६नो भाषणमा पनि भनेको छु । कारण दक्षिणी खुला सीमाबाट यति बिघ्न अनियोजित परिवार भित्राइंदै छ कि यहाँका मूलबासी मंगोलहरुले परिवार नियोजन गरेको खण्डमा केही वर्ष भित्र नेपालको जनसंख्या दोबर भएर यहाँको मूलबासी अल्प संख्यामा पर्ने छन र यो भूमि सम्पूर्ण रुपले भारतमा मिलाउन सजिलो हुनेछ । यो सडयन्त्र नियोजित डंगले अघि बडाइएको देखिएकोले आ६नो रहल पहल सार्बभौमिक्ता पूर्ण रुपले बिलिन गर्ने संकेतहरु प्रसस्त देखा परेका छन । नेपालको आजको स्थिति हेर्दा मलाइ सिकिमका आखिरी धर्म राजा छोग्यालले सिकिमलाइ भारतमा मिलाइएको कागजमा हस्ताक्षर गर्न अघि रोएर ’मलाइ हटाउ तर सिकिम सिकिमेकै हातमा राख’ भनेर रोएको कुरा सम्झना हुन्छ । नेपालको पंचायत व्यवस्थाका मंत्री तह र राज सभाका सदस्यसम्म भइसकेका व्यक्तिहरु सम्मले’ नेपाललाइ भारतले लिएको खण्डमा अधिकार उपयोग गर्न पाइन्छ र नेपालले विकास गर्न सक्छ; भनेका पनि सुनेको छु ; यो सही पनि हो । पैसा लिएर भारतीयहरुलाइ बसाउने नागरिक्ता दिने यहाँका मूल बासीलाइ चाहि ‘बिदेशी’ भनेर नागरिक्ता नदिने संग कस्तो राष्ट्रीयता छ ? “यक एण्ड यती” पाँच तारे होटलका मालिक दार्जीलिङ, कालेबुङको कैयाँ हुन यहाँ उसले नागरिक्ता सहित पाउनु पर्ने अधिकार पायो कसरी पायो? पैसाले पायो? यहाँको राष्ट्रीयता
अरुहरुको निम्ति पैसामा भर परेको छ । पश्चिम महाकाली महेन्द्र नगरको पुनर्वास छेत्रमा नेपाल)भारत सीमाका चारवटा खम्बाहरु भत्काएर ६८६ हेक्टर नेपालको भूमि भारत भूमिमा गाभियो. ति खम्बाहरु हुन १, २, ३, ४, १९७, १९८, १९९÷२०० र त्यो घटना १९७७ सालको हो । मैले यस विषयमा एउटा लेख पनि प्रकाशित गरेको थिएं । तर के नेपालको कुनै तह त्यस विषयमा चुइंक बोल्यो? यस विषयमा के भयो ? के त्यो भुमि फक्र्यो ? यस व्यवस्थाका खम्बाहरु र कंग्रेसका खम्बाहरुको कर्म र चाहनामा फरक के ?
अब नेपालमा भएका मस्को बादी बाउन कम्युनिष्ट र अरु वामपन्थीहरुको बिचार यहाँका मूलबासी मंगोल प्रति के छ ? हेरौं ।
राजधानीमा पोहोर साल १९८४ को मे महीनाको १८)२० तारिकसम्म राष्ट्र व्यापी रुपमा नेपालमा जनसंख्या वृद्धिको समस्या समाधानको खोजी; शीर्षकमा तीन दिने बिचार गोष्ठीको आयोजना भएको थियो । मैले पहिलो दिन दोस्रो वक्ता भएर बोल्दै क्रमश सीमा बन्द गर्ने तर्फ, नेपाल)भारत दुवै मुलुक लाग्नु पर्ने कुरामा जोड दिएको थिएं भने “नेपालको ...राष्ट्रीय मंत्र, धर्म, विक्रम सम्बत अराष्ट्रीय हो, भारतबाट इमपोरटेड हो; नेपाललाइ सोच्दा खाँटी नेपाली भएर सोच्नु पर्छ” भनेर भनेको थिए । यहाँ दक्षिणी सीमाबाट जति बेला पायो त्यति बेला भित्रिने परिवारको नियोजन हुनु पर्ने र सेनामा भर्ना भएर स्वास्नी देखि टाडो बस्नु पर्ने हरदर दुइ तीन वर्षमा मात्र एक पल्ट श्रीमति संग भेट गर्नु पाउने मंगोल वंशजकाहरुलाइ परिस्थितीले नै परिवार नियोजन गराएको तथ्या प्रति बिचार पोखाएको थिएं भने त्यहाँ भएका पंचायत व्यवस्थाका समर्थक कंग्रेस समर्थकहरु प्रायले नै र तराइबासी स्याँठै सीमा खुला राख्ने कुरामा जोरदार स्वरमा जसरी बोले त्यसलाइ उछिने र राकिंदै मस्कोबादी कम्युनिष्टहरु सीमा बन्दको बिरोधमा रीसल थर्थराउदै सीमा खुला राख्न पर्ने कुरामा जोर दिएर बोले । एक पल्ट
राष्ट्रीय पंचायतका सदस्य भइसकेका र नेपालका बुद्धिजिवी भनिने वकिल र रसियन कम्युनिष्टले चिर परिचित कृष्ण प्रसाद भण्डारीले “म यस देशको प्रधान मन्त्री भएं भने डक्टर हर्के (नाम हर्कहो) लाइ फाँसी दिन्छु” सम्म भने । ड. हर्क गुरुङको अपराध के थियो भने उसले सरकारले खटाइ दिएकोमा इमान्दारीपूर्वक खटेर यही ‘सीमा बन्द गर्नु पर्ने तथ्या र भारतीय मूलकाहरु माथि दिइन पर्ने नागरिक्ता माथि बिचारिनु पर्ने सुझाव दिएको थियो । त्यहाँ उनको भनाइ टेडाएर प्रस्तुत गर्ने काम पनि धेरैबाट भएको थियो । एकपल्ट यहाँका केही बाउनहरुले ‘हिन्दु धर्मको बिरोध गर्नेहरुलाइ पmांसी दिनु पर्छ भनेर माग सम्म
गरेका थिए । बाउन समाचार पत्रहरुले अहिन्दुहरुलाइ निर्देशक
९म्ष्चभअतयच एयकत० तहसम्म पनि दिइनु नहुने, नेपालमा अहिन्दुको जनसंख्या बेसी भएको र मुसलमानहरुको जनसंख्या बडदै गएकोले भारतबाट प्रसस्त हिन्दुहरु भित्राइनु पर्ने सुझाव बारंबार दिन छाडेका छैनन । मैले नेपालको तथ्या कुरा औलाउँदा ‘म माथि कार्वाही गर्नु पर्ने’ कुरा त मैले माथि पनि उल्लेख गरिसकेको छु । ‘गोपाल गुरुङलाइ ठीक पार्नु पर्छ’ भनेर संस्कृत महाविध्यालयमा बाउनहरुको एउटा बैठक बसेको र पूर्ण प्रसाद बाउन, राज सभामा सदस्य पनि भइसकेका व्यक्ति पनि निकै महीना मेरो बिरोधमा डटेर लागेको कुरा पनि संझना गर्न योग्य छ । त्यो यही कारण हो कि मैले राष्ट्रको हितमा र यसको सार्वभौमिक्ता बिषयमा आपूmले देखेको कुरा लेखिदिएको थिएं । त्यो थियो बाउन बाद, हिन्दुबादको कुरा ।
नेपालको सार्वभौमिक्ता जोगाउने र नेपालको इज्जत जोगाउने कुरा गर्ने म राष्ट्रवादी कि अराष्ट्रबादी ? राष्ट्रलाइ भारतमा मिलाउने कुरा गर्ने राष्ट्रबादी कि अराष्ट्रबादी ? परन्तु बिडम्वना के छ भन
नेपालमा पहिलो अराष्ट्रबादी र पच्छिल्लो राष्ट्रबादी बनेको छ र यही कुरा पहिलादेखि लगातर हुर्काइंदै लगेको छ; यसमा कसको हात छ ? भीमसेन थापा, मगर नेपालका एकताकाका प्रधान मन्त्रीले राष्ट्रबादी कुरामा डटेर लाग्दानै यहाँका हिन्दुहरुको संडयंत्रले आत्मा हत्य
गराएको थियो, भने राष्ट्रीयताकै निम्ति ज्यू ज्यान दिएर बृहत नेपाल बनाउन लागेका; जसको बीरतादेखि सीख राजा रणजीत सिंह, अंग्रेज र भारत लोभिएका; बल भद्र सिंह थापा, मगर, अमर सिंह थापा, मगरहरुको के दशा भएको थियो ? त्यो त इतिहास प्रति चासो राख्नेलाई धेर थोर थाहा नै छ । उक्ता थापा, मगरहरुलाई नेपालमा इतिहास कार बन्न रहर गर्ने तर सत्या कुरालाई बगाई दिएर यहाँका मूलबासीलाई कमारो बनाउने एउटै कटु धारणा राख्नेहरुले छेत्राी थापा कुवंर पनि लेखेर इतिहासलाई भ्रममा पारिदिएको छ । त्यस्तो बीरता र राम्रो काम नगरेका भए तिनिहरुलाई मगर, थापा भन्ने थिए । तेन्जिङ सेर्पा यस मुलुकमा ‘भोटे‘ भनेर हेपिए खान नपाए पछि दार्जीलिङतर्फ गएर जीविका चलाए, चोमोलुङ (माउण्ट एभरेष्ट) चडेपछि नेपाली नागरीक भत्र लोभिए तर उनले ‘भारतीय नागरीक‘ भनिदिए ।
हाम्रा युवकहरु १७)१८ वर्षको छंदा बिदेशी सेनामा भर्ना भएर जान्छन; किन भने तिनीहरुले यहाँ पडन लेख्न पाउंदैनन विदेशी हिन्दुबादको कारणले आर्थिक स्थिति अत्यन्त कमजोर बनाइ दिएको छ; बाबु बाजे पनि सेनामा गएकाले केटाकेटी देखिनै तिनीहरुको गिदीमा त्यसैको छाप लागेको हुन्छ । तिनीहरु पडने गाउँमा स्कूलहरु खोलिंदैनन; तिनीहरु राजनैतिक, आर्थिक, धार्मीक, हरेक दृष्टिले शोषित छन र तिनीहरु प्रतिको दबाब नीति यहाँबाट खेदने नीति त्यसरी नै सृजना गरिएको छ । त्यस पछि तिनीहरु सेनाबाट उमेर ढले पछि फर्कन्छन । ९५ प्रतिशत सिपाहीको दर्जादेखि हवल्दार सम्मको दर्जाको पेन्सन
लिएर फर्कन्छन, ३ प्रतिशत जति जमदार, सुवेदार, भएर फर्कन्छन र २ प्रतिशत त्यस भन्दा माथिको दर्जा लिएर फर्कन्छन । तिनीहरुसंग न बल हुन्छ न जवानी न पैसा न बुद्धि । फर्केर आएपछि तिनीहरुले नेपालमा न नोकरी पाउँछन न जग्गा । तिनीहरु नेपाल पर्कदा तिनीहरुकै दौतेरी बाहुन, छेत्रीका छोराहरु नेपालमा प्रधानमन्त्री, मन्त्री, अध्याक्ष, सचिव वा सिडियो बनेर मोज गरिरहेका हुन्छन । तिनीहरुले ल्याएका सम्पतिमा पनि गिद्घे नजर परेको हुन्छ र जालो बुनिन्छ जालोले धेरै जस्तो टाट पल्टन्छन र तिनीहरुको स्थिति त्यस्तै हुन्छ जस्तो पहिले भर्ती जांदाको थियो । यस अवधीमा पनि तिनीहरुको स्थिति दरिलो भएको हुँदैन नै ।
उक्त षडयन्त्रपूर्ण तथ्या हाम्रो समुदायले न कहिले बुझ्यो न बुझ्ने चेष्टा ग¥यो । बरु कति जना गोर्खा भर्तीको बिरोध गर्ने कै
बिरोधी बन्छ । तर यहाँका मूलबासी हामीलाइ आ६नै मुलुकमा किन गांस, बास, र कपास छैन ? हामीलाइ यही मुलुकमा जीविकोपार्जनको काम नदिने शत्रुको हो ? कसले दिंदैन ? यसप्रति ध्यान जाँदैन.बाउन छेत्रीको तात्रे, ठेल्ने मान्छे छ तर हाम्रो निम्ति उभो तात्रे र उभो लागोस भनेर विचार नै छैन । पछार्नको निम्ति तात्रे र जोताउनको निम्ति ठेल्ने मात्र हुन्छ । किन भने जो कुर्सीमा पुग्छ तिनीहरुलाइ आफै जोगिन धौ धौ पर्छ । नेपालमा कतिपय शहीदहरु धर्म भक्त, गंगालाल जस्ता किन गोली ठोकिए र मारिए ? संगैमा बाउनहरु जेल सजाय भए, टाउको मोडिए तर मारिएनन र तिनीहरु नै पछि ठूल्ठुला अहोदामा पुगे ? किन भने पहिलो हाँचकाहरु मंगोल वंशजका अहिन्दु, आर्यको शब्दमा ‘अनार्य’ थिए भने पच्छिल्ला तहकाहरु हिन्दु आर्य थिए । त्यसरी मारिए पछि मंगोलमा अर्थात अनार्यमा त्यस्ता नेताहरु जन्मन धेरै वर्ष लाग्छ, हिन्दु, आर्याहरुकै हातमा राजनैतिक सत्ता रहीरहने छ; जसका
हातमा राजनैतिक सत्ता रहन्छ तिनीहरुकै राजनैतिक, आर्थिक, धार्मिक, सैक्षिक, सांस्वृmतिक अवस्था सुदृढ पार्छ बल र बुद्धि बडाउने काम गर्छ, अरुले अधिकार मागे जेल नेल हुन्छ; गोली ठोकिन्छ; किन भने
राजनैतिक सत्ता हुुनेको हातमा हुकुम हुन्छ, सेना र पुलिस हुन्छ, सर्कारी सम्पति हुन्छ बेतले तरवारको काम गर्छ । आजको स्थितिमा पनि यही षडयंत्रपूर्ण नीति चलिरहेको छ । मार्ने मराउने काम पनि परस्परमा भिडाउने मार्ने, मराउने, भांडने भंडाउने काम तिब्र रुपमा भइनै रहेको छ । सुग्रिबलाइ बालीसंग (दाजु भाइ) बिभीखनलाइ रावनसंग (दाजु भाइ) प्रलादलाइ हिरन्यकसिपुसंग (बाबु छोरा) जस्तै । यस्तै षडयंत्र खगेन्द्रजंग गुरुङ प्रति भयो; यस्तै षडयंत्रपूर्ण मृत्यु लाल धोज गुरुङको (तमु) भयो । मैले सुनेसम्म १९६० मा जब नेपालको राजनितिमा उथुल पुथुल आए पछि राजनैतिक बन्दीहरुलाइ राजधानीमा ल्याउनको निम्ति गृहमन्त्रालयले सर्कुलर गरयो । बाउन छेत्रीलाइ पक्रेर जेलमा हालियो मंगोल वंशजका यहांका मूल बासीहरुलाइ गोली ठोकियो, यिनीहरुलाइ गोली ठोक्नेमा बाउन, छेत्री पल्टन थियो । त्थसताका हाम्रा धेरै नै निर्दोष व्यक्तिहरु मारिएका सुनियो र निर्ममतापूर्वक मारिएको सुनियो, जसको फिलिम खिचेर देखाउन सकेको, पाएको भए, हामीलाइ लाग्थ्यो होला हिटलरको तानासाही निर्मम हत्या भन्दा कम होइन भनेर; नेपालमा पनि हिटलर जन्मेको रहेछ भनेर । यस्तै सडयंत्रपूर्ण मृत्यु देवान सिहं राइ, योगेन्द्रमान सेरचन (थकाली) को भयो भने’ कुनै पनि दिन हामीमा’ यस्तो घटना नघटला’ भन्न सकिंदैन । हामी हमेसा असुरक्षित छौं; अझै हामी उठेनौं, जुटेनौ भने यस्तै रुपले हाम्रो संहार हुंदै जानेछ; जसरी आजसम्म भएर आएको छ । इतिहास लेखक तिनीहरु नै भएकाले र राजनैतिक सत्ता तिनीहरुकै हातमा भएकोले हाम्रोे मृत्यु विदेशमा र स्वादेशमा अर्थहीन भएर गइरहेको छ, घुमन्त कुकुरको जस्तो छ । अझ यसरी अर्थहीन मराइ र बचाइ लिएर कति जिन्दगी जिउन पर्ने हो कसैलाइ थाहा छैन् । विदेशमा हामी लडन, मार्न र मर्न गयौं, हामी दुई सौ वर्षसम्म कुकुर विरालो जस्तो भएर अर्थहीन मरिदियौं । त्यस मराइले न बुद्धि ल्यायौं, न इजत न पैसा; न त भावी पिडीको भविष्य नेपालमा उज्वल पार्न सक्यौं न त
राजनैतिक, र्धािर्मक, आर्थिक, स्वतन्त्रता पायौ । अतः अब हामीले एकपल्ट मर्न पर्दा आवश्यक परे एउटा बलिदान; आ६नै मुलुकमा; आ६नो राजनैतिक, आर्थिक, धार्मिक, साँस्कृतिक, भाषाको निम्ति पसिना र रगत दिनलाइ तयार नहुने र ? ”भत्रे प्रश्न ठिंग भएर हाम्रो अघि छ । यो स्थिति आउन नदिनुको निम्ति र नल्याउनको निम्ति नेपालमा राजनैतिक सत्ता हातमा भएकाहरुले समान रुपले यहाँ अहिन्दु मूलबासी मंगोललाइ पनि राजनैतिक, धार्मिक, आर्थिक, भाषागत अधिकार दिने तर्फ सोच्नु आवश्यक छ; जसले गर्दा नेपाल सबैको होस, सबैले समान अधिकार पाएको बुझुन । हामी शताब्दीऔं शताब्दीदेखि आ६नो मुलुकमा कमारा मात्र भएको नसंझुन । माथि पंचायतबादी, कंग्रेसबादी र रसियनबादी कम्युनिष्ट बाउनहरुको धारणा पेश गरें भने अब अरु बामपन्थी समुहका बाउन नेताहरुको हामी प्रति धारणा, मनोभावना निहालौं । मनमोहन अधिकारी समुहको एक जना बाउन भारेभुरे नेता केही वर्ष अघि एक दिन धरानबाट धनकुटातर्फ लाग्दछ. उ धनकुटाको एउटा गाउंमा शिक्षक भएर रंग बदलेर बस्न ब्यस्त हुन्छ । त्यहाँ खुट्टा टेके पछि उसले त्यहाँका सोझा साझा राइहरुलाइ भडकाउन लाग्दछ र पुर्व सैनिक
राइहरुलाइ पनि हातमा लिन्छ । त्यहाँ उसले शोषक र सामन्तको
बिरोधमा चर्को व्रmान्तिकारी गीतहरु रटाउँछ र पाठहरु पडाउंछ । उसले भित्र भित्र नै गांउ भुटने लुटने योजना एकातिर बनाउछ भने अर्कोतिर तिनै सोझा साझा गाउंले राइहरुलाइ फसाउनको निम्ति
सर्कारी निकायलाइ खुसुक्क खबर पनि दिने गर्छ । बाहिर उ पक्का बामपन्थी भित्र सर्कारी एजेण्ट पनि । हाम्रो बंशज मास्ने योजनामा लागेको सूर्य बहादुर थापा त्यसताका प्रधान मन्त्री हुनुहुन्थ्यो । थापाज्यूको विषयमा अहिले पनि धेरै जना राइहरु के भत्रे गर्छन भने उहाँले निकै अघि एकताका भत्रु भएको थियो रे ‘म शक्तिमा आएं’ भने राइलिम्बुको छाला काटेर जुत्ता लगाउँछु । तर उहाँले राइहरुकै भोट लिएर राष्ट्रीय पंचायतमा धनकुटा जिल्लाबाट नै प्रतिनिधित्व गर्नु भएको छ; यसोसले कि चाहि यो कुरा भनेका भए नयाँ पिडीका राइहरुले बिर्सीसके कि चाहिँ हड्डिको प्रलोभन पाए पछि राइहरुले बिर्से । जे होस मनमोहन अधिकारी समुहको आफूलाइ खाँटी कम्युनिष्ट ठान्ने सानो तिनो नेताले राइ गाउलाइ भडकाएर भोकमरीको समयमा पेट खोक्रो भएका र पैसा नभएकाहरुलाइ एकजना सामन्तीकां पैंचो माग्न हुल बाँधेर पठाउने तारतम्य मिलाए पछि लुटन जाने डाका मार्न जाने झुटो जानकारी दिएर आफु त्यहाँबाट टाप कस्यो । तर उत्ता पुलिसहरुले योजनाबद्ध ढंगमा गाउँ घेरेर धेरै राइहरुलाइ तातो गोलीले चिसाई दिए । त्यसमा फटाक फुटुक कामीहरु पनि परे । त्यसताका के पनि भनिन्थ्यो भने ‘त्यस इलाकाको मनमोहन समुहकै एकजना खरो राइ, आ६नो समुहमा राइ उत्थानको कुरा बारंबार उठाउने गथ्र्यो । उ त्यस गाउँमा पुगेको समाचार पनि प्रशाषणले पाएको थियो;’ जुन पुरा हुन सकेन । जुन राइलाइ शिक्षा लिनदेखि यस समुहका नेताहरुले बारंबार “सामन्ती शिक्षा लिनु हुन्न पार्टीको काम गर्नु पर्छ भत्रे” गर्थें रे तर आफूहरु चाहिं डिग्री हासिल गर्ने तर्फ लागेका थिए रे । यस्तै झापाली समुहका एक जना टाठा र चेतनशील रत्नवmुमार वान्तवलाइ पुलिसहरुले एका बिहानै जंगलको मुखमा घेरामा पारी मारे । उसलाइ मार्दा पुलिसहरुले ठूलोखुसि भनाएका सुनिन्थ्यो, किन भने उसंग हतियार थियो रे र पुलिससंग टक्कर लिनथ्यो रे भनिन्छ । उसले पनि राइ समुदाय प्रति दमन, शोषण भएको र गाउं घरमा जाली झेली फटाहा, शोषक यही बाउन, छेत्री हिन्दु आर्य नै भएको कुरा बारंबार उठाउनेगथ्र्यो रे; यस कारण उसलाइ मराउने झापाली समुहको बामपन्थीहरु नै थिए रे । यसरी हामी नेपालका आफूलाइ बामपन्थी, कम्युनिष्ट भत्रे समुहको अर्को घटना तामाङ गाउँ पिस्कर काण्डलाइ हेर्न सक्छौ । त्यहाँ एउटा शोषक बाउनले प्रशासनको आड पाएर गाउले थामी, जिरेल, तामाङहरुलाइ शोषण गरेर गाउँ नै उठिबास लगाएको थियो रे । त्यहाँ राता रात प्रहरी
घेरा हाल्न पुगेर एका बिहानै जन समुहलाइ घेरेर गोली चलाए, मारे । त्यहाँको त्यही सोझा साझा थामी, जिरेल, तामाङहरु, गाउँ छाडेर भागे, जसलाइ कम्युनिष्ट र बामपन्थी कुन चरोको नाम हो थाहा सम्म थिएन । यसरी बिदेशमा र स्वदेशमा यो मंगोल समुहलाइ सखाप प।र्ने योजनाहरु कसरी यी हिन्दुहरुले रच्दै आएका छन् त्यो स्पष्ट झल्कन्छ । नेपाललाइ भारत भूमिको एक अंग बनाउन तम्सेका महान नेता प्रजातन्त्रवादी र राष्ट्रवादी कहलिएका बिपि कोइरालाले भारतमा बसेर भारतबाट बिदेश जाने मौका पाए; नेपालको तीस लाख भारतीय रुपिया सहितको जहाज अपहरण गर्ने छुट पाए, अंग रक्षक र रेलमा यात्रा गर्ने छुट पनि भारतले दिएको थियो; श्रीमती इन्दिरा गान्धी प्रधानमन्त्री छंदा । एकताका बिपी ले बिदेशबाट नेपालमा सशस्त्र क्रान्ति गर्ने धम्की पनि दिएका थिए र नेपालमा हतियार पनि आउने भएको थियो । परन्तु हतियार मात्र आएर भएन चलाउने कसले ? बिपी ले पहिला त १९५१ को जस्तो नेपालका मूलबासी मंगोलहरुलाइ हनुमान बनाएर लडाउने र यसको लिडरसिप आफू लिने यिनीहरुलाई केवल मर्न मार्न लगाउने‘सानो प्रलोभनमा मंगोले जे पनि गर्छ’ भन्ने सोचेका थिए होलान । किन्तु १९५१ मा यो समुदाय लडे तर पछि कसरी यिनीहरुलाइ कंग्रेसले लात दिएर फेंकि दियो, धोका दियो, त्यसले पाठ
सिकाएकोले केही मंगोलहरुले बिपी को सशस्त्र धम्कीमा “हतियार आइहालोस)हिर्काउनु कसलाइ पर्छ हामी जान्दछौं;” भनी दिए पछि बिपी झस्के । ‘नेपालका मूलबासी मंगोलका पूर्व सैनिक मात्र नेपाली सेनाका दुइ लाख लगाएर आठ लाख छन । यिनीहरु पूर्ण रुपले तालिम प्राप्त छन । मंगोलहरुले नेपालका राणा फेक्न सशस्त्र क्रान्ति सफल पारे पछि अब अर्को सशस्त्र क्रान्ति आउँदा आमुल परिवर्तनको निम्ति यहाँका मूलबासीले आ६नै समुहका नेतृत्वका र आ६नै हीतमा गर्न सक्छ जसले गर्दा नेपालको हरेक छेत्रमा आजसम्म मोज गरेर यहाँका मूलबासीको भूभाग खोसेर लुटनेहरु नै लुटिने छन र त्यसमा आ६नै वर्ग पर्ने छन; भत्रे बिपी ले सोचे होलान जसले गर्दा त्यो धम्की सेलाएर गयो र त्यस पछि विभिन्न राजनैतिक कारणले गर्दा बिपी ले भारतमा पाएका सुविधाहरुबाट बंचित भएर लाजमर्दो आवस्थामा पुगेपछि फेरि पक्का राष्ट्रवादीको नारा दिनु थाले । राष्ट्रलाइ बचाउनको निम्ति “मेल मिलापको घुडा टेकुवा नारा लिएर नेपाल फर्के । १९५१ मा राणाको १०४ वर्षको शाषण ढल्नुको पछाडी नेपालका मूलबासीका सैनिक प्राप्त नेपाल र नेपाल बाहिरका पूर्व सैनिक भइसकेकाहरुको ठूलो हात थियो भने १९६० पछिको कंग्रेसको ठूल्ठुला धम्कीहरु असफल हुनुको मूख्य कारण पनि नेपालका मूलबासी नै थिए; जसले १९५१ पछि तिनीहरु प्रति गरिएको उपेक्षित नीतिबाट पाठ सिकेकाले नेपालमा
राणा शाषण फेकेर प्रजातन्त्र ल्याउनमा बाउनहरुले आफूहरुलाइ जति ज्यानको बाजी लगाएर र झेल नेलको सजाय भोगेर संघर्ष गरेको बताएता पनि र नेपालमा एक लौटी इतिहास लेख्न पाएका बाउन छेत्री इतिहासकारहरुले आ६नै जातको ठूल्ठुला बखान गरेर लेखेता पनि औ यहाँको मूलबासीको जतिसुकै ठूल्ठूला देन त्याग र तपस्य भएता पनि त्यसको नामसम्म नलिने गरेता पनि नेपालमा सबभन्दा पहिले ‘प्रजातान्त्रिक सर्कार गठन गरिनु पर्छ;’ भनेर आ६नो ज्यानकै प्रावाह नगरी राणा प्रधान मंत्री चन्द्र संशेरलाइ सल्लाह दिनेमा एक जना गुरुङ (तमु) नै थिए ।
नेपालको राजनीतिमा राणा शाषणको बिरोधमा र जन पक्षीय कुरामा राणाहरुको मौखिक हुकुमी शाषणमा बाउन बाहेक यहाँका मूलबासी मंगोलहरु काटिन सक्थ्यो, फाँसिमा लटकाइन सक्थ्यो र गोली ठोकिन सक्थ्यो तर बाउनहरुलाइ ‘गाइ हत्या (हिन्दुको आमा)
गरेको पाप लाग्छ’ भत्रे डरले केवल जेलको सजाय मात्र हुन्थ्यो ज्यु ज्यान लिने चलन थिएन । यसै कारण बाउनहरुलाइ राणा बिरोधी
राजनीति गर्न जतिको सजिलो थियो अरु लाइ त्यो थिएन । अरु समुदायले प्राणको बाजी लगाएर नै राणको बिरोधमा केही भत्रे आँट गर्थे भने बाउनहरुले ‘जेलसम्म जान पर्छ’ भनेर, राजनीति गर्थे र जेलबाट फर्के पछि त इतिहास लेख्ने आ६नै मान्छे हुनाले इतिहासमा नाम पनि आउने ठूलो पद पनि पाइने बाटो खुलथ्यो । परन्तु राणा शाषणमा प्रजातांत्रिक सर्कार गठन गरिनु पर्ने सल्लाह जुन गुरुङले
(तमु) लिखित रुपमा नडराइ दिए उसले ज्यानसंग खेलबाड गरेर पनि नेपालका जनताको निम्ति डटे उनी थिए कैजर सिंह गुरुङ (तमु) ।
आज भन्दा ६७ वर्ष अघि फेब्रुवरी १८, १९१८ फ।गुण ७, १९७५, को दिन । त्यसताका राणा प्रधान मंत्री चन्द्र शमशेरलाइ नेपालमा प्रजातान्त्रिक सर्कार गठन गरिनु पर्छ । नेपाली जनताले प्रजातन्त्र पाउनु पर्छ’ भनेर लिखित रुपमा व्यक्त गरेको १० महीना पछि अर्थात डिसम्बर १७, १९१८ (पुस २, १९७६) को दिन ‘नेपालका
राणाहरुको शाषणमा पनि प्रजातान्त्रिक सर्कार थियो’ भत्रे देखाउन काठमाण्डूमा पहिलो पल्ट म्युनिसिप्यालिटीको चुनाव गराए । यसरी हेर्दा प्रजातंत्रको निम्ति संघर्षको मैदानमा निस्कने नेपालको कुनै पनि राजनैतिक दल भन्दा यो पहिलो थियो । तर यो कुरा कुन चाहि इतिहासकारले लेखे त ? यस कारण बाहुन इतिहासकारहरु र जोगीको भेषमा भारतीय राजनीति नेपालमा गर्ने र इतिहासकार बत्रे रहर मेटाउने योगीले पनि गरेन किन भने गुरुङ हिन्दु आर्य नभएर नेपालको मुलबासी मंगोल अनार्य थियो । आज हाम्रो हातमा राजनैतिक सत्ता हुँदो हो, हाम्रो पनि आर्थिक स्थिति सुदृड हुन्थ्यो, हाम्रै मान्छेहरु बाक्लिएर बसेका गाउँहरुमा स्कूल खुल्थ्यो; तिनीहरुले पडथे, लेखथे; अर्काको
करिया भएर केवल नुन तेलको निम्ति बदनाम भएर खेदिनु पर्ने थिएन, हाम्रा मान्छेहरुले बोलेका, गरेका बीरताका गाथाहरु इतिहासमा लेखिन्थे; स्मारकहरुमा खोपिन्थे र तिनीहरुको; पिडीले पडथे । किन्तु आज त्यसको उल्टा छ, नेपालमा । एकताका का शरणार्थीहरुको धलिमली छ नेपालमा र यहाँका सरण दाताहरु टुलुटुलु हरेर बसेका छन, काटिएका पशुको आँखाले हेरिरहेको जस्तो ।
यहाँका अहिन्दु मूलबासीले आ६नो राजनैतिक, आर्थिक, धार्मिक, साँस्कृतिक, भाषा, लिपीको अधिकारको कुरा उठाएको खण्डमा तिनै हिन्दु आर्य बर्गबाट हाम्रो वर्गलाइ बिभिन्न आरोप लगाउन सुरिन्छन र जे गर्न पनि तत्पर हुन्छन । यो गर्न तिनीहरुलाइ सुविधा पनि छ; किन भने तिनीहरुले हरेक छेत्रमा हेर्दा आ६नै वर्गका मंगोललाइ दबाउने बिचार प्रति एकै सहमत भएका पाउछन । सबभन्दा पहिले आ६नोत्व र आ६नो अधिकार माग्ने माथि लगाइने आरोप हो स।मप्रदायिक; त्यस पछि पृथक्ताबादी र त्यसपछि जे इच्छा लाग्यो त्यही । अब म यस्ताहरुसंग सोधछु‘ सामप्रदायिक भनेको के हो र नेपालमा सामप्रदायिक्ता कसले गरेको छ ? भनेर सामप्रदायिक भनेको त्यो हो जसले आ६नो समप्रदायको राजनीति मात्र बचाउन, फक्राउन, फलाउन र आ६नो आर्थिक स्थिति, धर्म, संस्वृmति, भाषा र लिपीको विकासको निम्ति र त्यसको जगेराको निम्ति अरुहरुको राजनीति, आर्थिक भत्काउन, धर्म, संस्वृmति, भाषा र लिपी मास्नको निम्ति राष्ट्रीय, शक्ति, धन र साधनहरुको दुरुपयोग गर्छ; त्यति मात्र होइन; त्यसमा लागेको हुन्छ; त्यसलाइ सामप्रदायिक्ता भनिन्छ; जुन नेपालमा ‘क’ र ‘ख’ वर्गका हिन्दुहरुले यहाँका मूलबासी प्रति शताब्दीऔदेखि गरिरहेका छन । पृथक्तावादी भनेको पृथक हुनु हो । लौ एक छिनको निम्ति मानि लिउं गुरुङ (तमु) मगर, तामाङ, लिम्बु, राइ, थारु (यी यहाँका मूलबासी मध्येका) नेवारहरुले भने रे ‘हामीलाइ आ६नो राजनैतिक, आर्थिक, धार्मिक, भाषा र लिपी विकाशको निम्ति संघीय सर्कारको रुपमा आ६नो प्रान्तको अधिकार दिइनु पर्छ’ भनेर । त के बिराए? पहिले आ६नो आ६नो मुलुक थियो त अब एउटा राष्ट्र नेपाल भित्र प्रान्तीय विकाशमा मात्र आ६नो हीत देखे. ‘नेपाललाइ अर्को मुलुकमा गाभ्नु पर्छ, यसको अस्तित्व नै राख्नु हुन्न’ त भनेनन । ‘नेपाललाइ भारतमा मिलाउनु पर्छ’ भत्रे भारतीय धर्म, संस्कृतिm ,सम्बतसम्मलाइ नेपालको राष्ट्रीय धर्म सम्बत, संस्कृत बनाउने; विदेशीको जनसंख्या नेपालमा बडाउने चाहि मुलुकको निम्ति हितैसी हो की
राष्ट्रवादी हो ? यी हिन्दु आफनो मात्र राजनीति राख्ने अर्थ तंत्र बलियो बनाउने, धर्म, भाषा, लिपीको जगेरा गर्ने र यहांका मुलुकबासीको चाहिं मास्ने गरेका छन् सामप्रदायिक हो कि होइन ? ’हामी पनि बांच्नु पर्छ, हाम्रो पनि बचाउन पर्छ भनेर अधिकार माग्ने चाहिं सामप्रदायिक ? पृथक्ताबादी ? नेपालको निम्ति खत्रा ? नेपालका जम्मै वर्गले आफनो प्रान्तको राजनीति कुरा गरेको खण्डमा, आफनो अर्थतत्र सुधार्ने अधिकारको कुरा गरेको खण्डमा धर्म र भाषाको अधिकार पाएको खण्डमा यी उक्त हिन्दुहरुको प्रान्त नेपालमा नभएर भारतको कुमाउ गडवल,
राजस्थानमा हुने स्थिति पर्छ । यिनीहरुको धर्म, भाषा, संस्कृति सबथोक अल्प मतमा पर्ने हुन्छ; यसमा यिनीहरु चनाखो छन् र यी दुइ जात शक्तिको निम्ति परस्पर ठोला बाजी गरेर झगडेता पनि यहांका मूल
बासीको हर अधिकार दवाउनको निम्ति पारस्पारिक मनमोटाब सिदान्त (कंगे्रस, कम्युनिष्ट, पंच जोसुकै किन नहुन ) कलह त्यागेर पनि एक जुट हुन्छन् । यो तथ्यलाई यहांका मूलबासी मंगोलले ह्रदयंगम गरेर, मनन गरेर, बुझनेले अरुलाई बुझाएर र नबुझनेले बुभmने चेष्टा गरेर आफनो सामुदायीक हीत र आफनो राजनैतिक, आर्थिक, धार्मीक, भाषात्यादिको हितको निम्ति आपसी मनमोटाव र कलह बिर्सी दिएर आ—आफनो छेत्रबाट आफनो क्षमतानुसार सहयोग गरिदिएको खण्डमा आजसम्म हामी जसरी कमारो भएर आफनो मुलुकमा बितायौं भविष्यमा त्यो निश्चर्यनै हटने छ र हाम्रा आगामी पिडीले पनि छात्ति फुकाएर शिर ठडाएर हिडन सक्ने छ । कमारो जस्तो (सुद्र) भएर लुबदिएर होइन ।
मैले एक पल्ट मेरो प्रकाशन र सम्पादनमा निस्कने अंग्रेजी साप्ताहीक समाचार पत्र ‘थण्डर बोल्ड’मा भारतका सिखहरुको विषयमा लेखेको थिएं, भारतमा पिसिएका सिकहरु भारतका सिंहहरु हुन । अरु केही भविष्यवाणी गर्न नसकिए पनि यत्ति त भत्र सकिन्छ कि सिहं; जो एकपल्ट उठयो फेरि सुत्दैन । ‘नेपालका मंगोलहरुलाई पनि मैले आ६नो धेरै भाषणमा र लेखाइमा भनेको छु;“ नेपालका मूलबासी मंगोल नेपालमा सुतिरहेकासिंहहरु हुन” जसले ‘गोर्खा’ नामले बिश्व थर्कायो, तिनीहरु साँचै बिउमmे नेपाल किन थर्कन्न ? यिनीहरु पनि यहाँ एक पल्ट उठेपछि सुत्न जान्दैनन; अब उठनलाइ सगमगाउन थालेका छन । नेपालका गाउँहरुमा बाक्लै ढाकिएर बसेका हाम्रो समुदायले अब साँच्चै आ६नो हीतको निम्ति सोच्नु पर्ने समय आएको छ र यो सोचाइ गाउं तहदेखि नै आवश्यक छ । जुनसुकै व्यवस्थाको जुनसुकै चुनावमा उठेका उमेदवारलाइ पडनु सक्नु पर्छ र आ६नो राजनैतिक, आर्थिक, धार्मिक, साँस्वृmतिकको निम्ति त्यस मध्येका कम दुर्जनलाइ चुनाव जिताइ पठाउनु पर्छ । एक जना सज्जन मंगोल र एक जना दुर्जन
मंगोल भए स्वयं सज्जनलाइ जिताउने गर्नु पर्छ ।
आपmनो उत्थानको निम्ति मानव अधिकार लिएर मान्छे जस्तै बाँच्नको निम्ति चुनाव प्रक्रियामा पनि वर्गीय हीतको निम्ति सानातिना प्रलोभनमा नफंसी सडयन्त्रको जालो भत्काउदै जानु पर्छ । एक जना हिन्दु र एक जना मूर्ख मानिने अनार्य (मंगोल) चुनावमा उठेको भए त्यसै मूर्ख अनार्य मंगोललाइ नै जिताइ पठाउने बानी बसाउने गर्नु पर्छ किन भने माथिल्लो तहको फाइदा आ६नैले उठाउन र उ मूर्ख भए पनि आ६नो सामाजिक बिरोधी नहोस, पछि उसका छोरा छोरी पडे लेखेका, मंगोल हीतको विषयमा सोच्ने बनुन र उसका छोरा छोरीले सुख पाउन । हिन्दु आर्यहरुको शताब्दऔिंको वर्णभेदको मारमा परेर हाम्रो वंशज यस समय नासिएको छ र संकटमय स्थितिमा छ । राजनैतिक सत्ता प्राप्त व्यक्तीहरुले शताब्दीऔं शताब्दी नेपालमा वर्णविभेदको
राजनीति चलाएर हाम्रो सब थोक स्वाहा पारिदिएका छन; हामीलाइ भ्रमपूर्ण जालोमा फसाएका छन । हाम्रो वंशीय संहार कसरी भएको छ, हाम्रो समुदाय प्रति हाम्रै मुलुकमा शरणार्थीहरुले कतिको घृणा फिजाएका छन त्यसको थप तथ्या यहाँ प्रस्तुत गरिन्छ हामीले संघै नै त्यसलाइ ध्यानमा राख्न आवश्यक छ । हामीले यस तथ्यालाइ सानोतिनो पद पाउँदैमा र त्यसतो प्रलोभन दिंदैमा बंशज माथि कुठाराघात गर्नु आ६नो राजनैतिक, आर्थिक, धर्म,संस्वृmति, भाषा, लिपी प्रति कुठाराघात गर्न नहिच्किचाउनु; आ६नो सन्तान र आ६नो समुदाय प्रति नै दुष्टाइ गरेको संझनु पर्छ । जुन समुहले आ६नो राजनैतिक, आर्थिक, धार्मिक, साँस्वृmतिक, भाषा र लिपी बिर्साउछ त्यो समुह कै शत्रु हो । आजको बिश्वमा आ६नै मुलुकमा आफु माथि धलिमलि भएको कुनै पनि समुदायलाइ सहन हुन सक्तैन । भारतमा र नेपालमा हिन्दु बाउन छेत्रीले हाम्रो सब प्रकारको अधिकार माथि आक्रमण गरी तहस नहस
पारेको छ । आज भारतमा सुतिरहेका सिंह अहिन्दु सिखहरु बिउँझेर आ६ना अधिकारहरु मागिरहेका छन र ड. अम्बेडकर जस्ता जन्मनु प¥यो । भारतको उत्तरी भेकमा मंगोल बंशजका अहिन्दु नागा, मिजो, मइतेयीहरु त्यसरी नै आ६नो अधिकारको निम्ति बिउंझी रहेका छन । जिउंदो मान्छे भएर लडिरहेछन, भने नेपालमा पनि सुतिरहेका सिंह, नेपालका मूलबासी मंगोल बिउंझनु आवश्यक छ ।
भारतमा जस्तै नेपालमा अहिन्दु प्रति हिन्दुहरुले संस्कृतमा के लेखे त्यस प्रति बिचारौं । हाम्रो भाषा, लिपी, धर्मका प्रमाणहरु कसरी नष्ट पारिए त्यो निहालौं र हाम्रो संहार कसरी गरे त्यसलाइ मनन गरौ । यी तथ्याहरुलाइ आफैले नभुलौं, आ६नाा घरमा भएका आगामी पिडीकालाइ सुनाउं, पडाउं; किनभने आ६नो कुरा हामीले स्कूल, कलेज, बिश्व विद्यालयमा पढन, पडाउन पाउंदैनौं । स्वयं सेवक भएर आ६नो भाषा र लीपि सिकाउंदा गाउंहरुमा आ६नै खर्चले पाठशाला चलाउंदा र आ६नो भाषा लिपी संकलन गर्दा धेरै वर्ष अघि श्रीजंगा लिम्बु मारियो; हालका लिम्बु युवक युवतीहरु माथि प्रशाषणको क्रुर दमन चलिरहेछ; विभिन्न जाल झेलमा पारी बर्षौसम्म घर)खेत, आमा)बाबु, गाउं)घर केही पनि भत्र नपाइ भागि हिंडन परेका छन । एक जना लिम्बु भाषा र लिपी संकलन कर्ताको घरमा आगो लगाइएको छ ।
हाम्रो मुलुकमा सबभन्दा पहिला यी भारतबाट मुगोलहरुको डरले पुच्छर लुकाएर भागेका हिन्दु शरणार्थीहरुले ‘मैले हिन्दु शरणार्थी’ घरि घरि प्रयोग गर्नुको कारण के पनि हो भने यिनीहरुले नेपालका अहिन्दु मूलबासीलाइ ‘भोटे, ज्यापू, लाउरे’ इत्यादि शब्द घृणाको भावले प्रयोग गर्न अझ छाडेका छैनन । गोर्खा राज्यमा शरण पाएपछि, पहिले शिकार गुरुङ मगरलाइ नै बनाउंछन । शरणदाताप्रति वृmतज्ञता प्रकट गर्नूको अलावा वृmतघ्न भएर आ६ना पुर्खाको बेडा थाम्दै तिनीहरुक सर्वस्व नष्ट गरिदिन्छन; शरणको मरण गर्छन । पछि गएर राणा शाषण कालमा जंग बहादुर जस्ताको संरक्षण पाए पछि र संधै अर्को हात खुट्टामा र एक हात धोक्रोमा राखी जहाँ समाउँदा आ६नो काम बन्छ त्यहीं समात्ने हिन्दु संस्कार भएका बनारसी बाउनहरुले नेपालमा हामी अहिन्दु मंगोललाइ नास गराउनको निम्ति कुनै कसर बाँकी राखेनन् । यसलाइ रणोदीपको पालामा बैधानिक रुप दिने काम भयो । चन्द्र शमशेर राणाको प्रधान मंत्रीत्व कालमा ‘जाती नास’ अभियान चरम सीमामा पुराइन्छ र यसै अनुरुप हाम्रो दमनमा राममणी दीक्षित बाउन (माथी राममणी आदी पनि लेखिएको छ) त्यसमा सल्लाहाकार बन्छ । उसले गोर्खा भाषा प्रकाशन समितिमा बस्ने आशिरबाद पनि पाउँछ र त्यसैको माध्यम बाट यहाँका मूलबासी अहिन्दु मंगोलहरुको पाए जति बंशावली, अभिलेख, ताम्रा)पत्र इतिहास, धर्म, संस्वृmतिको ३० हजार थान प्रमाणहरुमा आगो लगाइ भष्म गरिदिन्छ । परन्तु आज पनि तिनीहरु कै बंशजको धलि मलि छ । एकातिर हाम्रो घरमा आएर हाम्रै घरमा आगो लगाइ दिन्छ भने अर्कोतिर घर लौरी(प्रत्येक घरको लर्कें युवक भर्ना हुनै पर्ने) गरेर लडाइमा होम्न पठाइ दिने काम गर्छ; यहाँका मूलबासीलाइ जसले गर्दा गाउँ घरमा बुडा बुडी केटाकेटी र स्वास्नी मान्छेहरुमात्र रहन गए र तिनीहरु माथि धलिमली गर्न पाए । त्यसको एउटा ज्वलन्त उदाहरण गोर्खा भर्ती पनि हो जसले गर्दा १९११)६५ सम्ममा अहिन्दु मूलवासी मंगोलको ५ समुदायबाट २४ लाख, २८ हजार ५ सौ ७५ जना मराए; जसमा सुनुवार समेत लगाएर राइहरु ६ लाख १६ हजार ५ सौ १३, लिम्बुहरु ६ लाख, ५० हजार ९ सौ ९९, मगरहरु ६ लाख १३ हजार १ सौ ४२, तामाङ २ लाख ८१ हजार २ सौ १६ र गुरुङ (तमु) २ लाख ६६ हजार ७ सौं ५ । माथि मैले यिनै मंगोल संहार गराउन कुनै पनि षडयन्त्रमा कसर बाँकी नराख्ने मध्येको एक
राममणी (आदी) दिक्षीत बाउनको कविता र कर्तुत लेखें भने हिन्दुहरुको पवित्र धर्म शास्त्र गीता, हिन्दुहरुका पथ प्रदर्शक गुरु मनु र यिनीहरुको बेद मध्येकै सर्वश्रेष्ठ ऋगबेदमा हामी अनार्यहरुलाइ कतिको घृणा
गरेर लेखेको छ जुन चाहिंलाइ पछि यी दुइ जातका हिन्दुहरुले शक्ति हातमा लिएर अनुशरण गर्दै आएका छन । त्यसको दुइ पंक्ति हेरौं । ब्राहमणोस्य मुख मासीदबाहूराजन्मः वृmतउरु तदस्य य दैश्यः पद्वेर्यांशुद्रो अजायतः ऋमण्ड १०, सू. ९० मं १२ अर्थात बाउनको मुखबाट बाउन, बाउनबाट छेत्री, बाउनको जाँघबाट बैश्य र खुट्टाबाट शुद्र जन्मेका हुन । बिप्रपूजे गुणशील हीन)शुद्र नपुजे गुणशील प्रवीण’ । अर्थ हो; ‘बाउनलाइ गुण नभए पनि पुजा गर्नु । शुद्र चाहिं गुणबान, शीलबान र प्रवीण भए पनि पुजा नगर्नु । ‘माजरि नकुलौ हत्व चार्ष मंडुकेवच; स्वगोधोलुक काकांस शुद्र हत्याब्रतै चरेत । अर्थ‘बिरालो, न्याउरी, पंछी, भ्यागुतो, कुकुर, छेपारो, लाटो कसेरो, काग र शुद्र मारेको प्रायश्चित एकै हो । स्त्रियो बैश्या स्तंवा शुद्र पाप यो नया । मतलब हुन्छ‘ बैश्या, शुद्र र आइमाइ पापयोनीका हुन“) गीता) यस्तै वर्णित किरात)कायस्थ, मालाकार—वmुटुम्बितः । बेरटोभेद)चंडाल)दास स्वचकोलका । एतेअन्तज्ञाः समारव्यता ये चान्ये चगवाजना । एषा सम्माषम स्नान दर्शनादकै बीषणमः । भनाइ अर्थ हो; ‘ध्यापारी, किरात, कायस्थ, माली, बाँसको कर्मी, चंडाल कोलत्यादि बाउनको तलबाट जनमेका हुन) यिनीहरुसंग कुरा गरेको अपराध नुहाए पछि काटिन्छ । यिनीहरुलाइ हेरेको पाप सूर्यको दर्शन गरे काटिन्छ यिनीहरुलाइ हेर्नु पनि पाप हो; “न सुद्राय मतिम्न दघात शुद्रलाइ बुद्धि दिनु हुँदैन” मनु । शक्तेनापी हि शुद्रेण नकादर्यो धन संचाय) शुद्रोही धनमासध्य) ब्रहमणनेव बाधो)समर्थ भए पनि शुद्रले धन जम्म नगरोस)किन भने धन पायो भने बाउनलाइ दुःख दिन्छ” । उच्छिष्टमन्न दान्तब्य जोर्णानिवसनानोच. पुलका श्चैअ परिच्छेद । अर्थात“ शुद्रको निम्ति भोजन जुठो अत्र)लाउनको लागि
पुरानो लुगा र ओछ्यानको निम्ति पराल सुहाउँछ”)मनु । यी पंक्तिहरुबाट आफूलाइ शुद्र भएर आ६नो इज्जत सानो तिनो पद र पैसामा बेच्ने अहिन्दु मंगोलहरुले र हिन्दुहरुकै अति शुद्र (अछुत जाती), कहलाएका कामी, दमाइ, जनजाति (फिरींगे, बनजारा) सार्कीहरुले ठूलो पाठ सिक्न सक्ने छन । त्यति मात्र होइन आफूलाइ शुद्र कुकुर सरह नै भनिए पनि स्वीकारी हिन्दु भत्र रुचाउने आर्य भत्र रुचाइ शुद्र बत्र चाहने अहिन्दु मंगोलको निम्ति पनि ठूलो पाठ हो । मलाइ एउटा कुरा के आश्चर्य लाग्छ र मैले के कुरा बुझेको छुइन भने क)ख र ग श्रेणीका हिन्दुहरुले अछुतमा राखी अति शुद्र कहलाएका कामी, दमाइ, सार्की)(फलामको काम गरेर भाँडाकुंडा वा हतियार बनाउने)लुगा सिउने र जुता सिउने) जनजाती (फिरींगे, बनजारा) हरुले त्यस हिन्दुबादमा त्यतिको घृणित भएर पनि “हिन्दु नै हौं” भत्र किन रुचाउ छन ? “यो जातीले अरु जातलाइ बाटोमा आउंदै गरेको देखे बाटो मुनी पसेर ‘जदौ हजुर’ भन्नु पथ्र्यो) यि जातीलाइ जेल र स्कूल भित्र पसाउन अपराध थियो, यी जातीले माथिल्लो जातको घरमा केही खाएको खण्डमा; यद्धपी तिनीहरुलाइ दिइने भाडा अलगै राखिन्थ्यो, खाए पछि भाडा माझेर राख्नु पथ्र्यो र यिनीहरुको छायासम्म अरुमा परे अपवित्र कलंकित भएको ठहथ्र्यो, अझ पनि त्यो चलन नेपालमा बृहत रुपले बलियो र जिउँदो छंदै छ भने किन आफूलाइ ‘हिन्दु नै हुं’ भत्र रुचाउँछन ? सायद तिनीहरुको रगतमा दासताको रगत बगेर होला । बुद्ध धर्म हिन्दु धर्मको यस्तै नियम, घृणित व्यवहारको बिरोधमा जन्मेको मान्छे मात्रलाइ समान दृष्टिले हेर्ने र व्यवहार गरिने आकाश भन्दा उच्च; पृथ्वी भन्दा बिशाल मंगोल धर्म हो । नेपालको आ६नै माटोको धर्म हो; जुन धर्मलाइ नष्ट गर्ने प्रयास नेपालमा सदिऔं पुरानो हो भने बिश्वमा यसैको नाम
बेचेर फायदा उठाउने प्रयास पनि जारी नै छ । सबै धर्ममा शोषण हुन्छ र धार्मिक कलहमा लाग्नु हुत्र भन्नेहरुको दुष्ट भनाइलाइ नकार्दा मलाइ कल्पित नामहरुबाट धेरै धम्काएर चिठी लेखी पठाए; कतिपयले टेलिफोनबाट कल्पित नामले धम्काए । त्यति मात्र होइन गृह र सूचना तर्फका केही कर्मचारीले न्यूलाइट नछाप्ने र न्यूलाइटले दिने भन्दा धेरै रकम ती ठाउँहरुबाट प्रेसलाइ दिलाउने प्रलोभन दिएको थाहा पाएं । सबै धर्ममा शोषण देख्नेहरुले नेपालमा बुद्ध धर्मलाइ न्याय दिलाउन । मलाइ मेरो बिचारले के बुझाएको छ भने नेपालमा भगवान गौतमलाइ अन्याय भएको छ; न्याय पाउनु पर्छ; जुन गौतम बुद्धले मानव त के प्राणी मात्रको कल्यानाथर््ा आ६नो सम्पूर्ण जीवन बिताए । गौतम बुद्ध आफै त्यस्ता व्यक्ति हुन जसले संसारमा युद्ध होइन शान्ति चाहे जसको निम्ति सम्पूर्ण संसार लागेको छ; नेपाल आफैलाइ शान्ति छेत्र भनिएको छ । बुद्धले एक अर्कालाइ घृणा होइन माया गर्न सिकाए र आफैले पनि हिन्दुबादबाट पिडित अछुतको हातबाट खाएर देखाए । यसैकारण संसारमा त्यसमा पनि मंगोलहरुको मुलुकमा; हिन्दुहरुले अनार्य भनेर घृणा गर्ने बिश्वमा सबैभन्दा धरै ले यो धर्म अपनाएका छन । हिन्दुहरुले संधैनै हिन्दु आर्यहरुलाइ काखी च्यापेर अनार्यहरुलाइ घृणा गरेका छन र छलकपट वा जस्तोसुकै तरिकाले पनि.हामी अनार्यको संहार गर्ने षडयन्त्रमा लागेका छन । महा भारत (ऐतिहासिक तथ्याहीन) जस्तो किताबका पत्राहरु अनार्य मंगोलहरुको संहारमा हिन्दु आर्यहरु तन, मन, धन, छल, कपट सबै प्रयासले लागेका पाइन्छन । बाहिर मीठो बोलेता पनि मौका पाउन साथ क्रेट सर्पले झै डसेका छन । रामायण अर्को पूस्तक हो र त्यो पनि ऐतिहासिक प्रमाण रहीतको काल्पनिक उपन्यास हो । त्यसमा पनि पुस्तकको मूल पात्र(हिरो) आर्य राम अनार्यहरुको संहारमा लागेका छन र सर्वत्र बिद्वान कहलिएका र
शक्तिशाली अनार्य रावणलाइ धोका दिएर मार्छ । यस अघि उसकी बहिनी सुपर्ण खाँको नारी माथि हात उठाइ नाक काटि दिएर निउ खोज्छ । अनार्य बाली जस्ता शक्तिशाली पुरुषलाइ लुकेर छल कपट गरेर हत्या गरि दिन्छ । वीर पुरुषले छल कपट गरेर हत्या गर्दैन । यसरी सम्पूर्ण महाभारत र रामायणमा हिन्दु आर्यहरुलाइ हिरो बनाएर अनार्यको नास गर्न सिकाएको छ र अनार्यलाइ हनुमान जसतो बल भएर पनि ‘तिनीहरुकै सेवामा लाग्नु पर्छ” भत्रे र “बलवान अनार्यलाइ धोका दिएर भए पनि मार्नु पर्छ भत्रे षडयन्त्रकारी र धोकाबाजी गर्ने पाठ सिकाएर लेखिएको छ; जुन नेपालमा यथावत कायम छ अनि हाम्रा केहीले त्यही महाभारत र रामायण पडदा र त्यसको गफ हाँक्दा आफूलाइ पूण्य भएको समस्त पाप काटिएको र महान ज्ञाता भएको संझन्छन । त्यस्तै हिन्दु आर्यहरुले अरु मुलुकका आर्यहरुलाइ ‘म्लेक्ष’ भनेर घृणा गर्ने चलन अझ पनि पाइन्छ । आफैलाइ हिन्दु बाउन कहलाइएका पूर्ण ंप्रसाद बाउन र यस हाँचकाहरुले ‘नेपालमा हालै गाइको मासु भित्राइने कुरामा’ हिन्दु राज्य अपवित्र भयो रे भनेर बारबार विरोध गर्ने प्रयास पनि गरिरहेका छन । तर बाटोमा मरिरहेको हिन्दुकी आमा गाइ मर्दा फेंक्न नआएर च्यामे र सार्कीले फेंक्दा आफू अपमानित भएको संझन्न । मेरो लेखाइको तात्पर्य बिश्वका समस्त आर्यहरुको बिरोध पनि होइन । तर केवल भारतबाट नेपालमा पैठारी भएर आएका हिन्दु आर्य र तिनीहरुले यहाँ हामी माथि नै फिजाएका, घृणा गरेका अन्याय अत्याचार र हर छेत्रकोे (राजनैतिक, आर्थिक, धार्मिक इत्यादी) दमन, शोषणप्रतिको बिरोध हो । आ६नै मुलुकमा घृणा सहेर शरणार्थी जसतो भइ बाँच्न परेको प्रति को बिद्रोह हो । म, माक्र्स, लेलिन, एंजल्स र अब्राहम लिंकन जस्तोलाइ श्रद्धा गर्छु जो आर्य नै हुन तर अन्याय र दासता प्रति बिद्रोही थिए न्याय दिलाउन
चाहन्थे । म इशुक्राइष्टलाइ पनि त्यतिकै महान व्यक्ति संझन्छु र श्रदा गर्छु जसले शोषित पिडीतहरुको पक्षमा बुलन्द आवाज उठाउंदा ३२)३३ वर्षको उमेरमा शोषक सामन्तहरुले कांटी ठोक्न लगाइ मार्न पनि हिच्किचाएनन । म नेपालका मुसलमानहरुलाइ पनि हामी जस्तै उपेक्षित र हिन्दुहरुको राजनैतिक, र्धािर्मक, आर्थिक शोषणमा पारिएका संझन्छु । मंगोल बाबु र र्पिर्सयन आमाबाट जन्मेकाहरु मोगल कहलिए तिनहिरुलाइ नै धर्मको भित्रताले मुसलमान भनिन्छन भत्रे कुराको संकेत मैले माथि पनि गरेकोछु; जसरी मुसलमानहरुमा मुर्ती पुजा गर्ने चलन छैन । त्यस्तै नेपालका अहिन्दु मंगोल राइहरुमा पनि मुर्ति पुजा गर्ने चलन छैन यसको अर्थ मुसलमानसंग दाँजेको पनि होइन तर मंगोल संस्वृmतिको नमुना हो ।
मैले माथि उल्लेख गरेको दुइ पुस्तकहरुले हिन्दु आर्यहरुलाइ हामी अनार्य भन्दा धेरै आदर्श पुरुष महान देखाएर अनार्यलाई हनुमान, बाँदरको हाँचमा लगेर राखि दिएको छ । वस्तवमा भत्रे हो भने राम यस्ता बाबुका छोरा हुन जसले तीनजना स्वास्नी राख्ता पनि नानी जन्माउन सकेन र पछि होम गरेर खिर (कसैले फल पनि भत्रे गरेको छ) खाए पछि जन्मेका छोरा हुन । के खिर खाएर नानी जन्मने कुरामा बैज्ञानिकक्ता हुन्छ ? यसको अर्थ हो राजा जनक नपुसंक थिए । रामकी स्वास्नी सीता न बाबुको टुंगा न आमाको पत्तो भएकी नारी हुन जसलाइ खेतमा भेटाइएकी हो । आज हामी बाटोमा, नालीमा, खेतमा, फेंकिएकी बालिकालाइ के भन्छौं ? देवी ? यस्ता कलंकित कुरालाइ विभिन्न रुपले ढाकछोप गरेर महान बनाइ आज भोलीका गिताँगे लेखक ले रानीहरुको विषयमा लेखे जस्तै हो । हिन्दु कै महान बेदका लेखक व्यास को थिए ? व्यास बिश्बाषी माझीलाइ बिश्वाष घात गरेर माझीकी छोरीलाइ नदी माझमा पुगे पछि डुगामा सहाराहीन देखेर
बलात्कार गर्ने बलात्कारी बाबुको छोरो । यताको कुरा उत्ता र उत्ताको कुरा यता चुक्ली लगाएर संधै दुइ जिब्रे भएर कुरा गरि पेट पाल्ने नारद दासी पुत्र हो । हिन्दुहरुका भगवान राम कै गुरु बशिष्ठको थिए ? वेश्याको छोरो । यी भगवनका बाबु दशरथले आ६नै कमारीलाइ राखेका थिए जसको कोखबाट जन्मेको छोरालाइ लक्षमण भनियो । लक्षमणले कमारीकै कोखबाट जन्मेकै कारण जीवन भर रामको सेवक भएर बस्यो तर बदलामा धोकानै पायो, घृणा र तिरष्कार नै पायो माया होइन; यस्ता व्यक्ति हिन्दुहरुका भगवन छन । यस्ताहरुबाट सिकेको पाठ कस्तो हुन्छ ? यस्तै हिन्दुहरुका अरु ऋषीहरुको कुरा छ जसलाइ कुनै मृगबाट जन्मेको, कुनै माटोको र्घैटोबाटै जन्मेको, कुनै घांसको मुठा (कुस) बाट जन्मेको, कुनै खरायोको ढाडबाट जन्मेको, कुनै
धमिराको ढिकोबाट जन्मेको भनिएको छ त कसैलाइ हातिनीबाट र कसैलाइ शुद्रिनीबाट (कमारी) जन्मेको भनिएको छ । त्यस बाहेक कृष्णका १६ हजार ८ सय ८ वटा स्वास्नी थिए भनिएको छ । बेद
पुराणमा हिन्दुहरुका पूर्बजहरुले गोरुको मासु, घोडाको मासुत्यादि खाएका र त्यसले यज्ञ गरेका प्रसस्त प्रमाणहरु पाइन्छन भने हिन्दुबादका अगुवाहरु कस्ता थिए ? त्यसको अनुसरण कस्तो हुन्छ? भत्रे छर्लंगिन्छ, जसको पिडीले हामीलाइ आज यो स्थितिमा पुराएको छ । आजको बैज्ञानिक विश्लेष्ण अनुसार ‘मृगले मान्छे जन्मायो ? आ६नै मुलुकमा शरणार्थी मात्र होइन अछुत जनजाती (फिरींंगे, बनजारा) बनाउने दुषित सडयन्त्र गरिरहेका छन । खिर खाएर राम जस्ता भगवन जन्मे, घाँसको मुठा (कुस) बाट बालक पैदा भयो; खेतमा भेटाइएकी आमा बाबुको टुंगो नभएकी सीता जन्मयो) धमिराको ढिस्कोले “पानीको घैलाले नानी जन्मायो“ भनेर कसैले भन्यो भने त्यसलाइ पागल त भनिन्छ नै र त्यसलाइ पत्याएर हिडनेहरु पटमूर्ख भनिने छ । यस्तैका
सन्तानले हांकेका छन नेपाल । यस्तैले लेखेर गएका बेद पुराणलाइ हामी अहिन्दुहरुले पनि पत्याएर हामीलाइ मास्ने त्यस्ताका सन्तानको पछि दगुर्छौ भने हामीलाइ के भत्रे नि? हामी सबैले सोच्नु पर्ने बेला आएको छ कमसेकम भावी पिडीको भलो चाहने हो भने । अतः के यहाँ शोषणहीन समाज सृजना गरिन्छ भत्रे आशा गर्न सकिन्छ ? जसका भगवन नै शोषक, छलीहरु थिए ? हिन्दुहरुले लेखेर राखेका रामायणका हिन्दु आर्य रामले अनार्य रावणलाइ मारेको खुशियालीमा हामी दशैं मनाउंछौं टिका लगाउंछौं रीण पान गरेर पनि भोज खाइ मोज गर्छौ भने हामी अहिन्दुु अनार्यले आ६नो पुर्खालाइ नास गर्नेको पक्ष लिएर आ६नो पुख्र्यौली नष्ट भएकोमा खुशी मनाएको ठहर्ने छैन र ? ठहर्छ भने हामीलाइ के भत्रे ?
नेपालको पशुपति मन्दिरमा पुजा गर्ने पुजारी दक्षिण भारतबाट नै ल्याइन पर्छ यो पनि एउटा खोज कै विषय छ. विशेष गरेर किराती हौं भन्नेहरुले किन भने पशुपति नाथ अर्थात शंकर भगवन
किरातीहरुको इश्वर (किरातेश्वर) हुन र आफूलाइ देव संझनेहरुको पनि देव ‘महादेव’ हुन भने मुस्ताङका राजा ठेंट मंगोल हुन जुन हाम्रो आंखाको अघि छन । तर उनलाइ बिष्ट (हिन्दु बाउन वा छेत्री) भनिन्छ । उसले ठकुरी राजाको फोटो आ६नो मुकुटमा राख्नै पर्छ । पछि गएर इतिहासमा लेखिने छ, “मुस्ताङे राजा विष्ट थिए” अर्थात बाहुन वा छेत्री थिए भनेर । अनि भावी पिडीले खोज गर्ने ठाउं नभए पछि ‘नेपालको मुस्ताङमा पनि हिन्दु बाहुन वा छेत्रीले राज गरेको रहेछ’ भनेर पडने लेख्ने छ; जस्तो नेपालको कतिपय इतिहासमा नेमुणी ऋषीको कल्पित नाम र देन विषयमा लेखिएको छ । नेपालमा हामी अहिन्दु यहाँका मूल बासिन्दा मंगोल (अनार्य) प्रति हिन्दु आर्यहरुका लगातारको सिरीङखला वद्घ राजनैतिक, आर्थिक, र्धािर्मक आव्रmमण
शोषण, दमन, संहार चरम सीमामा पुगेको छ । सन् १५५९ मा द्रव्य शाहले धोका दिएर घले राजालाई गोर्खा दर्वारमा ठुन्काए पछि हाम्रो कालो दिन आरम्भ भयो हिन्दु आर्य को विजय । यसर्थ अब हिन्दुको विजय दशमीको रातो टिकाको दिन हामीले कालो टिका लगाइ अफसोस मनाउनु पर्छ ।
के पंचायत व्यवस्था अघि मात्र त्यस प्रकारको अन्याय हामीप्रति थियो अब रोकिएको छ त ? होइन यो संस्कारगत षडयन्त्र अझ तिब्र रुपमा जारी नै छ; जसको केही प्रमाणहरु जिउंदो जागदो अवस्थामा अझ टडकारो बनाएको छ । पंचायत व्यवस्था लागु भए पछि नेपालमा भूमि सुधार व्यवस्थाको नारा आयो; यो सुन्दा मीठो लाग्छ तर हजारौं हजार बिघा भूमि हुने क, ख वर्गका हिन्दुकोबाट कति भूमि बेसी भएर भूमिहीनलाइ बाँटियो यो जान्दा घृणा जाग्छ । जग्गा निकालिएको भए पनि एउटाबाट अर्को आ६नै वर्गकोमा पु¥याइयो भने यसको सब भन्दा बेसी मार पूर्वका मंगोल लिम्बुहरुलाइ परेको छ जसको किपट(आ६नै पुख्र्यौली राज्य) खोसिएर धेरैजसो हिन्दु आर्यहरु कै हातमा पुराउने कामभो । पृथ्वी नारायण शाहले लिम्बुहरुसंग लडाइ गर्दा पनि जित्न नसकेपछि यो लिम्बुवान (लिम्बुहरुको राज्य) लाइ लाल मोहरद्वारा पृथ्वी नारायणको राज्य कालमा मात्र नभएर शाहवंश कसैले पनि खोस्न नसक्ने खोसेको खण्डमा सन्तान नास हुने बिश्वास दिए पछि लडाइ थामिएर संझौता भएको थियो जुन चाहिँ पृथ्वी नारायण शाहबाट दिइएको लाल मोहर र चीनको सबैभन्दा ठूलो र पुरानो ताम्रा पत्रमा भएको भनिएको छ र त्यसको सकल अघी सेन बंसी राजाहरुका नाता साहघहाङ शान चिकबाहाङ थेगिमसंग भएको थाहा भएको छ । मलाइ प्राप्त त्यसको नकलमा पृथ्वी नारायण शाहले लिम्बु राजाहरुलाइ यसरी लेखेर दिए पछि संझौता भएको थियो ।
श्री
श्री
श्री
श्री
श्री श्री श्री
नायप
श्री
रामजी
पशुपतिजी
म महाराजाधिराज
म जङ्गदेव नाम पृथ्वी
नारायेणी शाहा
बहादुर स्मशेर
प्रथम ताम्रम पत्रम
स्वास्ती श्री श्री श्री गिरीराज चक्र चुडामणी नर नारायणी इत्यादि बिरुधावली श्री बिराजमान मनमन्त श्रीमान राजा महाराजाधिराज श्री श्री श्री श्री श्री बडामहाराज श्री पृथ्वी नारायेणी शाहा बीर स्मशेर श्री जंग श्री देव नाम समर बिजये नामा.
स्वास्ती श्री श्री श्री राज विविध बंशावली आगे ताहा तादा देखिन किरात मुलुक बराह)छेत्र साङमा )हाङ गड, लोहाङ गड इलाम मोरोङ गड, साक्ली गड, गडसाङ इत्यादि बिबिद पुस्ता राजवंशी अपुंगेराज थामी लियौं । अरु राजा रजौटा साखा मासिने, तिमी किराते सोर नमासिने हो । तिमीहरु मैले जानेको छू । अगी दश पुस्ता चक्रवर्ती सम्राट हो । माङध वंशी राजा हिजु अधिराज भयेका कारण तिमीलाइ कोइ राजाले मसाउन सक्दैन । अगी चिन तिब्बत र अरु राजा बासाहरुकाबाट पनि अनादी काल देखिन, तिम्रो वंशमा समर्थन लियी दि आयाका मैले जानेको हेरेको हूं । म मेरो लाल मोहर ताम्रा पत्रमा बाँधी बाचा बोल कबोल गरी सदाका लागि बकसेका हूं । अगर म मेरा नातामा पछि बंशले यो ताम्रा पत्रमा मेरा बचन मेरा भलोमन धरम बिधानलाइ र तिम्रो राजाबाट पीछे खोसेमा सुरज चन्द्र आकाशका तेतिसकोटी देवता र पातालका नाग नगेनी, पृथ्वीका मानी पूजी लिएका देवी देवताले मेरो पनि पुरै सदा राजपाट रिस्ता नाता वंश भंग भषम गरोस । लिम्बुवानको उघो जगर खोला पाँजा, उभो वगर तितेमा छ । जगर बगर महाभीर पाखा पखेरु थाकसीङ कालसीङ सुरपा चपके, खेबा मौजा हैकम मइर राजपाट मुकुट गडी राज देश भेष तिरो भारो कर खायेन पायेन रकम हकदाक मजुरका दश लिम्बु सत्रथुम आयुधा पति तम्रो अखतियार नामा जिमो जेल भूमि रहुन जेल श्री श्री पाखरे हाङ चोत्साहाङ थेर्गेक हिमहाङ सब तेरा । जय श्री पशुपती नाथ जय श्री
राम । इति श्री सम्बत १८१४ साल मिति श्रावण सुदि १८ रोज २ बार (अगष्ट २, १७५७ मंगलबार) मुकामा श्री कान्तीपुरी भवन, गोरखराज मत्र्यमण्डल शुभ शुभम । एकातिर हामी उक्त लाल मोहरलाइ गहिरिएर हेर्दा पंचायत व्यवस्थाले पृथ्वी नारायण शाहको बचन बद्धतालाइ लत्याइ दिएर किपट खोसिदिएको पाउंछौं भने अर्कोतिर यसमा भएका नामहरुले हामीलाइ अर्को तथ्या पडन सजिल्याउंछ । पृथ्वी नारायन शाहले हिन्दु देव देवतालाइ साक्षी राखी खाएको कसमले अब भस्म गर्छ गर्दैन हेर्नुछ ।
मैले माथि लेखेको छु ५ औं र ६ औं शताब्दीताका तिब्बतले नेपाललाइ शाषण गरेको थियो । यो लाल मोहरमा हामी के पाउं छौं भने आज पनि नेपालका मंगोलहरुमा र हाम्रो तामाङ र लिम्बुहरुको नाममा “ङ” अक्षर धेरै नै प्रयोग भएको पाउंछौ र ठीक त्यही कुरा हामी चीनिया मान्छे र गाउं ठाउंका नामहरुमा पनि पाउंछौं । यो “ङ” अक्षर जसरी मंगोल हाँचका तामाङ र लिम्बुहरुमा पाउंछौ त्यसरी नेपालका गाउं ठाउंहरुमा पनि र तिब्बती नाममा पनि यो “ङ” अक्षरको प्रभाव गहिरो पाउंछौं । जस्तै सुलुबुङ, भोटाङ, सिकिम (सुहीम) का नामहरुमा पनि पाउंछौं । उदाहरणको निम्ति हेरौं चीनका मान्छेहरुको थर र नाम डेङ स्याओ पेङ, माओत्सेसुङ, जाओज्याङ, लिपेङ, हूवाआ
बाङ, जोङ नानही, डेङ चीङ चाओ, सी जोङ सुङ, पेङ जोन, चाङ मिङ क्वीङ, सी हाङ, दे चाङ जोङ जियन पिङ त्यादि । चीनका गाउं ठाउं नदी नालाको नाम)चाङ, तुङ हाङ, ग्वाङ जू, होङकोङ, बिजीङ, साङ घाइत्यादि । नेपालका मान्छे र थरको नाम)चेमजोङ, इन्द्र हाङ, बज्रहाङ (लिम्बु) तितुङ(तामाङ) सिलिङ, थिङ (तामाङ) खापुङ, खपांगे (मगर), छिरीङ, घिसिङ, (तामाङ) चामलिङ (राइ) चोङहाङ, सुहाङ, पेङ दोर्जे बलिहाङ साङपाङ लोरुङ, फेजीङ त्यादि । नेपालका गाउं ठाउंका नामहरु)छाङ, बागलुङ, लमजुङ, मोरङ, धादिङ, बझाङ, कोलबुङ, छिनताङ, सेराङ, च्याङथापु, इम्बुङ, मेमेङ, फर्किङ, थुलुङ, खाम्लाङ, वालिङ, चोमुलुङ (माउण्ट एभरेष्ट) आङसाङत्यादि । नेपाल बाहिरको छिमेकी इलाकाका मान्छेका नाम र गाउं ठाउंको नाम मारछोङ छोग्याल (१५ औं शताब्दीका तिब्बती लेखक) रिङ स्पुङपा १५८६ तिरका तिब्बती लेखक) केरुङ (नेपाल) तिब्बतको युद्ध भएको ठाउं) लिसिङ चोङ
(लाप्चे) लाचुङ, लिचेङ, दोर्जेलिङ, खरसाङ, सुदुङ कालेबुङ, बुङथिङ
(लाप्चेको बिजुवा) बुङकुलुङ, पेरुङ, तुर्लुङ, फुर्लुङ, खोङगी (चोयाको बुनेको वस्तु) शिलाङ, च्याखुङ (सिकिम) जोरथाङ (सिकिम) सामसिङ
(डुवर्स) टुङत्यादि । शताब्दीऔं देखि हिन्दुहरुले यहाँका बासिन्दालाइ हर छेत्रमा दबाएर एक लौटी दबाब दिएर शाषण गर्न पाएको भएता पनि र गाउँ ठाउँको नाम, मान्छेको नामहरु हिन्दु करण गरेता पनि रहल पहल उक्त नामहरुले अझ पनि सत्या र तथ्याका इतिहास भनिरहेका छन । तर खोज्ने भन्ने र लेख्ने बुद्धि र आंट यसकारण भएन की
राजनैतिक शक्ति हिन्दुको हातमा छ । चीनसंगका गाउं ठाउं र नदी नाला मान्छेका नामहरु र त्यस भेकका मंगोलहरुको गाउं ठाउंका नदी नाला र मान्छेका नामहरुमा सामानजस्य आएको कारण मध्येमा यो पनि अर्को एउटा कारण हो । नेपालका मूलबासी मंगोललाइ नेपालमा
पैठारी हिन्दु आर्यहरुले क्रुरतापूर्वक दबाउन यिनीहरुको धर्म राजनीति, संस्कृति, भाषा, लिपी त्यादि माथि आक्रमण गदै नष्ट गर्न गराउनमा कुनै पनि कसर बाँकी राखेनन र राजनैतिक र आर्थिक स्थिति भताभुङ बनाइ दिने षडयन्त्र जारी राख्दै आएका छन । राजनैतिक शक्ति हातमा भए पछि अर्को थरीलाइ पिस्न धेरै सजिलो पर्छ भनेर मैले माथि पनि भनेको छु; किन भने राजनैतिक शक्ति हातमा हुनेको हुकुममा पुलिस, सेना हुन्छ, जेल, नेल हुन्छ राज्यको ढिकुटी र नीति निर्धारण गर्ने अधिकार हुन्छ । त्यसै कारण हामी अहिन्दु मंगोलले (अनार्यले) आर्यले अनार्य मारेको आ६नै वंशजलाइ नास गरेको खुशियालीमा दशैलाइ चाडको रुपमा मनाउछौं भने हाम्रो आ६नै चाड तिहारको भाइ टिका देउसी र भैलोको महत्व कम गराउन सबै भन्दा पहिलो भैलोको दिन हिन्दुहरुले लक्ष्मी पुजा राखिदिएर हाम्रो चाडको महत्व लोप गराइ दिएका छन । लक्ष्मी र सरस्वती ब्रम्हाकी छोरी पनि हुन र स्वास्नी पनि ।
भैलो देउसी र भाइटिकाको सुरुवात कसरी हुन्छ भने धेरै वर्ष अघि हाम्रा एक जना ज्यादै दयाशील र दानी राजा बलिहाङ थिए । एक पल्ट राजा बलिहाङ ज्यादै सिकिस्त बिरामी हुंदा सबैं प्रजा बडो दुखित भएर त्यस राज्यको वातावरण औंसीको रात जस्तै अंध्यारो भयो । प्रजाको अनुहार पनि दुखले त्यस्तै अंध्यारो भयो । राजाले पनि ‘मलाइ बचाउने इश्वर बाहेक कोही छैन उसैलाइ बरदान माग’ भत्रे सल्लाह दिए । मृत्यु शइयाबाट सल्ला दिए पछि सारा प्रजाले आ६ना दयाशील राजाको प्राणको निम्ति ईश्वरसंग प्रार्थना गरिदिए । संयोगबश राजा बांचे । राजा बाँचेको खुशीयालीमा सबैले बत्ति बालेर खुशियाली मनाए । अंध्यारो वातावरणलाइ उज्यालो पारिदिए । यो वलि नभएर रामले
मारेको बाली हुनु पर्छ । परन्तु अब हामी राजाहरुलाइ महत्व नदिने युगमा छौं ।
बलिहाङले आफू बाँचेको समाचार आ६नो विस्तृत राज्यमा
सबैलाइ सुनाउन तरुणी र तत्रेरीहरु ठाउं ठाउंमा पठाए तिनीहरु गाउंदै रमाउंदै गए । किन भने त्यस ताका समाचार पत्रहरु र रेडियो टेलिभिजन थिएन । त्यसरी गीत गाउंदै गाउं गाउं समाचार पुराउने त्यस ताकाको चलनलाइ आज हामी भैलो र देउसीले चिन्छौं । आज पनि भैलो र देउसी खेल्नेहरु भत्रे गर्छन)“ हामी आफै आएको होइन बलिराजाको (बलिहाङ) हुकुम हुंदा आएको हामी)” भनेर—आजभोली यी सबै अहिन्दु चाड पर्वहरुलाइ पनि हिन्दु करन गरिंदै लगेकोले अवशेषमात्र वांकी छ । यसो हुनुको कारण हिन्दुहरुको प्रभुत्व जमेको ले हो । त्यसरी राज्यको टाडो टाडोसम्म राजा बांचेको समाचार दिएर फर्केने दाजू भाइ दिदी बहिनीहरु फर्केर आए पछि तिनीहरुले खुशियाली मनाए । चेलीहरुले माइतीलाइ टिका लगाइ दिए माइतीले चेलीलाइ श्रदा देखाए । औंसीको दिन नेवारहरुको (मंगोलको एउटा हाँच) नयाँ वर्ष आरम्भ हुन्छ । तर हाम्रो चाडलाइ धमिल्याउन त्यसै दिन लक्ष्मी पुजा भनेर राख्ने षडयन्त्रकारी राजनैतिक सत्ताधारीको हातमा भएकोले हिन्दु आर्यहरु सफल पनि भए । यसरी यहाँका मूलबासी मंगोलहरु मध्येको नै माथि उल्लेखित प्रतीज्ञा गरेर थामी दिएको भूमि लिम्बुवानको किपट जसरी पंचायत व्यवस्थाले निर्मुल गरेर धेरै जसो भूमि उही हिन्दु आर्यहरुको हातमा पर्न गयो भने यहाँ भारतबाट मोगलहरुको डरले सुइंकुच्चा ठोकेर शरण पाएका क र ख श्रेणीका हिन्दु शरणार्थीहरुको मनुबादी (हिन्दूहरुको राजनैतिक दर्शन शास्त्री) जस्तो कुटिल नीति पूर्ण षडयन्त्रले (पश्चिममा, ग्ुरुङ (तमु) मगरको राज्यहरु पहिले नै स्वाहा पारिसकेका थिए र माथि उल्लेखित आ६नो रीति थितीमा हिन्दुकरण गरिदिएर र आ६नो पुर्खालाइ (अनार्य) मारि दिएर आर्यहरुले खुशी मनाएको तिनीहरुको चाड हामीमा लादिदिएर आजको हाम्रो पिडीले अन्धा धुन्ध खुशी मनाइरहेको छ । जब कि सही अर्थमा रावणको हत्या प्रति दुखित हुनु पथ्र्यो; द्रव्य शाहाले घले राजाको टाउको ठुन्काएका
दिनमा पुर्खाको रतगको रातो टिकाको ठाउंमा कालो दुर्दिन आरम्भ भएकोले कालो टिका लगाउनु (टिकाको दिन) पथ्र्यो । आफनो पुर्खा मारिएको दिन रमाउने ? हामीहरुको राज्य यी भारतबाट भगुवा भएर आएकाहरुले लडाइ गरेर जितेका थिएनन् मात्र हाम्रो अनभिज्ञाता र सोझो पनको फायदा उठाउने षडयन्त्रले हडपेका थिए । त्यसैले हामी प्रति राजनैतिक, आर्थिक, धार्मिक, शोषण गर्दै हाम्रो अर्थतन्त्र धर्म र संस्कृति नष्टगराउन यिनीहरुलाइ सजिलो पनि भयो । तर राइ, लिम्बुले धेरै पछिसम्म आ६नो राज्य, धर्म, संस्कृति, भाषा, लिपीको निम्ति ठटेर साम्ना गर्न पछि परेनन । त्यसैले हिन्दुहरुले छल बलले फंसाए पछि तिनीहरुलाइ नेपालको सेनामा आजसम्म पनि राख्ने काम गरेन र तिनीहरुलाइ मात्र किराती (जंगली जाती) भनने चलन आर्य हिन्दुहरुले चलाए । वस्तवमा बृहत सोचाइमा नेपालका समस्त मंगोल अर्थात तिनीहरुको शब्दमा किराती (जंगली असभ्य) हो । जस जसले हिन्दु आर्यहरुको कपटपूर्ण नीति र आ६नो राज्य, धर्म, भाषाको निम्ति साम्ना गरे तिनीहरुलाइ किराती भनिन्थ्यो । जसरी भारतमा एउटा भिल भत्रे मुलबासी छ तिनीहरुले पनि हिन्दु आर्यहरुको बिरोधको साम्ना गरेकाले तिनीहरुलाइ भिल भनिएको हो ; भिल जसको अर्थ ‘सुंगुर’ हुन्छ । हिन्दुको अर्थ फार्सी शब्दमा घृणित अर्थ लाग्ने लुटार शब्द भए जस्तै ‘भिल’ हेपेर भनिएको शब्द हो । राजनैतिक सत्ता आफूहरुले हत्याए पछि एकातिर हाम्रो सबै लुटेर भुटने सडयन्त्रमा फसाउन पट्टि यिनीहरु लागेका थिए भने अर्कोतिर संस्कृतिमा पनि बिकृति रुप ल्याइदिनको निम्ति र मूल कुरा आ६नो भावि पिडीलाइ बिर्साइदिनको निम्ति डर, धम्कीको शक्ति प्रयोग गरिनथ्यो । तर आ६नो संस्वृmती र भाषाको निम्ति पनि आ६नो राज्य र धर्मको निम्ति जस्तै मरि मेटने लिम्बुहरुले बिरोध गरिनै रहंदा ‘विद्रोह होला र त्यसलाइ कज्याउन नसकिएला’ भनेर फेरि आ६नै संस्कृति कायम गर्ने आदेश पनि जाहेर गरिएको थियो ।
उदेक लाग्दो कुरा पुर्वमा लिम्बुहरुले पश्चिममा घलेहरुले पनि गोरुको मासु, तिते माछा, भीर मौरीको मह खान नपाए पनि कर चाहिं तिरी नै रहनु पथ्र्यो । केही वर्ष कर डरले स्वीकारे पनि पछिबाट बिरोध हुंदा फेरि यसो नगर्ने हुकुम गएको हुन्छ । त्यसलाइ निम्न पंक्तिले प्रमाण गर्छ । स्वस्ती श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरुणपूर्व मेची पश्चिम भर लिम्बुवानका सुब्बा गैह ४३ सालदेखि ६१ सालसम्म दशैमा सुब्बालाइ रांगा काटनमा टण्टा लागेको थिएन । ६२ सालमा हेम कर्ण थापा सुब्बा भै आउंदा तिमीहरुले रांगा काटन पर्दामा टण्टा लाउंदा ६२ सालदेखि, ‘टण्टा लागिरहेछ । अब उप्रान्त हाम्रा सवा कामले रांगा काटन सक्तैनौं’) अघिदेखि चलि आएको हाम्रो थिति चलाइ बसे हामी खुशी छौं’; भनी काजी नर सिंह थापा मार्फत हाम्रा हजुरमा जाहेर भयो । त्यसर्थ “अब उप्रान्त अघिदेखि थुम थुमका लाल मोहर बमोजिम गरि ली दशैंमा रांगा, बोका काटनु सुब्बाका घरमा सक्ने, हुनेले रांगा, बोका काटनु नसक्ने, नहुनेले नकाटनु” भनी थिति लाल मोहर बाँधीबकस्यौं । इति सम्बत १८९१ साल मिति बैसाख बरी १४ गते ४ शुभम. (एप्रिल २५, १८३४ बिहीवार) पश्चिमी भेगमा तमुहरुलाइ (गुरुङ) गिर्वान युद्धले रांगाको मासु खानै पर्ने हुकुमी सासन चलाए । त्यसपछि उनको छोरा राजेन्द्र विक्रमले लामा र ध्याब्रिङ हटाइ बाउनको खुट्टा ढोग्न लगाए; दछिना गर्नु पर्ने थिती बसाए । पुर्वमा लिम्बुहरुलाइ रांगा भैसी खानुपर्ने जनै भिर्न पर्ने हटाइ बाउनको खुट्टामा ढोग्नु पर्ने, दान दक्षिणा गर्नु पर्ने थिती बसाइ दिए हुकुम गरे ता पनि लिम्बुहरुले खासै टेरेनन ।
आज सुहिममा (सिकिम) लिम्बु भाषा, संस्कृति, लिपीको विकास गर्ने छुट पाइरहेको छ । त्याहाँ स्कूलमा १ क्लासदेखि १२ क्लाससम्म लिम्बु भाषको पडाइ हुन्छ, लिम्बु भाषामा उपन्यास, पत्र, पत्रिका निस्कन्छ । तर उदेक लाग्दो कुरा के छ भने नेपालमा यहाँका हिन्द आर्यको अघि यहाँका मूलबासीहरुको भाषा, संस्कृति लिपी र धर्मको कुरा ग¥यो भने ‘सामप्रादायिक्ता गरयो भन्ने आरोप लगाइन्छ जब की सामप्रदायिक्ता तिनीबाट गरिएको छ । कस्तो बिडम्बना आ६नै मुलुकमा आफू थिचिएर पिसिएर बस्नु पर्ने । सिकिममा त्यहाँका राजाहरुले पनि हाम्रो हितार्थ र सुरक्षार्थ कतिको संरक्षण दिएका थिए त्यो यस तथ्याले प्रमाण गर्दछ । लो)मेन)चोङ सिकिमको नाम । राजालाइ बाबु सरह अपनाइनु पर्छ; लेप्चालाइ आमा सरह आदर गर्नु पर्छ भने लिम्बुहरु अर्थात चोङहरुलाइ त्यसै जहानका छोराहरु हुन भत्रे सम्झनु पर्छ । यिनीहरु सबै जना मिलेर लो)मेन)चोङको नामको परिषदद्वारा राज्य चलाइनु पर्छ । लो=लो पहा=भुटिया, मेन=मेनपा=लेप्चा, चोङ=लिम्बुहरु साथ साथै मगरहरु ९ीय.ीयउ एजब.द्यजगतष्बक, ःभल.ःभलउब.ीभउअजब बलम ऋजयलन.ीष्mदगक, ःबनबचक० यिनीहरुको प्रतिनिधित्व हुनु पर्छ; परस्परमा झगेडनु, लडनु, हुंंदैन । यदि यी तीन समुदायकाहरुले एक अर्का प्रति कुभलो चिताएको खण्डमा तिनहिरुलाइ प्रतीज्ञाले पिरोल्ने छ; दुख दिने छ ।
यस राजकीय घोषनानुसार राजा फुन चो नाम ग्यालले लिम्बुहरुलाइ पुरा स्वयत शाषण प्रदान गरेका छन । “चोङ, सुब्बा अथवा लिम्बु प्रमुखहरुलाइ सुब्बा नामले आ६नो जिल्लामा शाषण गर्ने पुरा अधिकार दिइन्छ, तिनीहरुले जम्मै सुविधाहरुको उपभोग गर्न पाउने छन र आ६नो बंश परंपरानुसार सभामा धार्मिक रीति थिति चलाउन पाउने छन, त्यस धार्मिक उत्स्वमा राजकीय ढोल ढयाँग्रो नगरा ९एभचष्नभ० अर्थात पशुको छालाले बनेको ढोल ठटाउने अधिकार छ.।
यारसा राजदरवारका राजाको हुकुम बमोजिम
तारिक; पृथ्वी र भेडा वर्ग,
(सालुक दाबादून चि २७ यरसा)
किन्तु हामीले आ६नै मुलुकमा आर्यहरुलाइ यति बिश्वास ग¥यौ की हामी आफू हनुमान र गाइने बनि दिने भन्दा बाहिर केही सोचेनौ र आ६नै मुलुकमा सुरक्षा पाउनुको अलवा मासिएर गएका छौं । आज नेपालको ६० प्रतिशत भूमि बाउन छेत्री दुई जातको हातमा छ; जसको जनसंख्या मात्र नेपालको जन संख्याको २० प्रतिशत मात्र छ; भनेर मैले धेरै पल्ट लेखेको छु भनेको छु । अब ३० प्रतिशत जग्गा जंगल छ । ६०+३०= ९० प्रतिशत जग्गा गयो । वांकी रहेको १० प्रतिशत जग्गामा २)३ प्रतिशत जग्गा हिउं र ढुंगे पाखा होला रहल ७ प्रतिशत भूमि यहांका मूलबासी अहिंदु ८० प्रतिशत मंगोलको साथमा छ भने हामी भूमिहीन खाली हात बनाइएका छौ ।
थोरै वर्ष अघि हामीले लुम्बिनी अंचलको केही मदेसका इलाकाहरुमा जहाँ सबै गाउं ठाउं र मुलुकहरुबाट आएका बाउन छेत्री र हाम्रा मानिसहरु बसेका ठाउंहरुमा अध्ययन गर्न लगाउंदा यी गाउंहरुमा के पायौं भने जहाँ बाउन छेत्रीहरु छन तिनीहरुलाइ बसाउने राजाको सर्कारले दुइ वर्षभित्रमा नैै चार बिघाको दरले जगा बांटने काम भयो र त्यहाँ सिचाइ, स्कूल, ब्यांकत्यादिको दिइनु पर्ने सुविधा पुराइयो । तर यहाँका मूलबासीको घनत्व भएको ठाउंमा एकदेखि ढेड बिघाको दरले मात्र जग्गा बाडने क्रम चल्यो, त्यही पनि आजसम्म कतिपय ठाउंमा तिनीहरुको नाममा दर्ता गएिको छैन र भकुण्डो मात्र बनाइ बसाइएका छन; पाउनु पर्ने सुविधा दिनेकाम त परै रहोस उठिबास गराएका छन । यस्ताहरुमा हाम्रा मानिसहरु सेनाबाट फर्केकाहरु छन । हाम्रा मानिसहरु अध्ययन गर्न गएका गाउंहरु हुन)नवलपरासी, त्रिवेणी, सुस्ता, पक्लीहवा, नरसही, प्रतापपुर, ख्द्रपुर, पिपरयाम, हर्नैया, बानकासीया, छपिया, दाबानगरत्यादि छन । हामी बुद्ध मार्गीहरु भएर होला शायद हामील
सिकिमे राजाको
रातो लाहाछाप
हामी माथि भएको धलीमली सोसन, अन्याय र अत्याचार यतिका पुस्तासम्म पनि सहेर बसेका छौं कि जुन बेहद भएको छ र अब अत्याचारको ग्यास यसरी गुम्सेको छ त्यो एक दिन नराम्रो प्रतिक्रियामा फुटने सम्भावना छ । त्यो फुटाइ बदलाको भावनामा परिवर्तन हुन सक्ने छ । यसको ज्वालन्त उदाहरण १९५० को लिम्बुवानको चर्को घटना हाम्रो अघि छ । त्यो त्यसताका एक इलाकाको मात्र थियो भने अब भविष्यमा मुलुक व्यापी हुन सक्ने सम्भावना छ । त्यसताका कुमाइ बाउनहरुले लिम्बु मास्ने षडयत्रमा कंग्रेसी नेताहरुलाइ लेखेका चिठी र हतियार मागेका कुरा लिम्बुहरुले थाहा पाएका थिए; जसको परिणाम त्यसताका सिमित छेत्रमा त्यसरी निस्क्यो । त्यो चिठीको केही हरफ यस्तो थियो; “हामी सबै जना कंग्रेसी भइ लिम्बुहरुलाइ धोका नदिइ हामी शान्तीको सास फेर्ने छैनौं, यो बुझि यो काममा कोशिष गर्नै पर्ने ठानि बक्सेला .... भनी लेखेका थिए । भदौ ५ सोमबार २००१ सालमा (अगष्ट १९, १९५० सोमबार) नेपालमा हाम्रो कुन दुदर्शा भएर गइरहेको छ; त्यस माथि हामी नेपाल संकटमा ९ल्भ्एब्ी क्ष्ल् ऋच्क्ष्क्क्ष्क्० नामक पुस्तकको केही डेटा हेरौं । यो पुस्तक तीन जना लेखकहरुले नेपालका पश्चिमी २ मध्य भागमा अध्ययनरत भएर लेखेका हुन र अक्सफोर्ड यूनिभर्सिटि प्रेसले १९८० र १९८२ मा गरेर दुइ
संस्करणहरु प्रकाशित गरिसकेको छ ।
नेपालको जनसंख्या ) बाउन छेत्री ) २२.८ प्रतिशत, अरुहरु ) ७७.२ प्रशाषणमा सचिव र त्यस भन्दा मुनी छेत्री ) १०२ (९२.८) बाउन ) ९७, नेवार र अरुहरु ७.२, यसले के छर्लंगाएको छ भने नेपालको पुरै जन संख्यामा बाउन छेत्री २२.८ प्रतिशत । (बाउन छेत्री विभाजन गरे अझकमी) मात्र भएता पनि प्रशाषणको स्यांठै पदहरु तिनीहरुले हत्याएका छन; जसको प्रतिशत ९२.८६ भने ७७.२ प्रतिशत हाम्रो संख्या ले ७.२ प्रतिशत मात्र । अब हामी नेपालको सेना तफ
उच्च पदहरुमा हेरौं । सेनाको उच्च पदहरुमा ९क्भलष्यच० बाहुन छेत्री
गरेर (सन्यासी २.१ र कायस्त .५) पनि जोडेर ८१.११ देखाइएको छ । तर यसमा परेका सबै उक्त तथ्यांक १९६७ सम्मको हो । यसै गरी यस पुस्तकले राष्ट्रीय तहको प्रशाषणमा १८५४ देखि १९६५ सम्मको तथ्यांक यसरी पेश गरेको छ ।
१८५४ १९५० १९६५
पहाड तराइका बाउनहरु ३१ ४०.३% १९ ३८% ६८ ४०%
छेत्री र राजपुतहरु २२ २८.६% ५ १०% ५२ ३०.६%
नेवार २२ २८.६ २६ ५२% ३४ २०%
पहाडका अरु समुदाय २६ ९ ५.३%
हिन्हु तर तल्लो जात २ १ ०.६%
मुसलमानहरु ० ५ २.९%
मदेसका अरुहरु ०१ ०६%
७७ १०० ५० १७० १००%
झण्डै एकसौ वर्षसम्म (१८५४)१९५०)बाउन छेत्री ४०.३+२८.६=६८.९ थियो । तर १९५०)१९६५ सम्म १५ वर्षको अवधीमा यी दुइ ‘क’ र ‘ख’ श्रेणीका हिन्दु (बाउन र छेत्री) हरु ४०+३०.६=७०.६ पुग्न गएको छ । मैले चाहिं १९८४ सम्मको मेरो अध्ययनको डेटा दिएको हो । यस तथ्यांकले पनि नेपालका पहाडी भेकका लडाकु मंगोल र तराइका थारु धिमालत्यादि (सबै अनार्य मंगोल) कुन अवस्थामा
राखिएका छन र पछौटाएका छन त्यो छर्लंग छर्लंगिएको छ । हामी ठूलो मात्रामा विदेशी मुद्रा कमाएर भित्राइ दिने शोषित, पिडीत र उपेक्षित समुदाय हौं । आ६नी आमाले पनि आफैले जन्माएका छोरा छोरीलाई भोक लागेर नरोइंजेल दुद नचुसाउने आजको भौतिकवादी युगमा हाम्रो घरमा हाम्रै गांस, बास खोसेर खाइ हामीलाइ नै शताब्दीऔं टांट
उल्डाइ शोषण गर्न पल्केकाहरुले हामीलाइ आ६नो अधिकार नमागी दिने र मुखले मात्र मागेर दिन्छन् भन्ने आशा गर्नु पनि के मुर्खता नहोला र ? यदि दिए नै भने पनि दयाको पात्र भएर मागिएको बस्तु दाताले कति देलान र ? यस कारण हामी संयुक्त रुपमा उभेर एक स्वारले आफनो सामुहिक अधिकारको निम्ति विउंझेनौं भने हामी प्रत्येकको हरेक तहको सबै ढोका यसरी नै हाम्रो र हाम्रो भावी पिडीको निम्ति एक पछि अर्को र अर्को पछि अर्को गर्दै बन्द भएर जानेछ र हामी अंध्यारोमा बाटो हराएको बटुवाको स्थितिमा पुग्दै जाने छौ । हामीलाई घर न घाटको मुलुक विहीन जनजाती अर्थात बनजारा, फिरीगे बनाइने छ, । हुन त’ हाम्रो सामुहिक आवाज चर्केला, हाम्रो भावी पिडी विउंझेला र हाम्रो साझा शतु्र चिनिएला’ भनेर हामी हामीमा नै लडाउने, भिडाउने र हाम्रो रहल पहल सबै खोसिदिने चाल पनि प्रलोभन डर, त्रासत्यादिद्वारा भइरहेको छ । तर अब त यिनीहरुको भावी पिडीले हामीलाइ परस्परमा लडाएर भिडाएर, हाम्रो सर्वस्व लुटेर आज हामी जुन अवस्थामा
पुराइएका छौं र कहाँ उभेर हेरिरहेका छौं त्यो धेरै बुझिसकेको हुनु पर्छ । अर्को पाठ हामीले भारतमा अंग्रेजको आ६नो शाषण डग्मगाउन गएको देखे पछि तिनीहरुले त्याहांका बिभित्र धर्म र सामप्रदायकाहरुलाइ परस्पर लडाउने सबै उपायहरु अपनाएता पनि र प्रलोभनमा पर्नेहरुलाइ लोभाउने; आ६नो अधिकारमा नडग्मगाउनेहरुलाइ पिरोल्ने, डर धम्की देखाउने, गोली, ठोक्ने र जेल नेलको सजाय भोगाउने गरेता पनि भारतका सबै धर्म र सामप्रदायले साझा शत्रु अंग्रेजलाइ नै ठानेर सबै प्रति शोषण र दमन गर्ने शत्रु चिने पछि र त्यस प्रकारको षडयन्त्र बिफल पारे पछि सामुहिक हीतमा सबै जुटेका थिए भने नेपालमा पनि त्यस्तो दिन नआउने भन्ने छैन । यदि समयमा नै बुद्धि पुराएर काम गर्ने र सबै मूलबासी मंगोलहरुलाइ पनि अधिकार दिने तर्फ सोचिएन भने ।
नेपालका लडाकु समुदाय ९ःबचतष्ब िच्बअभ० ले बिदेशबाट कसरी बिदेशी मुद्रा भित्राउंछ त्यसको सानो उदाहरण यहाँ पनि लेख्नु आवश्यक ठान्दछु जुन चाहिं आँखि झयाल हो । हुन त यस्ता अनगिन्ती उदाहरणहरु हाम्रा बिदेशिनु परेका गोर्खाको जीवनमा छ तर नाकान गुरुङको चाहिं रोचक पनि छ । भारतको गोर्खा रेजिमेन्टमा सबै भन्दा पुरानो फष्ट गोर्खा राइफल्स हो, जसको जन्म १८१५ मा भएको हो । अंग्रेजले शाषण गर्दादेखिको त्यसै फष्ट गोर्खाको सेकेण्ड बटालियनमा लमजुङको फुर्सा (?) निवासी १९ वर्षको लर्के उमेरमा कैयौं सपनाहरु बोकेर भर्ति हुन्छ । १९२९ मा । १९३९ देखि छेडिएको दोस्रो विश्व युद्धमा जापानीहरु भारत, मलायासम्म पनिआइपुगेका हुन्छन र तिनीहरुलाइ रोक्न गोर्खा रेजिमेन्ट १९४१ मा मालाया पठाएको हुन्छ । २)१ (सेकेन्ट फष्ट) जुन चाहिंमा नाकान गुरुङ थियो; उ पनि मलाया पुग्छ । मलायाको घनघोर जंगलमा पहिलो पल्ट लडदा लडदै उसको बटालियनमा सबै जना सोतर भएर मर्छन; मात्र १७ जना बांच्छन । त्यसताका छ दिनसम्म एक गेडा अन्न मुखमा नपर्दा शरीरमा भएको रगत पनि त्यस जंगलमा लचेप्रै लाग्ने जुकालाइ खुवाउदै ६ दिन सम्म हिडे पछि सातौं दिनमा ब्रिटिश हेड क्वाटर आइपुग्छ । देश्रो पल्ट तिनीहरु जापानी आक्रमणलाइ रोक्न र तिनीहरुलाइ अघि बडन नदिनुको निम्ति ‘हुकुमलाइ जवाब छैन’ को सिद्धान्तमा अडेका गोर्खाहरु फेरि जंगल पस्छन । त्यसताका नाकान गुरुङलाइ औलोको जरोले समातछ र जरोले चेप्दै लैजान्छ । जंगल अनकन्टार छ, आक्रमण जारी छ, तर न औषधी उपचार छ न डक्टरको संरक्षण पाइन्छ । केही दिनसम्म त साथी भाइले डोहो¥याउँदै अघि बडाउंछन । तर हिंडनै नसक्ने भए पछि उसलाइ त्यसै अनकन्टार जंगलमा स्याउलाको सानो झुप्रो बनाइदिन्छन र केही आलु, सकरखण्डा, चामल र ओछयानको निम्ति रासिनको दुइ वटा बोरा, केही
मात्रामा चियापत्ति र टिफिन केरियरहरु छाडेर फेरि लिन आउने झुठो आश्वासन मात्र दिएर अघि बडछन । कसैले उसलाइ ’बांच्छ‘ भनेर सोचेन । १९४१ को चरम सीमामा पुगेको दोस्रो विश्व युद्धमा बिदेशको पटेर जंगलमा एकलै छाडिएको नाकान गुरुङलाइ दुइ हप्तासम्म त निस्लोट जरोले अचेत बनाइ दिन्छ तर त्यस पछि जरोले टाप कस्छ । शरीरमा ताकत हुंदैन; शरीर सुकेर हाड र छाला मात्र भएको हुन्छ; भोकले लखतरान भएको हुन्छ । नाकान. चार हात खुट्टा टेक्दै नजिकै बगिरहेको खोलाबाट पानी ल्याएर टिफिन क्यारियरमा चामल उमाल्छ, र फेरि बोरा माथि लडछ । यही क्रमले केही दिन बिताए पछि अलि अलि ताकत लाग्छ । हतियारको नाममा खुकुरी हुन्छ । त्यसैले सानो एरिया फांडछ र त्यस ठाउंमा आलु र सकरखण्डा रोपिदिन्छ । उसको चामल निखिं«दै गएको हुन्छ । त्यस पछि जंगली जानवरहरुलाइ पासो थापि दिने काम गर्छ; खोलामा दुवाली फर्काएर माछा पनि मार्छ । यसरी उसले एकलै जीवन निर्वाहा गर्न थाल्छ र अर्को जीवन पाउंछ । कैयौं महीना बितिसक्दा पनि कोही लिन नआए पछि एक दिन एउटा रुखको टुप्पामा चडेर चारैतिर हेर्छ तर केही देख्तैन; देख्छ त केवल जंगलै जंगल । घाम पनि नछिर्ने मलायाको जंगलमा उ गोर्खा रबिनसन क्रुसो बनेर ८ वर्ष बिताए पछि १९४९ मा कम्युनिष्ट गोरिल्लाहरुको खोजीमा पठाइएका एक प्लाटुन गोर्खा संयोगले त्याहाँ पुग्छ । लामो लामो जुंगा दा¥ही र केश, नङ भएको; एउटा स्याउलाले बारिएको झोपडीमा झुत्रो लुगामा ति गोर्खा प्लाटुनले नाकानलाइ कम्युनिष्ट गोरिल्ला नै ठानेर बाँधेर भुइंमा पल्टाउँछ र एक जनाले गोर्खा भाषामा अर्को साथीलाइ भन्छ. “गोली किन खर्च गर्ने यार यसलाइ खुकुरीले छप्काइ दिउं” । आठ वर्षसम्म एक्लै जंगलमा बिताउन परेको र कसैसंग केही बोल्न नपाएको नाकान एक प्रकारले गोंगा जस्तै भइसकेको थियो । तर भाषा
बुझे पछि उसले‘म गोर्खा हो’ भन्यो । के उदेक सबै छक्क पर्छन, सपना कि बिपना जसतो हुन्छ । पछि नाकानले सबै बेली विस्तार लगाए पछि पो ति गोर्खा पल्टनबाट नाकानलाइ थाहा हुन्छ; लडाइ थामिए छ, भारत स्वतंत्र भएछ, नाकानको रेजिमेण्ट भारतमा परेछ र त्यहाँ भेटिएकाहरुको रेजिमेण्ट ब्रिटिश आर्मीमा परेको रहेछ । तिनीहरु मलायाका कम्युनिष्ट गोरिल्लाहरुलाइ सखाप पार्नको निम्ति अंग्रेजहरुले त्यो जंगलमा पठाएका रहेछन । त्यस पछि नाकानलाइ संगै लिएर फर्कन्छ र पछि सबै चाँजो मिलाएर भारत फर्काउंछ । नाकान बाँचे नबाँचेको कुनै
रेकर्डनै हुँदैन सबैले उसलाइ मरिसकेको ठहराउंछ ।
गोर्खाले, ब्रुनोइको सुलतानको राजगद्धी थामि दिएको छ; गोर्खाले सिंगापुरको सुरक्षा गरिदिएको छ, गोर्खाले संसार भरको लडाइ लडिदिएको छ; अंग्रेजको स्वर्थको निम्ति र भारतको स्वर्थको निम्ति । १९८२ मा ७४ दिनसम्म अंग्रेजको युद्ध अर्जेण्टिनासंग भयो फकल्याण्डमा । अंग्रेजहरुलाइ हजार माइल टाडोमा अरुको समुद्री इलाका भएर गइ लडनु पर्ने थियो । बृटिश गोर्खामा भएका गोर्खा जवान उही गुरुङ(तमु) मगर, राइ, लिम्बु, तामाङ त्यहाँ पनि पुगरे लडनु थियो । सुनिन्थ्यो त्यसताका अर्जेण्टिनालाइ ‘अब तिमीहरुलाइ तह लगाउनुको निम्ति गोर्खाहरु लडन आउंदै छ; जो बीरताको निम्ति विश्व प्रसिद्ध छ । तिनीहरुको दारा र नंग्रा लामा लामा हुन्छन; तिनीहरु आकाशमा उडे आकाशमा र पातालमा पुगे पातालमा नै बिलाउने गर्छन । तिनीहरुसंग एउटा खुकुरी हुन्छ जुन शत्रुको गोली लाग्छ त्यसलाइ खुकुरीले ठुन्काए पछि मात्र तिनीहरु मर्छन ;’ भनेर प्रचार गरिएको थियो ।
यसै कारण हुन सक्छ अर्जेण्टिनाका सेनाहरुले आत्मा समर्पण गरिदिए । लडन जानु पर्ने पक्का भए पछि गोर्खाको रगत तातिसकेको थियो । एक जना सर्जण्ट राइ दुइ घण्टासम्म र्थथराएर कांपिरहेका
अंग्रेज अफसरको आँखामा सोझै प¥यो । कारण बुझदा पछि थाहा पायो अर्जेण्टिनासंग लडन जानुको निम्ति सुरिएकोले रगत तातियो तर पछि बुझदा शत्रुले आत्मा समर्पण गरिसकेका रहेछन र लडन नपाएको झोंकमा रिसले चुरमुरिएर कांपेको रहेछ । गोर्खाको रगत शत्रुको व्यवहारलाइ पनि हांसी हाँसी सही दिने तर रगत तातिसके पछि मरेको र मारेको थाहा नपाउने हुन्छ; यो तिनीहरुको स्वाभाविक गुण हो । तर यसैलाइ भिख मागेर खान पल्केका र भिक मागी खान कति पनि लाज नमात्रे बरु त्यसमा गर्व ठात्रे बाहुन छेत्रीहरु जो नेपालका बाटा घाटामा पनि साना तिना मन्दिर स्थापना गरी भिक मागेर नै बसेका पाइन्छ; भारतीय र बृटिश गोर्खामा पनि खुट्टा ढोगाएर नत्र पनि नमस्कार
गराएर तिनीहरुबाट भिक थाप्छन; ति गोर्खाका छोरालाइ नेपालमा तिनीहरुका सन्तानले गरेकै शोषण भारतीय सेना र बृटिश सेनामा गर्छन । यसको निम्ति नेपालमा आ६नै बर्गको सरकारले तिनीहरुलाइ छुट दिए जस्तै नै ति गोर्खा रेजिमेण्टमा पनि हिन्दु पुरोहितबाट शोषण गर्ने; छुट तिनीहरुसंग झुकाउने छुट; भारत र अंग्रेज सर्कारले दिएकै छ ।
त्यस्ताले पनि प्रकृतिले नै बीर बनाएको वीरताको स्वाभाव भएको हाम्रो कदर गर्नुको साटो उही हिन्दुको काल्पनिक देवीहरु ‘रण चण्डी र दुर्गाको शक्तिले’ भनेर तिनीहरुले नै जस लिने काम गर्छन । हाम्रो मान्छे धोबीको लुगा जस्तै छ जता फर्काएर चुटे पनि भो । यसमा नेपालको राजनीति बाउन छेत्रीहरुकै हातमा भएकोले बलिको बोका बनाइएको हाम्रो वर्गको बेदना, रोदन, क्रन्दन न त भारतले न त अंग्रेजले बुझने कोशिष गरेको छ; बुझेकै भएता पनि स्वर्थवस बुझ पचाएको छ । बरु नेपालको नीतिसंग हो मा हो मिलाएको छ । त्यस्तै अर्जेण्टिनाको लडाइमा गएका गोर्खाहरुलाइ पनि बाउन पुरोहित आशिष दिएर पठाउँछ ; यो कस्तो पागलपन हो । यी पुरोहीतका पुर्खा जसल
आफूलाइ देवको सन्तान ठान्छ तिनीहरुले नै पनि अब हाम्रा पुर्खा शिवलाइ महादेव ठानेकाछन, कुन ठूलो ? भिख मागी खाने शरणर्थीको सन्तान की भिक्षा र शरण दिने दाता ? कसको शक्ति बेशी? कसको बंशज शक्तिशाली र महादेव ? फेरि पनि हामी किन अन्धा धुन्द तिनै शोषक, ठग, सामन्ती बाउनरुलाइ यत्रो रगत पसिनाले अर्जेको पैसा ‘पुरोहीत’ भनेर मफतमा दिन्छौं? खुट्टामा ढोगि दिन्छौं ? अथवा नमस्कार चडाउँदै? गोर्खा सेना राख्ने सर्कारले किन राइ लिम्बुको निम्ति बाहुनको ठाउंमा फेदङबा र गुरुङ, मगर, तामाङ सेनाको निम्ति बुद्धिष्ट गुरु राख्तैन ? हामी पनि किन त्यो माग गर्देनौं ? अँ, अर्जेण्टिनामा लडन गएको गोर्खाको जोस देखेर र अंग्रेजहरुसंग लडदाको हाम्रा पुर्खाको वीरता देखेर २ सौ वर्षदेखि परिचित अंग्रेजको एक जना ब्रिगेडिएर ब्रिडाइ स्मित; ७ औं डयुक अफ एडिन वर्गसको आ६नै गोर्खा राइफल्सका कर्नल थिए; उनले १८१५ देखिनै गोर्खा ब्रिगेडले ब्रिटिश राजमुकुटको निम्ति काम गर्दै आएको छ ;फकल्याण्ड अभियानमा यसले भाग लिएर गौरव बडाएको छ । कुनै पनि मुलुकको गोर्खा जस्तो विश्वासी साथी छैन’ भनेका थिए. ृद्यचष्नबमष्भच द्यष्चमष्भ क्mष्तज, च्भनष्mभलतब िऋययिलभ िया तजभ ठतज म्गपभ या भ्मष्लदगचनजुक यधल न्यचपजब च्षभिक(ुत्जभ द्यचष्नबमभ या न्यचपजबक जबक कभचखभम तजभ द्यचष्तष्कज ऋचयधल कष्लअभ ज्ञडज्ञछ, कय ष्त धबक धजयििथ बउउचयउचष्बतभ तजबत तजभ ज्ञकत द्यबततबष्यिल या mथ च्भनष्mभलत, तजभ ठतज म्गपभ या भ्मष्लदगचनज ष्क यधल न्यचपजब च्षभिक, कजयगमि जबखभ तजभ जयलयगच या तबपष्लन उबचत ष्ल तजभ ँबपिबिलम ऋबmउबष्नल। ल्भखभच जबम ब ऋयगलतचथ mयचभ ाबष्तजाग िाचष्भलमक तजभल तजभ न्यचपजबक।े
यत्रो दुइ सौ वर्षदेखिको त्याग, तपस्या, बिश्वाष र बलिदान, प्राणको आहुतीको अलावा गोर्खालाइ क ेदियो त बृटिशले पनि ? नेपालमा एकातिर केटा केटीदेखि नै हामीले घर घरमा पल्टने बुट देख्छौं र पल्टने लुगामा बडो फुर्तिसाथ स्यालुट ठोकि उभिएका बाब
बाजेको फोटो भित्तामा टाँसिएको देख्छौं औं देश विदेश घुमेका; शत्रुलाइ मुला काटे जस्तै काटेर केराको थाम ढाले जस्तै ढालेका बीरताका कथाहरु सुन्दछन । घर छुट्टीमा आउंदा खेतमा काम गर्ने गाउंले भन्दा सुकिलो देख्तछन । पल्टनबाट छुट्टिमा आउनेहरुलाइ केटा केटी बुद्धिले संझन लाग्छ; तिनीहरु धेरै देश घुमेर धेरै जात्रे हुन्छन् र आफू र गाउंलेहरु केही पनि नजान्ने र कतै पनि नघुमेकाहरु संझन्छन । नजानी नजानी नै उसलाइ पल्टनमा भर्ना हुने रहर लाग्छ; छुुट्टिमा आएका पल्टनेहरुले देश बिदेशमा आफूले दुख पाएका कारणहरु र गाउं घर छाडन परेका, गाउं घरमा पडन नपाएका र आ६ना आमा, बाबु, स्वास्नी, छोरा, छोरीसंग बस्न नपाएका त्यसको कारण जाली, फटाहा, शोषक, सामान्तहरु भएका यो पद पनि यिनीहरुले नै लिएर हाम्रो पुस्तौं पुस्तादेखि जनशक्ति र सोचन शक्तिलाइ आ६नो मुलुकबाट बाहिर पठाइ यहाँ भएको हाम्रो चल र अचल सम्पति यिनीहरुले नै हात पार्दै आज हाम्रो भूमिको ६० प्रतिशत, प्रशासनमा ९८ प्रतिशत र उच्च अधिकारी सेनामा ९५ प्रतिशत यी दुइ श्रेणीका हिन्दुहरुले ओगटेर हाम्रो वंशजको नाश गर्ने तर्फ लागेका तथ्या, हाम्रा केटा केटीले कहिल्यै सुत्र पाएनन र हाम्रा लडाकु भनिनेहरुले भारत र अंग्रेजको फौजमा गुलामी गर्नु भन्दा बडता केही सोच्न सक्ने नै बनाइएन । हाल गोर्खे समाजमा पनि निकै पडे लेखेकाहरु फट्टा फुट्ट देखिन त लागेका छन तर बुद्धि जीवि चाहि शुन्य छ । नेपालका ७५ देखि ८० प्रतिशत घरहरु यिनै दुइ जातको हातमा छ ।
जति जति हाम्रो पिडी हुर्कंदै जान्छ त्यति नै तिनीहरुको गिदीमा विभिन्न नाम र रुपबाट हिन्दुहरुकै आर्यहरुलाइ देब, देवी, शक्तिशाली र भगवनको झुठा कथाहरु तिनै बाउन जसले विभिन्न रुपमा हाम्रो खोसी खान मात्र जानेका छन, सुनाउंदै जान्छन घरका भित्तामा पनि
त्यही छाप पारिएका बाबु, बाजे, आमा, बज्यू र ठूलाहरु ‘अर्थ न बर्थ गोविन्द गाइ, टाउको दुखेको ओखती नाइटोमा लगाइ’ भने जस्तै बिना
बेअर्थ हिन्दु देव देवीलाइपुजदै गए जो सही अर्थमा हाम्रा पुख्र्यौली शत्रु हुन । घरका आमा)बाबु र ठूलाहरुदेखि लिएर घर छिमेकी र घरबाट निस्के पछि पनि जताततै बाउन एजेण्ट भएको हिन्दु मन्दिरहरुमा पनि त्यही पाठ घोकाउंदै गए । केटाकेटीको कलिलो गिदीमा यसको छाप लाग्दै गए पछि स्कूलमा, कलेजमा त के कुरा विश्व विध्यालयमासम्म तिनीहरुबाटै लेखिएका तिनीहरुकै स्वर्थमा लेखिएका कथाहरु, कविताहरु र इतिहासहरु पडन पर्ने बाध्यता भए पछि हाम्रो पडे लेखेकै वर्गलेसम्म हाम्रो विषयमा पडने, लेख्ने, सोच्ने शक्ति हरायो. हाम्रो सोचाइ शक्तिको मूल यसरी बगाइदियो कि हाम्रो परम्परा नै विगारिएको छ ।
बाउनहरु पैसाको लागी मान्छेको मासु (काटु) पनि खान पछि पर्दैनन् । यस्ताहरु घूस नखाइ भ्रष्टचार नगरी, षडयन्त्र नगरी कसरी बांच्न सक्छन? यस्ताहरुले मुलुक कसरी बनाउंछन ? यी ठूल्ठूला खेतका फाँट, मलिलो बारी, घर र बिल्डिङ मोटरहरु र धन सम्पत्ति के यिनीहरुका पुर्खाले भागेर आउंदा लिएर आएका हुन र ? कि हाम्रै पुर्खालाइ टाँट बनाएर खोसेका हुन ? प्रत्येक जिल्ला तहदेखि हामी
हेरौं; यो मुलुकमा हामी गुरुङ (तमु) मगर, राइ, लिम्बु, तामाङ, कोचे, मेचे थारु, नेवार, धिमाल सेर्पात्यादि यहाँका मूल बासी र बुद्ध धर्मालम्बीहरु कति जना सिडियो छन? कति जना जिल्ला शिक्षा अधिकारी र न्यायधीश छन? त्यसरी नै उपल्लो तहमा बुद्धमार्गीहरु कति जना छन? प्रधान मन्त्री कति बनाइए ? कति जना राजदूत र दूताबासमा काम गर्नेहरु छन? के हाम्रो समाजमा पडे लेखेकाहरु को अभावले होला ? हाम्रो योग्यता नभएर हो? त्यो पनि होइन । हामीलाइ हर छेत्रमा पछौटाएर राख्ने यहाँको दीर्घ षडयन्त्र र नीतिको कारणले हो. राजनैतिक शोषणका
कारणले हो । संसारका अरु देशका मंगोलहरुभन्दा हाम्रो स्थिती दयनीय हुनुको कारण के त ?
नेपालमा भारतीय नागरिकलाइ केही गरियो, भनियो भने भोली भारतका पत्र पत्रिकाले लेख्लान, पार्लियमेण्टमा आवाज उठला, भारत सर्कार रिसाउला’ भत्रे डर छ; मुसलमानको निम्ति पनि नेपाललाइ दान दिने मुसलमान मुलुकहरुको झस्को छ. किन्तु हामी नेपालका अभागी मंगोल अनार्याहरुको निम्ति यहाँ अन्याय, अत्याचार हुंदा पनि, हाम्रो मुख मोसेर सबै नै उठिबास लगाए पनि हाम्रो बोली दिने; अधिकार खोजी दिने को छ र ? हामी साँचैको टुहुरो बनाइएका छौं; माउ विनाको चिङना भएका छौं । हामीलाइ टिठयाउने होइन हाम्रो खुबीलाइ स्वादेश र विदेश दुवैमा शोषण गर्ने मात्र भए । भारत र अंग्रेज दुवैले हाम्रो भलाइको निम्ति किंचित पनि नसोचेर नेपालकै नीति अनुसार नै हामीलाइ दुइ सौ वर्षदेखि शोषण गर्दै आइरहेका छन । हामी बीर गोर्खाको नामले संसारमा परिचित; शत्रुको मुटु थर्काउनेहरु हामी बीरतामा धाक दिनेहरु. हामी अरुको मुलुकका जनताको भाग्य बनाइदिने र बिगारी पनि दिनु जान्ने र सक्नेहरु; हामी अरुको मुलुकको स्वर्थको निम्ति रगतको होली खेल्न जात्रे र सक्ने हरु; तर हामी आ६नै मुलुकमा आ६नै भाग्य बनाउनको निम्ति र आ६नो भावीसन्तानको निम्ति यहीं गास, बास, कपास खोज्न र भावी सन्तानको भाग्य निर्माणको निम्ति सोच्न नसक्ने, बोल्न डराउने हामी आ६नो घरमा आ६नो अरुलाइ लुटाएर बिदेशमा त्यहींको निर्दोष जनताको भाग खोस्न पल्केकाहरु पनि हौं । हामी अत्यन्त बीर भएर पनि अत्यन्त कातर हौं । हामी अत्यन्त भाग्यशाली भएर पनि अत्यन्त अभागी हौं; हामी अत्यन्त बलवन भएर पनि एकदम निर्बल हौं । हामी अत्यन्त योग्य भएर पनि सारैं अयोग्य बनेर बस्नु परेकाहरु होैं । नेपालमा यो हिन्दु आर्यका
निम्ति काम, दाम, माम हुन्छ भने हामी मात्र किन चारैतिरबाट हर क्षेत्रमा लुटिन्छौं र हामी यहाँका मूलबासीले मात्र पेटको निम्ति बाहिर बेचिनु जानु पर्ने किन ?
यदी दुइ सौ वर्षसम्म अर्काको मुलुकमा रगत र पसिना बेचेर हामीले पैसा ल्याउन सकेको भए यहाँ हाम्रो घर र खेत वारी यी दुइ हिन्दु आर्यको हातमा पर्ने थिएन । हाम्रो घरको धुरी खम्वा पनि सुनै सुनको वनिसकथ्यो; हामी कुवेर वनिसकथ्यौं र आज हाम्रा छोरा छोरीले घिउ भात खाईरहेका हुन्थे, हाम्रा खेतहरुमा धान लहलह हुन्थ्यो । तर आज हामी आफ्नो मुलुकमा नोकरीको निम्ति छट पटाइरहेकाछौं, यहांको राजनैतिक, आर्थिक, धार्मीक शोषणले लुटिएर वेसहारा बनाइएका छौं। बिदेशमा हामी आफ्नो जवानी लुटाउन नुन, तेल जुटाउन मात्र बेचिन्छौं र थोत्रिएको कम्बल झै फेकिन्छौं । किन्ने पैसा ल्याउन र उसिना चामलमा पेट पाल्नको निम्ति आफ्नो जिन्दगीको हरेक सुखहरु आमा, बाबु, स्वास्नी, छोरा, छोरी त्यागेर अर्कार्को मुलुकमा त्यस मुलुकका बुद्धिजिवी वर्गको, चेतनशील बर्गको आँखामा र ब्याबहारमा घृणित भएर चारो जुटाउन अत्यन्त सस्तो दाममा वेचिएर गइरहेका छौं, कति विबस पारिएका छौं,कति दुर्भागी पारिएका छौं कति सोचन शक्ति हीन पारिएका छौं हामी आफ्र्नो मुलुकमा ।
प्रत्येक सानो मुलुकले ठूलो मुलुकबाट न्याय चाहन्छ, आज नेपालले शान्ति छेत्रको आवहान लिएर विश्वको सामु उभिएको छ र न्याय मागिरहेको छ । यो लेखिजेलसम्ममा भारतले यस प्रस्तावलाई स्बीकारेको छैन र स्वीकार्ला जस्तो पनि देखिएको छैन,शायद यस प्रस्तावमा भएका ७ वटा बुंदाहरु मध्येका नम्बर ५ र ७ चाहि भारतको निम्ती सुहाउंदिला र ब्यावहारिक हुने देखिदैन, त्यसैले पनि यो प्रस्ताव स्वीकार्य होला भन्ने देखिन्न । नेपाल र भारत माझको ब्यापार र पार
बहान सन्धी र बिशेष सम्बन्धका कुराहर बिषय संधै मतभेद उठेको हो । नेपालले बाहिरी मुलुकमा बुद्धको देश नेपाल भनेर प्रायनै भन्ने गर्छ र नेपालले बुद्धलाई ठूलो मान्यता दिएको भ्रम पारिदिएको छ । तर लुम्बिनी बिकाशमा बर्मेली उथान्ट नै आउन पर्यो ।
एवं रीतले नेपालले बिश्व रंग मंचमा रंग भेद नीतिको सधैनै बिरोध गरेको छ । यो पनि न्याय खोजेको हो किन भने रंग भेद नीतिमा एशियालीहरु पनि पर्दछन र नेपाल पनि यसै भित्र पर्दछ । यसरी हरेक
राष्ट्रले न्याय खोज्छ र न्याय खोज्नु पनि पर्छ । आज विश्वमा बिकशित मुलुकबाट अबिकशित मुलुकले र विकास्नोमुख मुलुकले सहयोग माग्छ, त्यो पनि दिएन भने अन्याय भयो भनेर चिच्याउछ यद्धपी कसैको सम्पति कसैलाई दिएन भने अन्याय भएको ठहरिन्न भने हामी त आफ्नै मुलुक नेपालमा त हामी याहांका अहिँदु मंगोल माथि
शरणार्थीको रुपमा शरण पाएका हिन्दु आर्यहरुले हाम्रो सबै अधिकार खोसिदिएर साँच्चै नै अन्याय गरेका छन र हामीले अन्याय गरिएको
कुरालाई लिएर न्याय माग्दा यहाँ न त सामप्रदायिक्ता ठहर्छ न त पृथक्तावादी । यदी हामीले यहाँ आर्य हिन्दुहरुबाट खास यहाँका हामी मूल बासी मंगोललाई न्याय चाहिन्छ, बुद्ध धर्म र बौद्ध मार्गी माथि अन्याय भएको छ, भनेर भोली राष्ट्रसंघ समक्ष पुग्यौं भने पनि अन्याय हुने छैन, यस कारन न्याय खोज्ने नेपालले रंगभेद र वर्ण भेदको बिरोद गर्ने नेपालले आफ्नो मुलुकमा हामीलाई पनि न्याय दिए पछि मात्र अन्याय भयो भन्न सुहाउछ । अफूले आफ्नो मुलुकमा अन्याय गर्ने अरुले आफु माथि अन्याय गर्यो भनेर भन्न सुहाउँदैन । यहाँका मूल बासी माथि राजनैतिक, आर्थिक, धार्मिक, साँस्वृmतिक, भाषिकत्यदि छेत्रको अन्यायको प्रतिक्रिया भबिष्यमा गएर पिएलओको (प्यालिसटिनी लिबरेशन अर्गनाइजेशन) र दक्षिण अफ्रिकाको एएनसी (अफ्रिकन नेशनल
कंग्रेस) जस्तो हुन पुग्यो भने पनि पिएलओलाई मान्यता दिने मुलुकहरुले मान्यता दिन हिचकिचाउलान त ?यी सब नेपालमा आउन नदिन र भित्रनु नदिनुको निम्ति नेपालका नीति निर्धारण गर्नेहरुले र शक्ति प्राप्त भएकाहरुले गहिरिएर दोहो¥याइ तेराइ सोच्नु जतिको आवश्यक छ त्यति कै आवश्यक अधिकार दिनुमा छ । मैले माथि अंग्रेजहरुको हामीप्रतिको नीति बिषयमा लेख्ता लेख्तै लेखाइको सिलसिला अर्को पटि ढल्काएं । अव हामी अंग्रेजहरुको नीति र कुटनीति प्रति विचारौं । माथिका पंक्तिहरुमा लेखिएका घटनाहरुले मात्र नभएर अंग्रेजहरुसंग कांधमा कांध मिलाएर अंग्रेजका शत्रुलाई आप्नै शत्रु ठानी कहिलै बालुवै बालुवा, कहिले हिउंनै हिउं, कहिले रुग्रुगे पाखा, कहिले पटेर जंगलमा त कहिले हिलो माटो सरीको, कहिले आकाशबाट परेको
झरीको पानी खाएर लडदा मर्न पर्दा पनि हाम्रा र्गोर्खाले, जव तिमी घर जान्छौ, तिमीहरुले आ६नो घरका सदस्यहरुलाई हाम्रो बिषयमा भनि देउ, तिमीहरुको भोलीको निँिम्त हाम्रो आज दियौं, ९ध्जभल थयग नय जयmभ तभिि तजझ या गक बलम कबथ ायच थयगच तयmयचचयध धभ नबखभ यगच तयमबथ० ज्ञढद्धद्ध को लडाइंमा मर्नेहरुको कोहिमामा वनाइएको
स्मारकबाट । त्यस बाहेक उक्त उल्लेखित ब्रिगेडियर बर्डसको भनाइलाई पनि निहालेर हेरौं र्गोर्खाले २ सौ वर्षदेखि अंग्रेजको निम्ति कत्रो बलिदान दिएको छ भनेर ।
किन्तु अंग्रेजले त्यसको बदलामा हामीलाइ, हामी गोर्खामूलकालाइ के दियो ? केवल तिरष्कार, घृणा । हाम्रो बौदिक खुराक, शारीरिक रगत र जवानीलाई शोषण मात्र ग¥यो, त्यसमा सव भन्दा बढी सडयत्र र मूल कारक हो नेपाली शासन सता देशका संचालक, जसको विरोध गर्ने र अधिकार खोजन हाम्रो तिग्रा र मुटु थर्थराउँछ; तर दासता स्वीकार्न गर्व ठान्छ । बृटिश गोर्खामा आज सम्म पनि गोर्खाको मुलुकका
चित्रण घृणित रुपमा गरिन्छ भने गोर्खाको वर्णण हयाएर गरिन्छ । नेपाल बाहीरी मुलुकको आँखा र सोचाइमा गोर्खाको बासस्थान हो मुलुक होइन । गोर्खाहरु ब्रिटिश गोर्खामा जान अघि दुःख पाएका; गोर्खा भर्ना भएर बृटिश सेनामा बसिन्जेल मोज गरेका र त्यस पछि पहिले कै दरिद्र स्थितिमा पुगेका चित्रण गरिन्छ, पिmलिम देखाइन्छ । बृटिशहरुको रयांक र बेतनमा मात्र होइन सुबिधाहरुमा पनि अत्यन्त फरक छ । गोर्खा क्याप्टन,गोर्खा मेजर सुन्दा ठूलो तर बृटिश क्याप्टन र मेजरसंग दाँज्दा ठूलो भिन्नता छ । पद अधिकार र पैसामा अंग्रेज सर्कारले १९६२ देखि १९८५ सम्ममा केवल एक बटालियन गोर्खा ब्रुनोइमा राख्दा नै ५० लाख ७० हजार अमेरिकी डोलर वर्षेनी पाएको रुपिया नेपाली रुपियासंग दाँज्दा अरबौं पाइसकेको छ । तर हाम्रा मुठीभर दाजु भाइले जीवन भरीमा ५)७ लाख कमायो के कमायो ? बृहत गोर्खाको निम्ति भयो के ? त्यही ५)७ लाख पनि नेपाली रुपियाको मूल्य कम भएकोले हो । होङकोङ बृटिशको निम्ति बिदेश भएर बेसी बेतन पाउंछ भने गोर्खाको निम्ति अंग्रेजले पाउने जति बेतन पाउंदैन,के होङकोङ गोर्खाको निम्ति बिदेश होइन र ? हाल ब्रुनोइमा गोर्खा थपिएकोमा ब्रुनोइ सुल्तानले बृटिसलाई अझ बेसी डोलर दिएको हुनु पर्छ भन्ने मेरो अडकलछ; बृटिस सर्कारले नेपाललाई कति दिन्छ थाहा लागेको छैन ।
अब हामी भारतको निम्ति हामीले (गोर्खा, नेपालका मूलबासीले) के ग¥यौं र त्यसको बदलामा भारतले हामीलाइ के दियो त्यस तर्फ बिचारौं । भारतको स्वतन्त्रताको निम्ति सुबास चन्द्र बोसको आजाद हिन्द फौजमा लागेर गोर्खाका सन्तान लाखौंले बलिदान दिए; अंग भंग भए । इतिहासमा चिनाउन नचाहेर कसैले नलेखिदिएका शहीद । क्याप्टन दल बहादुर थापा मगर भारत स्वतंत्रकै निम्ति लडदा पक्रा परेर दिल्ली सेण्ट्रल जेलको कोठामा फांसीमा झुण्डिने आखिरी दिन कुरिर
हेका थिए । अत्यन्त यातना सहेर । ६ वर्ष पछि उनकी श्रीमति चम्पावती उनलाइ भेटन त्यहाँ पुगिन । त्यस बेला क्याप्टन दल बहादुर थापा, मगरले स्वाभिमानी साथ छाति फुलाएर हाँस्दै भने; ‘अफसोस नगर हाम्रो त्याग, तपस्य र बलिदानले भारत स्वतन्त्र भएर नै छाड छ; हाम्रा करोडौ करोड भारतीय सन्तान कसैको दास होइन स्वतन्त्र मुलुकका नागरिक भएर गर्व साथ बाँच्ने छन । हेपिएर मर्नु भन्दा देशको निम्ति फांसीमा झुन्डिएर मर्नु नै बेस ।
यो भन्दा पनि दारुण कथा र करुणादायक मृत्यु हाम्रा दुइ गोर्खा अनार्य मंगोल बहिनीहरुको छ. सावित्री थापा, मगर र इन्द्रानी थापा, मगर । दुवै स्कूलका ७)८ वर्षे शिक्षार्थी थिए । भारत स्वतंत्रको निम्ति सुबास चन्द्र बोसको आवहानमा यी दुवै कलिला बालीकाहरुले आ६नो शरीरलाइ घांस र पातले छोपेर बमहरु बोकी शत्रुहरुको टयांक आइरहेको बाटोमा सुतिदिए । टयांक थाहा नै नपाइ तिनीहरुको शरीरमा चडयो बमहरु पडके दुवै बालिका रक्ताम्मे भएर मरे । सुबास चन्द्रबोसका दुवै आंखा आंसुले रसाए । परन्तु अरु बालक बालिकाहरु डराउलान भनेर चिच्याए । ‘धन्य बीर गोर्खा, तुम्हारी हाथसे भारत स्वतन्त्र होनेवाली हैं; धन्य बीर सन्तान’ (धन्य बीर गोर्खा, तिम्रो हातबाट भारत स्वतन्त्र हुने भएको छ, धन्य बीरको सन्तान) भारत स्वतन्त्रताको निम्ति मात्र नभएर भारतको सीमा सुरक्षा र भारतको शत्रुहरुसंग यी बीर गोर्खाले जहां जहां खटिए ति ठाउंहरुमा काम गरेका छन । तर खेदको कु्रा के छ भने आज यी इमान्दारी गोर्खाको हीतको निम्ति आजसम्म भारतका नेता, कुटनीतिज्ञ बुद्धिजीवि, र सेनाका अफसरहरुको नीति सहयोगात्मक, विश्वाषी, न्यायपूर्ण, लचिलो, फाँटिलो र दूरदर्शीतापूर्ण भएको पाइत्र र यिनीहरुप्रति शोषण, दमन पाइन्छ । नेपालका हिन्दु मनुबाद प्रति टेवा पुग्ने यिनीहरुकै हातमा राजनैतिक शक्ति दिगा
रहेको हेर्न चाहने भूमिका खेलिदिएको छ । यसले नेपालका अहिन्दु मूल बासी चेतनशील वर्गमा असन्तोष नै फैलाएको हुनाले अबको भारतका नयाँ पिडीका नेताहरुले, कुटनीतिज्ञहरुले सैनिक अफसरहरुले नेपालका मूलबासी यहाँका मंगोल हरु प्रतिको नीति, सोचाइको धारणा बदलेर यिनीहरुको व्याथा उत्पिडनप्रति औं यिनीहरुले गरेका राजनैतिक आर्थिक, साँंस्कृतिक, धार्मिक, भाषा र लिपीहरु प्रतिको न्यायायिक माग प्रति पनि नेपालका यि वर्गले भारतको निम्ति इमान्दारीपूर्वक आ६नो भूमिका निभाए जस्तै इमान्दारी र विश्वाषीलो भइदिनु आवश्यक छ । नेपालमा यी वर्ग प्रतिको आजसम्मको सोचाइलाइ सम्पूर्ण रुपले बदलनु आवश्यक छ । आजसम्म भारतका नेताहरुको; बुद्धिजीविहरुको, कुटनैतिक र सैनिक अफसरहरुको गोर्खाप्रतिको सोचाइ औं ‘नेपालबाट काम, दाम, माम नपाएर राजनैतिक सोचाइ शून्य भएर आर्थिक संकटले पिरोलिएर नै आएका हुन भत्रे दरिलो रुपमा देखिन्छ र त्यो भन्दा बडता ‘नेपालको राजनीति हिन्दु आर्यकै हातमा रहोस भत्रे चाहेको देखिन्छ, यो धारणा बल्लभ भाइ पटेल कै जस्तो छ ।
पटेलले १९५० ताका भारतीय प्रधान मंत्री जवाहर लाल नेहरुलाइ लेख्नु भएको थियो; ‘हिमालयको समस्त उत्तर र उत्तरपूर्वी भेगको सीमानामा रहेका हामी संग भएको जन संख्या बंशीय दृष्टिकोणले औं साँस्कृतिक तौरले तिब्बती भन्दा फरक छैन; नजदिक छ र मिल्छ । मलाइ यो पनि बिचार्न दिनोस कि यो शक्ति राजनैतिक शक्तिको बिचारले हाम्रो उत्तरी भेग उत्तर)पूर्वको नेपाल, भोटाङ, सिकिम, दार्जीलिङ औं असमका मूलबासी छेत्र झन्जटपूर्ण सीमा हुनेछ । यस छेत्रमा बसोबासो गर्ने यी समुदायको भारत प्रति स्थिर श्रद्धा र भक्ति छैन । कतिसम्म भने दार्जीलिङ र कालेबुङ छेत्र पनि मंगोलाइड पक्षको झुकाउबाट अलगिन सकेको छैन ।
All along the Himalayas in the north and north-east, we have on our side of frontier a population ethnologically and culturally not different from Tibetans. Let me also consider the political considerations on his potentially trouble some frontier our northern on north-eastern approaches consist of Nepal, Bhutan, Sikim, Darjeling and tribal are in Assam. The people inhabiting these portions have no established loyalty and devotion to India. Even Darjeling and Kalimpong areas are not free from Pro-mongoloid prejudices.
यसरी नेपाल त के भारतमा नै बसोबास गरेका मंगोल दार्जीलिङ, सिकिम, भोटाङ लगायत नागा, असमी, खसिया, काङलाइपाक (मणीपुर हिन्दुकरण हो, मणीपुरेकै भाषामा मइतेयीहरु ‘काङलाइ पाक’ भन्छन ) मिजोत्यादी मूलबासीहरुले जहाँ जतिसुकै विश्वाषी, इमान्दारी, साथ त्याग, बलिदान गरे ता पनि हिन्दुहरुको सोचाइको धारणा त्यस प्रकाराको देखिन्छ भने नेपालमा पठाइएकाहरुको धारणा बिचारौं । नेपालको राजधानी काठमाण्डूको ठमेलमा एउटा सैनिक होष्टल थियो । त्यहाँ पूर्व सैनिकका छोराहरु बसेर पडथे र त्यसमा बसेर पडनेहरु नेपालका त्यही मंगोलहरु नै थिए । त्यो सैनिक होष्टल पोष्ट बार रिकन्सट्रक्सन फण्ड ९एयकत ध्बच च्भअयलकतचगअतष्यल ँगलम० बाट संचालन भएको थियो । त्यो रुपिया बृटिशहरुले भारत छाडेर फर्कनु परे पछि गोर्खा सेनाकै रगत र पसिनाले आर्जन गरेको पैसाको सानो हिसा थियो र स्व. अरि बहादुर गुरुङ(नेपाली मात्रको बेलायतबाट बार)एट)ल पास गरेर फर्कने पहिलो व्यक्ति) एम पी हुनु हुंदा उहाँकै प्रयासले ‘भारत र नेपालका गोर्खा सोल्जर्सका केटाकेटीको हीतमा केही ठोस काम होस’ भत्रे हेतुले नेपालको निम्ति ६६ लाख १६ हजार २ सौ रुपिया छुटाएर पठाइदिनु भएको थियो । नेपालका रक्षा मंत्री त्यस फण्ड संचालनका अध्यक्ष हुन
गरेता पनि भारतीय दूतावासका मिलिट्री एटेची सचिव हुने गर्थे र उनैको तजबीजमा त्यो खर्चन्थे ।
यसरी आएको यत्रो ठूलो रकम कसरी कहाँ जान्छ कसले मोज गर्छ सो ल्याउनेलाइ थाहा नै हूंदैन र तिनीहरुलाइ त्यसको चासो पनि हुँदैन । किन भने तिनीहरु बुद्धिजिवी होइनन् र तिनीहरुको सोच्ने शक्ति शुन्य छ । मौरीले आ६नो महको र कस्तुरी मृगले आफनो विन्दाको महत्व थाहा नपाए झै सैनिक होष्टल पनि उडाइयो औ हाम्रा पूर्व सैनिकका छोराहरुले बसेर पढने ठाउँ रहेन । त्यो सानो उदाहरणले बताउंछ । उक्त ६६ लाख, १६ हजार, २ सौ रुपियाबाट १९६६ मा नेपाल आएका भारतीय दूतावासका कर्नल जेडी, करवल बिमारी भएर तीन महीनासम्म (जनवरी)मार्च) हस्पिटल बस्ता २१ हजार ३ सौ ३० रुपियाको बील हस्पिटललाइ तिर्ने काम यसैबाट भयो । सिसीबी बार फण्ड नेपालबाट ९ऋभलतचब िऋय(यचमष्लबतष्यल द्ययबचम ध्बच ँगलम ल्भउब०ि उक्त उल्लेखित सैनिक होस्टलको निम्ति त्यसताका मात्र ५६ हजार खर्चने काम भएको थियो । अब अरु ९० हजार रुपियाको एम्बेसी कम्पाउण्ड भित्र अफिस घर बनाउने काममा खच्र्यो ४६ हजार पेन्सन अफिसको निम्ति खर्च गरे । त्यस बाहेक ४ लाख ८० हजार रुपिया खर्च गरेर पोखरा हाइ स्कूल बनाइएको छ । २४ लाख पोखरा हस्पिटलको निम्ति खर्च गरे । मेरो जानकारीमा आएसम्म यी रुपिया आइसी ९क्ष्लमष्बल ऋगचचभलअथ० हो । ज्यानको बाजी लगाएर अर्काको मुलुकको स्वर्थको निम्ति संसारमा अत्यन्त सस्तो मोलमा बेचिएर बलिको बोको हुन परेका हाम्रा दाज्यू भाइको रगत पसिनाले अर्जेको रुपियामा बनेको पोखराको हस्पिटल र हाइस्कूलमा ति पूर्व सैनिकका छोरा छोरी र तिनीहरु आफैले कतिको सुविधा पाएका छन ? त्यो वस्तविक्ता त
पोखरा र त्यस भेकमा भएकाहरुलाइ नै अझ बेसी जानकारी हुनुपर्छ । मेरो लेखाइलाइ नेपालका कुनै पनि ‘क’, ‘ख’ श्रेणीका हिन्दु आर्यहरुले (एकताका शरण माग्न पसेका र हामीबाट शरणको मरण नगरी शरण पाएकाहरुले) भारतीय र अंग्रेजहरुले न्यायपूर्ण ढंगले, कपटयाइ नगरी संकीर्णताबाट बाहिरिएर सोचिदिउन । आजको विश्व अनेकन बैज्ञानिक साधनले सांगुरिएको छ, धेरै अघि लम्केको छ । हनुमानले घाम निलेको कुरा; जुनलाइ चन्द्रलोक भनेर पुज्ने कुरा, ढुंगाको मूर्तिलाइ पुजे‘केही पाइन्छ; भत्रे कुरा, मान्छेका छोरा छोरीको मुख मोसेर अत्र पोली होम गरेर सुरक्षा गर्ने र विश्व शान्ति गर्ने कुरालाइ मूर्खतापूर्ण र समाजलाइ पश्चिल तिर धकेल्ने भन्दा केही होइन । त्यसमा विश्वास गर्नु मुख्र्याइ गर्नु र आफूलाइ धार्मिक शोषण गर्नु दिनु बाहेक केही होइन’ भत्रे बुझनु पर्छ ।
अब यस प्रकारको धार्मिक शोषण बाट बचाएर समाजलाइ पश्चिलतिर धकेल्न चाहनेहरुको विरोध गर्नु पर्छ । यो टाठा वर्गको साम्ने, चेतनशील वर्गको नजरमा ‘मुख्र्याइ गरेको’ भन्दा बेसी केही ठहरित्र । यस्तो युगमा आज संसारका सबै चेतनशील वर्ग शोषणबाट छुटकारा चाहन्छन, न्याय चाहन्छन भने नेपालमा राजनैतिक, धार्मिक, आर्थिक, सांस्वृmतिक सबै छेत्रबाट पछौटाइएका तर सशक्त खुबी भएका सुतिरहेका नेपालका सिंहहरुले पनि न्याय खोज्नु पर्छ । हामी पछौटिएका वर्ग’ होइनौ ‘पछौटाइएका’ हौं । पछौटिएका भत्रुको अर्थ हामीमा खुबी, योग्यता नहुनु हो । संसारभरका मंगोलहरु द्रुतगतिमा अघि बडनु बुद्धिजिवी बन्नु तर नेपालका मूलबासी मंगोलको अधोगति हुनुको
कारण के ? हामीमा खुबी छ कि छैन त्यो त मोल मुलाहिजा बिना, चाकरी, चापलुसी, चुक्लीमा प्यारासाइट भएर बाँच्न नचाहनेहरुले,
शिर नत नगरी गर्व साथ बाँचेकाहरुले मौका पाउन साथ नै देखाएका खुबीहरुले प्रसस्त प्रमाणहरु दिएका छन । परन्तु हामी भित्रको गुदीलाइ यहाँको राजनैतिक चालबाजी र षडयन्त्रले शताब्दीऔंदेखि पछौटाएको छ । नेपालको सैनिक छेत्रमा आ६नो खुबीले पहिलो, दोश्रो, तेश्रो हुने मंगोलको हालत के भएको छ? त्यस्तै अरु कतिपय छेत्र छन जसमा हामीप्रति गरिएका व्यवहारहरु कुनै पनि चेतनशील र आत्मा भिमानीले विर्सेर बिर्सन सक्तैन । तर इतिहास दोहोरिन्छ. हिटलर जस्तो नाजीवाद ढले; गर्वे जर्नेल पाउने राणाहरु ढले; ‘बृटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउंदैन’ भनेर फुर्किने परकाष्टमा; थिचो मिचो गर्ने; अंग्रेजहरुलाइ आज इजत राख्न धौ धौ परिरहेछ । यस्तै अनेकन ऐतिहासिक प्रमाणहरु छन । यसोसले हामीले हिम्मत हार्नु हुंदैन, हाम्रो भविष्य सुनौलो छ नेपालमा । किन कि हामी बहुसंख्याक छौ । बहुसंख्याक मंगोलले बुझे पछि रोक्न सक्ने कसैको ताकत छैन । घर घरलाइ हामी पाठशाला बनाउं र हामी आजका हाम्रा १४)१५ वर्ष उमेरका केटा केटीहरुदेखि उभोकाहरुलाइ सिकाउँ हामी आ६नै मुलुकमा आज कमारो झै बनिन परेका कारणहरु । हामीले आ६नै मुलुकमा अरुको घृणा पात्र बन्दै जान परेका कारणहरु, ‘हामी खेदिएका कारणहरु. हाम्रा भावी पिडीलाइ घर घर नै पाठशाला बनाइ सुनांउ हाम्रा साभाmा शत्रु को हुन र हामी आ६नै मुलुकमा कसरी लुटिएका छौं; आ६नै मुलुकमा आफनो कुरा बोल्न किन पाइरहेका छैनौ भनेर । हिन्दुको संस्कृति, भाषा, धर्म स्वीकार्नु तिनको दासता स्वीकार्नु हो । आजसम्म जानेर नजानेर, बिशाल छात्ति पारी सहेर अथवा डराएर सयौं र दासता ग्रहण ग¥यौं; हिन्दुको शुद्र (कमारा)े जात अब अति शुद्र जनजाती अछुत कुकुर भन्दा तलकोले गर्नु पर्ने सबै गरि दियौं । अब हाम्रा आगामी पिडीहरुलाइ यस जंजीरबाट मुक्त गन
हाम्रो राजनैतिक, आर्थिक, धार्मिक, साँस्कृतिक, भाषिक अधिकारको निम्ति जिउंदो मान्छे झै भएर बिउंझेको सिंह झै भएर उठौं र हर छेत्रबाट आ६नो योग्यताले भ्याए सम्मको सहयोगमा लागौं तब मात्र भावी पिडीले सरापने छैन, धिकार्ने छैन र मार खान पर्ने छैन जसरी आज हामीले मार खाइरहेका छौं । आजसम्म हामीले यन्त्र जसतो भएर, गिदी नभएको, खुबीहीन जस्तो भएर अरुले जसो गर भने त्यसै ग¥यौं; जता फर्की भने त्यतै फक्यौ जता जा भने त्यतै गयौं । अरुको बोक्रे प्रशंसामा रगतलाइ पानी संझयौ । हामीलाइ परस्परामा लडाउने भिडाउने काम भयो; त्यो पनि ग¥यौ. गुरुङ, मगर तामाङ, नेवार, राइ, लिम्बुलाइ परस्परमा भिडायो त्यो पनि स्वीका¥यौं । अब इतिहासबाट पाठ सिकौं कसरी परस्पर लडाएर हाम्रो सब थोक लुटिए । बाली र सुग्रीवलाइ (दुवै शक्तिशाली अनार्य) दाजुभाइ परस्परमा लडाएर कमजोर आर्य रामले लुकेर वाण हान्छ, धोका दिएर मार्छ आर्य राम शक्तिशाली हुंदो हो त वीरतासाथ साम्ने आएर लडथ्यों । महाभारत र रामायणले सिकाएको पाठले आफनै मुलुक नेपालमा आजसम्म हामी माथि भइरहेको षडयन्त्रबाट बाँचौ र भावी पिडीलाइ बचाउ । बितेका घटनाहरुबाट पाठ सिकौ, सतर्क हौ र भावी सन्तानको गिदीपनि यो सत्याले भरिदिउ । हामी मालिक थियौं; कमारो भयौं अब फेरी मालिक जस्तै भएर बांच्ने अभिप्राय राखौं; भावी पिडीलाइ पनि मालिक बत्रे पाठ सिकाउं; नभए पनि कमसे कम समान अधिकार लिएर मान्छे जस्तो भएर बाँच्न सिकौं र बाँच्न सिकाउं । अहिले हामी मृत्युको बंचाइ बाचि रहेका छौं; हाम्रो बचाइको कुनै अर्थ छैन मोल छैन । जिउंदो मान्छे झै बांचौ; मर्न परे जिउंदो मान्छे झै मरौं । नेपालमा एउटा सशक्त शक्ति छ त्यो हो हामी मंगोल शक्ति । आजसम्म दुरुपयोग भएको शक्ति । यसै शक्ति प्रति
हामीले कहिल्यै ध्यान दिएनौं, सोचेनौं र अरुकै निम्ति मात्र भयौं । मैले बहुदलको पक्षमा राजसंस्थाको बिरोधमा बारंबार बोले १९७९ देखिनै । पुलचोकमा अधिवेशन गर्यौं, लमजुङ, पोखरा बुटवलत्यादी ठाउंको जनसभामा बोले । तर हाँसउठ्दो कुरा के देखियो भने ‘बहुदलको विल्ला भिरेर मौकाको फायदा लिन चाहनेहरुले र ‘हामी मात्र प्रजातन्त्रवादी हौं’, भनेर देखाउन र जशलिनको निम्ति सर्कारी पक्षीय लगायत बाहुनहरुको समस्त समाचार पत्रहरुले पनि विभिन्न संज्ञा दिएर जति सक्तो हाम्रो शक्तिलाइ चक्नाचुर पार्ने प्रयास गरे; जत्थाको जत्था भेला भएर यस शक्तिलाइ टुक्राउन तिनीहरु नै अघि सरे; फोर्न सघाउन कुनै कसर बाँकी राखेनन । नेपालको राजनीतिको वास्ताविक अनुहारलाइ उदाँगो पारेर हेर्दा यहाँको राजनीतिमा जुनसुकै व्यवस्था अथवा दल आएता पनि राजनैतिक सत्ताको नेतृत्व यी हिन्दु आर्यहरुको हातमा रहुन्जेल हाम्रो कल्याण र उत्थानको ढोकाहरु थुनिदिने र हामीलाइ दबाउन सिवाय केही नहुने देखिन्छ । नेपालको वस्ताविक लडाइ भनेको हिन्दु आर्य र अहिन्दु मंगोल माझको हो ।
यसै कारण हामीले आ६नो उत्थान र सामुदायिक चेतना जगाउन, दबाइएको अधिकार लिन वर्गीय उत्थानको निम्ति आ६नै एउटा फ्रण्टको माध्यम सृजना गर्न बहुदलको माग गरेका थियौं । तर हिन्दु आर्यको नेतृत्व स्वीकारेर तिनीहरुलाइ काँधमा बोकेर पूर्वकालको भूल दोहो¥याउनु होइन । कुनै पनि मुुलुकको बृहत जनशक्तिलाइ सैनिक शक्तिले पनि संधै थिचेर, पिसेर नसकिने प्रमाण चीनका माओले, भियतनामका होचिमिनले, भारतका गान्धीले दिए जस्तै अनेकन प्रमाण हाम्रो अघि छन । यिनीहरुले राजतन्त्र उडाइ दिए लोकतंत्र र गनतंत्रको जग बसाएर जनतका छोरा छोरीलाइ शक्तिमा ल्याए ।
नेपालमा आ६नो र आ६नो पिडीको गांस, बास, कपास र सर्वस्व लुटिएर आ६नै मुलुकमा शरणार्थी र कमारा बनिन्दै जानु परेको दब दबाउलाइ ८० प्रतिशत मूलबासी मंगोलले कहिले सम्म टुलुटुलु हेरेर सहेर बस्ने ? धेरै जनतालाइ धेरै दिनसम्म अल्मलाउनु सकित्र । यो बृहद र लडाकु शक्तिको असन्तुष्टीको फायदालाइ कुनै शक्तिले मोडेर भविष्यमा विष्फोट भयो भने यहाँ समाजवादी, लोकतन्त्र आउन सक्छ. किन भने यहांको ६० प्रतिशत जमीन बाहुन र छेत्री दुइ जातको हातमा छ । मूलबासीको नेतृत्वमा असली रुपमा समाजवादी लोकतन्त्र ल्याउन सकिएको खण्डमा सत प्रतिशतका हातमा जमीन पुग्न सक्छ । केही वर्ष भित्रभै नेपालको जनसंख्याले काम, माम, थाक थलोको बन्दो बस्त गर्न सकिन्छ । यस बाहेक नेपाल बाहिरबाट भित्रिने ठेंठ नेपालीलाइ पनि जोहो गर्न सकिन्छ ।
अब कुनै कारण ले यस्तो विष्फोट भएको खण्डमा नेपालको २० प्रतिशत हिन्दुको स्वार्थलाइ हेरेर र तराइको १० प्रतिशत भूभागको पक्षमा भारतले नेपालका यी मूलबासी दबाउने प्रयासमा सैनिक कार्बाही गर्लान त? मेरो विचारमा हिन्दुवाद भन्दा माथि उक्लेर सोच्ने भारतका नयाँ पिडीका नेतृत्वले त्यस्तो अदूरदर्शीपूर्ण ठूलो भूल यस कारण पनि गर्ने छैनन कि यहाँका मगोंल भारतको सुरक्षाको निम्ति सीमा छेत्रदेखि लिएर भारतका राष्ट्रपति र प्रधान मन्त्रीका इमान्दार, बिश्वाषी अंगरक्षकहरु सम्म छन साथै शताब्दीऔं शताब्दीदेखि शोषित पिडीत गोर्खा भारतको सेनामा छ ।
भारतको २ लाख ७८ हजार जस्तो एयर फोर्स र नेभी छोडेर ९ लाख जति (पाँच दश वर्षमा कति बडलान र ?) सेनालाइ चीन, पाकिस्थान र बंगलादेश, बर्माका बोर्डरमा तैनाथ गराउने कि बे अथ
तराइको १० प्रतिशत जग्गा र नेपालका २० प्रतिशत हिन्दु आर्यको हीतको निम्ति औ ठूलो सैनिक शक्ति नेपालको मुलबासी गोर्खालाइ दबाउनलाइ नेपाल) भारतको हजारौ किलो मिटर सीमामा राख्न, भित्री भूभागमा पठाउन बुद्धिमानी ठान्लान र ? आजसम्म नेपालका हिन्दु आर्यहरुले यहाँका मूलबासीलाइ दबाउन कहिले भारतको डर घरी चीनको त्रास देखाउन पल्केर सफल हुंदै आएको कुटनीति अथवा फुटनीति एक दिन संधैको निम्ति चक्नाचुर भएर राणा शासन जस्तै ढल्ने छ र यहाँको मूलबासीको उत्थान यिनीहरुको राजनैतिक अधिकार, आर्थिक, अधिकार प्राप्त हुने छ । दवाइएको राजनीति धर्म, भाषा, र लिपीले नयाँ टुसा दिने छ; खोसिएको माना, छाना, नाना, फर्कने छ; सिर्फ बुझन र बुझाउनको निम्ति समय लाग्ने छ ।
यस लेखाइको सिलसिलामा भारतीय सेना नेपालमा आउन सक्ने र यहाँको २० प्रतिशत हिन्दु र १० प्रतिशत तराइको भूमिको पक्ष लिन सक्ने कुरा किन झिकिएको हो भने हाम्रो समुह शक्तिशाली भएर राजनैतिक सत्ता यिनीहरुको हातमा आउने देखिएको खण्डमा शताब्दी औं शताब्दीको एकलौती अन्याय, अत्याचार जाल झेल र षडयन्त्रले हाम्रो वर्गलाइ थिच्न, मिच्न, पिस्न र आ६नो एकलौटी राजनीति, आर्थनीति, धर्म संस्वृmति र भाषा लिपी नीति निर्धक्क फैलाउन पाएका दुवै श्रेणीका हिन्दु वर्गले हाम्रो संहार गर्न र हाम्रो शक्तिलाइ दबाउनको निम्ति
हरेक दृष्टिले भारतीय नेताहरुलाइ भ«ामक कुराले झुकाएर होस अथवा लोभाएर वा डर देखाएर नै किन न होस गुहार माग्न सक्छ र त्यो गुहार हात हतियार र सेनाको हुन सक्ने कुरा बितेका वर्षहरुको तितो तथ्याले प्रमाणित गरेको छ । हामीले हाम्रो वर्गीय हीतको कुरा उठाएको खण्डमा उसलाइ आ६नो समुदाय बाट सम्बन्ध बिच्छेद गराउनका
निम्ति साम, दाम, दण्ड, भेद अन्तर्गत सबै झुठा आरोपहरु लगाउछन र अन्तमा मार्ने सडयन्त्रमा पुग्छन जसरी राम र रामभक्त हनुमानहरुले रावण र बालीको विरुद्ध र कसिपु विरुद्ध गरे, गराए.नेपालको राजनैतिक सत्ता हिजो ज्यान र जनैमात्र बोकेर भित्रेका हिन्दुबादी, मनुबादी र चानक्या नितीका भक्त शरणार्थी हिन्दु आर्यहरुकै हातमा भएकोले विदेशीहरुले पनि कुटनैतिक सम्बन्धको निम्ति तिनीहरु कै कुरा मात्रु पर्छ । हामीले विश्वलाइ जिउँदो मान्छे जस्तो भएर थर्कार्यौं तर नेपाल भित्र आफै थर्केर मरेको कुकुर,विरालो, किरा फटेंग्र जस्तै भएर बाँचेका छौं; यो भन्दा हुत्तिहारा के हुन सक्छ ?
भारतकै राज्य सिकिममा लिम्बुको भाषा र लिपीले खुला रुपमा स्कूलको तल्लै तहदेखि पडने, लेख्ने, बोल्ने अधिकार पाइरहेको कुरा औं त्यहाँबाट यस भाषामा पत्र)पत्रिका, उपन्यास निस्कने सत्य हाम्रो निम्ति चासो कै विषय बनेको छ; जब कि नेपालमा त्यसलाइ दमन गर्ने कुनै षडयन्त्र बाँकी राखेका छैनन । त्यस बाहेक सिकिममा तिब्बती बोली भाषा र लिपीको विकासमा पनि छुट छ । देहरादूनमा मानसिंह गुरुङको नाममा थमान होष्टल छ र गजु लामाको नाममा बाटो । तर नेपालमा बाउन छेत्री बाहेक अरुको उत्रतिको कुरा सामप्रदायिक ठहर्छ.।
नेपालको राजनीतिमा हामीले बहुदल र धर्म निरपेक्ष मुलुक हुन पर्ने सबैको निम्ति राजनैतिक अधिकार दिइनु पर्नै, सबैको आर्थिक विकास हुनु पर्ने सबैको धर्म (नेपालमा हिन्दु धर्मालवम्बी ८० प्रतिशत भएको र बुद्धमार्गी अल्प संख्याकमा भएको कसैले नपत्याउने लाजमर्दो तथ्याको प्रचार गरिन्छ) हाम्रो संस्कृति, भाषा, लिपीको जगेरा हुनु पर्ने र विकाश गर्नु पाउने छुट हुनु पर्ने माग गर्दै आएका छौं । मैले मेरैं दुवै साप्ताहीक समाचार पत्रहरु न्यूलाइट नेपाली साप्ताहीक र थण्डर वोल्ट
अंग्रेजी साप्ताहीकबाट पनि यही कुरामा बारंबार आवाज उठाउदै आएको छु । हामीले आ६नो मुलुकमा न्याय माग्नु र समान अधिकार माग्नु अपराध होइन । यहाँ उक्त दुइ हिन्दु वर्गमा शक्तिको निम्ति संघर्ष चल्छ तर त्यहाँ हाम्रो अनार्य वर्ग पुग्ने देखिए दुवै एक भइ हालछन र हामीलाइ दबाउनेमा लाग्छन । यो अभ्यास साधारण कार्यलयको जागीर देखि लिएर उच्च तहको शक्ति; गाउं तहको राजनीतिदेखि राष्ट्रीय तहको राजनीतिसम्म व्यापक छ । हामीले यो देशको इज्जत बडाउने काममा; आर्थिक मेरुदण्ड बनाइदिने काममा, मुलुक बढाउने र मौलाउने काममा, मुलुक बलियो बनाउने र बंचाउने काममा संधैनै इमान्दारीपूर्ण भूमिका निभाएका छौं भने के त त्यसको फल यही दमन र अधिकार खोस्ने हो त ?
नेपालमा हामी मंगोल समुदायको राज्य कुनै शक्तिले जितेर लिएको होइन । हामीले अरुको निम्ति बेसी दानी भएर संधै सोझा भएर; संग्लो हृदयी भएर; इमान्दारी र बहादूरी भइ दिएर आ६नो राज्य गुमाएका हौं, षडयन्त्रमा परेका हौ । पृथ्वीनारायण शाहबाट आ६नो
राज्य बिस्तार गर्ने पाइलो चालिएको थियो न कि एकताको निम्ति । यसोसले पृथ्वीनारायण शाह एकताको प्रतिक होइनन साम्राज्यावादी हुन । बाइसे, चौंविसे राज्यहरु जितेर सबैलाइ एउटा शक्तिशाली राज्य बनाउने अभियानको क्रममा कुमाउ गडवल र नाला पानी पुग्नु पर्ने कारण देखिंदैन । जे होस अब नेपाल एउटा बनिएको हुनाले यो इतिहास भएको छ । पृथ्वीनारायण शाहको त्यस्तो अभियानमा हाम्रो समुदायले संधै वीरता र इमान्दारीपूर्वक साथ दिए भने त्यही वर्गलाइ ‘अन्याय भएको छ, हामीलाइ पनि अधिकार दिइनु पर्छ, आ६नो विकासको मौका दिइनु पर्छ’ भन्दा के अचाहिंदो भएको छ र ? यस कारण
आगामी पिडीलाइ र राष्ट्रको हीतलाइ ध्यानमा राखेर कोही काख र कोही पाखा नभई कसैलाइ पनि भेद भावमा नपारी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्तर चीनदेखि दक्षिण भारतसम्मका यस सीमा भित्रका सबैको निम्ति हर छेत्रमा विकास गर्ने समान अधिकार र अवसर दिइनु पर्छ न कि खोस्नै पर्ने परिपाटी र वातावरणको सृजना गरिने भूमिका खेल्ने ? नेपाल आज संकटपूर्ण स्थितिबाट हिंडिरहेको छ र अझ गम्भिर संकटहरु निम्ताइंदै छ । यस कारण राष्ट्रको हीतलाइ आज खांटि नेपाली भएर दूरदर्शीतापूर्ण रुपले संगलो हृदयले सोच्नु पर्ने बेला आइसकेको छ; यदी नेपाललाइ आ६नो मात्र स्वर्थको निम्ति जुवामा च्यांखे थाप्ने हो भने, मौकाले कसैलाइ पर्खेर बस्तैन ।
नेपालको अखण्डता सहीतलाइ ध्यानमा राखेर नेपाल धर्म निरपेक्ष राज्य हुनु पर्छ अथवा बौद्ध राज्य घोषणा हुनु पर्छ । यहाँ बौद्ध क्यालेण्डर अथवा अन्तराष्ट्रीय क्यालेण्डर(सन) चलाइनु पर्छ; त्यो पनि नभए नेपाल सम्बत । नेपालको अखण्डतालाइ भारतमा बिलय भएको मन्त्र तत्कालै हटाइनु पर्छ र यस्ता अराष्ट्रीय मन्त्र चालु गर्ने दण्डित हुनु पर्छ । नेपालको झण्डा समेत बदलनु पर्छ । वर्तमान झण्डा यहाँका चन्द्रवंशी बुद्धिष्टहरुलाइ सूर्यवंशी हिन्दुहरुले जितेको प्रतीकको रुपमा छ । नेपालमा बहुदल दिइनु पर्छ. यहाँका समस्त मूलबासीको दबाइएका राजनैतिक, आर्थिक धार्मिक, सांस्कृतिक, भाषा र लीपिको अधिकार पूर्ण रुपले दिइनु पर्छ । नेपाल रेडियोबाट अरुहरुको भाषामा पनि कार्यक्रम दिइनु पर्छ र बौद्ध सन्देश पनि दिन हौ दिइने गर्नु पर्छ । यहाँ मंगोल ‘मंगोलियाबाट आएका’ भनेर एक थरी शरणार्थीले हल्ला पिटने फटाहा जमर्को पनि गरिरहेका छन जसले ज्यापाटाइज, सेमिटिक, हेमिटिकको अर्थ बुझेकै छैन अथवा बुझेर पनि बुझ पचाउन चाहन्छ ।
हाम्रो मान्छे के भ«ममा पर्नु हुत्र भने हामी ‘मंगोलीयाट आएर मंगोल भनेका होइनौं । संसारमा मानिस मैले माथि लेखेको तीन वर्ण भागमा बिभाजित छन जसको एउटा वर्ण मंगोल हो, अर्को कालो हवसी, अर्को हो गोरो आर्य र हामी मंगोलहरुको उत्पति चीन, भारत, शिवलीक, नेपालमा भएको हो भने आर्यहरु ककसियसबाट भारत र त्यस पछि वर्तमान नेपाल भित्रेका हुन । अफ्रिकनहरु अफ्रिकाको विभिन्न भेगमा उत्पति भएका हुन । वर्तमान नेपालको ताप्लेजुङको हाङदेवा, काठमाण्डुको बुडानिलकण्ठको धोबीघाट इलाका; तिब्रीकोट, नारायणी नदीको नवलपरासीका ठाउंहरुमा ढुंगे युगका हतियारहरु ३५)४० हजार वर्ष पुरानो फेला परेको छ भने यस इलाकामा भएको हाम्रो वंशजको दांत १९८० मा पाल्पाको त्रिवेनी दोभानको चटानमा पाइएको थियो जुन चाहि एक करोड दसलाख वर्ष पुरानो बताइएको छ । यसको चौडाइ एक सेन्टी मिटर र लम्बाइ त्यो भन्दा लामो छ । यसलाइ
रामापेथिक्स ९च्बmबउभतजभपक० भनिन्छ । ‘तिमीहरु पनि मंगोलियाबाट आएर मंगोल भनिएका’ भत्रेहरुले तिनीहरु भारतबाट आएकाले हामीलाइ पनि बाहिरबाट आएका बनाउन खोजिरहेका छन । यो प्रचार तिनीहरु आफै पनि गरिरहेका छन र हाम्रो अनुहारका केही कठपुतली बाट पनि गरी रहेका छन । तिनीहरु हाम्रो बिरोधीहरुबाट पालिएकाले प्रलोभनमा तिनीहरुको हतियार मात्र बनी रहेका छन । मैले माथि एक ठाउंमा लोकतांत्रिक समाजवाद सिलसिलामा केही हरफ लेखेको छु । अपितु हामीले नेपालको राजनीतिमा एउटा के कुरालाइ पनि भुल्नु हुंदैन भने नेपालमा भएका बृहत पूर्व सैनिकहरु प्रजातान्त्रिक मुलुकहरुमा (भारत र अंग्रेजको शाषणमा) जीवनको बेसी जसो भाग बिताएर आएका छन र तिनीहरु लोकतान्त्रिक अभ्यासमा ढालिएका छन ।
नेपालका समस्त मूलबासीका दबाइएका अधिकारहरुले पुन जीवन पाउन । अर्को कुरा नेपालले १९५५ को एउटा के कुरा पनि भुल्नु हुंदैन भने महेन्द्रको कलकत्ता भ्रमण ताकाको भाषण र जसताका पश्चिम बंगालका राज्यपाल डक्टर हरेण कुमार मुखर्जीको प्रत्युतर भाषणमा कुन भावनाहरु कसरी व्यक्त गर्ने काम भएको थियो । महेन्द्रलाइ डिसम्बर २, १९५५ को दिन कलकत्तामा गोर्खा टुरुप्सले सलामी दिन्छ । कलकत्तामा भएका नेपालीहरुको संघ संस्थद्वारा आयोजित स्वागत समारोहमा महेन्द्रको उपस्थिती रहन्छ । प्रत्युत्तर भाषणमा महेन्द्रबाट व्यक्त हुन्छ ‘भारतमा जुन जुन ठाउंमा गएं त्यहाँका नेपालीहरुले भारतीय जनतासंग मिलेर बसेको पाएं र मलाइ खुशी लाग्यो । इण्डियन फरेन एफियर्सको तर्फबाट मुखर्जीले भत्रु भएको थियो; ‘पश्चिम बंगालका मैदानबासीहरुले आ६ना पहाड बासी दाजू भाइहरु प्रति; जो प्रत्यक्ष वा परोक्ष रुपमा, नेपाल नरेशकै प्रजाहरु हुन; स्नेह देखाएका छन’ । तर भारतबाट नेपाल समंझेर आउने ठेट गोर्खाहरुलाइ प्रवासी, मुग्लाने’ भनेर यहाँ नागरिक्ता दिन नचाहने र घृणाको भावना फैलाउने अराष्ट्रीय भावना भएकाहरुको निम्ति यो ठूलो सवक हो; यदि दूरदर्शीतापूर्वक विचार्ने छमता छ भने । परन्तु दुभागर््यवश यो मुलुकको भाग्य बिधाता हिजो घर घर पाती पडेर मागी खानेहरुले आज मुलुकलाइ नै धितो राखेर अन्तराष्ट्रीय छेत्रबाट मागि खानेहरुको हात मा छ; यस कारण नेपाल बन्छ र बनाउंछ भत्रे सोचाइ कल्प वृक्ष मात्र हो ।
---------------------------------------------------------------------
नेपाली राजनितीमा
अदेखा सचाइं
परिचय ः—
गोपाल गुरुङ एमए राजनिती । प्रधान सम्पादक एवं प्रकाशक)न्यूलाइट नेपाली साप्ताहीक; थण्डरबोल्ट)अंग्रेजी साप्ताहीक । पूर्व सदस्य) नेपाल पत्रकार संघ केन्द्रीय समीति÷कनसलटयाण्ट कोओर्डीनेटर)प्रेस फाउण्डेशन अफ एशिया, मनिला सदस्य)भारतीय पत्रकार परिषद÷वृmति )नेपाल, भारत, कोरियाबाट प्रकाशित हुने पत्र पत्रिका र पुस्तकमा कथा, कविता,गीत, लेख, निबन्ध, प्रकाशित÷शेष)यात्रा (उपन्यास) । शेष)प्रश्न र शेष)प्राण (कथा संग्रह) शेष)कविता (कविता संग्रह) प्रकाशित ९सन १९६२ मा० । यस पुस्तकको अंग्रेजी संस्करण ‘हिडन ६याक्टस इन नेपलीज पोलिटिक’ ९ज्ष्ममभल ँबअतक ष्ल ल्भउबभिकभ एयष्तिष्अ० प्रकाशित १९९४ नेपाल र सिकिमको राजनीतिमा अछुत जनजाती, पिmरींगे, बनजाराको सृजना ९ल्भधथि ऋचभबतभम ग्लतयगअजबदभि व्बलवबतष् क्यअष्भतथ ष्ल ल्भउबष् िबलम क्ष्पष्mभकभ एयष्तिष्अक० प्रकाशित १९९८ अंग्रेजी संस्करण १९९९ अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी । (यो त्यही पुस्तक हो जसको कारण मलाइ फेरी राजकाज मुद्धा चलाएको छ र विशेष अदालतमा छ ।
नेपाली संस्करण मार्च २००१ अंग्रेजी संस्करण जुलाइ २००१ ९क्ष्ल त्तगभकत या ःयलनय िभ्लतष्तथ बलम म्यअतयचबतभ ९एजम्० यल ःल्इ०
नेपाल, भारत, कोरिया, श्रीलंकाबाट परिचय प्रकाशित ।
भ्रमण— भारत, भोटाङ, वंगलादेश, म्यानमार (वर्मा), चीन, कोरिया
(उत्तर), श्रीलंका, होङकोङ, थाइल्याण्ड, जर्मनी र जापान ।
Source : http://www.mongolvision.com/nepalirajniti.htm